लाेकसेवा तयारी : सामान्य ज्ञान

१. ‘सार्वजनिक कर्मचारी प्रशासन भनेको नयाँ कर्मचारीको छनोट गर्ने र पुरानोको सदुपयोग गर्ने त्यो कला हो, जसका माध्यमले त्यो जनशक्तिबाट अधिकतम गुण र मात्रामा उत्पादन र सेवा प्राप्त गर्न सकियोस्’ यो भनाइ कसको हो ?
(क) फाइनर
(ख) निग्रो
(ग) एलडी ह्वाइट
(घ) डिमक
२. ‘१२ बन्डाल १८ खण्डालको जिल्ला’ भनेर कुन जिल्लालाई चिनिन्छ ?
(क) सुर्खेत
(ख) मकवानपुर
(ग) धादिङ
(घ) जाजरकोट
३. आइपियुको सन् २०१८ को अक्टोबरमा प्रकाशित प्रतिवेदनअनुसार प्रतिनिधिसभामा महिला प्रतिनिधित्व सबैभन्दा बढी गर्ने देश कुन हो ?
(क) नेपाल
(ख) रुवान्डा
(ग) पूर्वी टिमोर
(घ) यमन
४. कमरेड शब्द कुन भाषाबाट आएको शब्द हो ?
(क) हिब्रु
(ख) चाइनिज
(ग) स्पेनिस
(घ) रसियन
५. नेपालमा ऊर्जा दिवस कहिले मनाइन्छ ?
(क) फागुन ९ गते
(ख) चैत्र ९ गते
(ग) वैशाख ९ गते
(घ) जेठ ९ गते
६. सन् २०१८ को ‘अल्फ्रेडो डि स्टेफानो र पिचिची अवार्ड’ कसले प्राप्त ग¥यो ?
(क) मोहमद सालह
(ख) लुका मोड्रिक
(ग) लियोनेल मेसी
(घ) क्रिस्टियानो रोनाल्डो
७. अमेरिकाको फ्लोरिडा राज्यमा २०१८ को अक्टोर १० मा आएको आँधीलाई के नामकरण गरिएको छ ?
(क) साइक्लोन
(ख) हरिफुन
(ग) जेबी
(घ) माइकल
८. चर्चित कृति ‘मिस्टिका’का लेखक को हुन् ?
(क) कुमार नगरकोटी
(ख) नयनराज पाण्डे
(ग) नारायण ढकाल
(घ) सौरभ
९. भारतको पहिलो औपचारिक राष्ट्रिय जलमार्गको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा कहिले भयो ?
(क) २०१८ नोभेम्बर ६
(ख) २०१८ नोभेम्बर ८
(ग) २०१८ नोभेम्बर १०
(घ) २०१८ नोभेम्बर १२
१०. पाता मेला कुन जातिले मनाउने चाड हो ?
(क) राजवंशी
(ख) नेवार
(ग) सतार
(घ) गुरुङ
११. राजपत्रांकित प्रथम र द्वितीय श्रेणीमा खुला प्रतियोगितामा सामेल हुन पाउने उमेरको अधिकतम हद कति हो ?
(क) ४० वर्ष
(ख) ४५ वर्ष
(ग) ५० वर्ष
(घ) ३५ वर्ष
१२. सुरक्षा परिषद्को अस्थायी सदस्यको पदावधि कति वर्षको हुन्छ ?
(क) १ वर्ष
(ख) २ वर्ष
(ग) ४ वर्ष
(घ) ६ महिना
१३. असंग्लग्न राष्ट्रहरूको १७औँ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
(क) भेनेजुयला
(ख) नैरोवी
(ग) बेलग्रेड
(घ) काठमाडौं
१४. ‘इन्फ्लुयन्जा सम्मेलन २०७५’ काठमाडौंमा कहिले सम्पन्न भयो ?
(क) २०७५ जेठ २८–३०
(ख) २०७५ असार २८–३०
(ग) २०७५ साउन २८–३०
(घ) २०७५ भदौ २८–३०
१५. नेपाल राष्ट्र बैंकले कहिलेबाट दुईवटा पाटेबाघ भएको ५०० रुपैयाँको नोटको सट्टा एउटा मात्र पाटेबाघ राखी नोट प्रकाशन गर्न सुरु गर्‍यो ?
(क) २०७५ वैशाख ५
(ख) २०७५ वैशाख ९
(ग) २०७५ वैशाख १४
(घ) २०७५ वैशाख २४
१६. आर्थिक सर्वेक्षण २०७४/०७५ अनुसार भारतबाट नेपाल आगमन गर्ने पर्यटक कति रहेका छन् ?
(क) करिब १५ प्रतिशत
(ख) करिब १७ प्रतिशत
(ग) करिब १९ प्रतिशत
(घ) करिब २१ प्रतिशत
१७. भारतले कहिलेबाट जिएसटी लागू गर्‍यो ?
(क) २०१७ फेब्रुअरी १
(ख) २०१७ अगस्ट १
(ग) २०१७ जुलाई १
(घ) २०१७ सेप्टेम्बर १
१८. नेपालमा पहिलोपटक पेपरलेस मन्त्रिपरिषद् बैठक कहिले सम्पन्न भयो ?
(क) २०७५ साउन १०
(ख) २०७५ साउन १५
(ग) २०७५ साउन २०
(घ) २०७५ साउन २५
१९. नेपालले सार्कको कति प्रतिशत खर्च बेहोर्छ ?
(क) ६.६ प्रतिशत
(ख) ९ प्रतिशत
(ग) १०.७२ प्रतिशत
(घ) ११.२५ प्रतिशत
२०. पेट स्क्यान कुन रोगसँग सम्बन्धित छ ?
(क) क्षयरोग
(ख) कुष्ठरोग
(ग) क्यान्सर
(घ) स्पाइनल इन्ज्योरी

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post