प्रदेशहरु बारेमा लेख्नुहोस्

प्रदेश १

अस्थायी राजधानी: विराटनगर
जिल्ला: १४ (ताप्लेजुङ, पाँचथर, ईलाम, संखुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, झापा, मोरङ, सुनसरी जिल्ला)
क्षेत्रफल: १७.६०%
जनसंख्या: १७.१२%
स्थानीय तह: १३७
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: २८
प्रदेशसभा निर्वाचन क्षेत्र: ५६
पहिलो प्रदेश प्रमुख: डा. गोबिन्द सुब्बा
पहिलो मुख्यमन्त्री: शेरधन राई
प्रमुख विशेषता
  • पर्यटकीय स्थल: सगरमाथा, कन्चंजंगा लगायत विश्व प्रसिद्ध हिमालहरु, ताप्लेजुङको पाथीभरा, इलामको चिया बगान, इलाम र ताप्लेजुङका पहाडी भागमा पाइने लालीगुराँस, कोशिटप्पु वन्यजन्तु आरक्ष क्षेत्र लगायत मूख्यरुपमा साहसिक पर्यटन, साथमा कृषि, उद्योग, जलस्रोत लगायत क्षेत्रहरु आर्थिक आधारका रुपमा रहेका
  • प्रमुख सहर: विराटनगर, धरान, इटहरी, धनकुटा लगायत
  • अन्य विशेषता: भारत र चीन दुवै देशसँग सीमा जोडिएको, साहसिक पर्यटन र कृषिमा सम्भावना बोकेको प्रदेश

प्रदेश २

अस्थायी राजधानी: जनकपुर
जिल्ला: ८ (सप्तरी, सिराहा, धनुषा, महोतरी, सर्लाही, रौतहट, बारा, पर्सा जिल्ला)
क्षेत्रफल: ६.५६%
जनसंख्या: २०.४०%
स्थानीय तह: १३६
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: ३२
प्रदेशसभा निर्वाचन क्षेत्र: ६४
पहिलो प्रदेश प्रमुख: रत्नेश्वरलाल कायस्त
पहिलो मुख्यमन्त्री: मोहम्मद लालबाबु राउत
प्रमुख विशेषता
  • पर्यटकीय स्थल: जनकपुर धाम, मिथिला कला र सभ्यता पनि पर्यटनको आकर्षण, त्यस्तै तराईका जिल्ला मात्र रहेको यो प्रदेश कृषि तथा उद्योग कलकारखानाको विकास लगायतको सम्भावना बोकेको
  • प्रमुख सहर: वीरगन्ज, जनकपुर लगायत
  • अन्य विशेषता: भारतसँग मात्र सीमा जोडिएको, तराईका जिल्ला मात्र भएको 

प्रदेश ३ 

अस्थायी राजधानी: हेटौडा
जिल्ला: १३ (दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, भक्तपुर, ललितपुर. काठमाडौ जिल्ला)
क्षेत्रफल: १३.७९%
जनसंख्या: २०.८७%
स्थानीय तह: ११९
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: ३३
प्रदेशसभा निर्वाचन क्षेत्र: ६६
पहिलो प्रदेश प्रमुख: अनुराधा कोइराला
पहिलो मूख्य मन्त्रि: डोरमणि पौडेल
प्रमुख विशेषता
  • पर्यटकीय स्थल: पशुपति, स्वयम्भु, चाँगुनारायण, बौद्द, गोसाइँकुण्ड लगायत धार्मिक तथा पर्यटकीय स्थलहरु, चितवन राष्ट्रिय निकुन्ज, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुन्ज लगायत, नारायणी, त्रिशुली लगायत जलपर्यटकीय क्षेत्र
  • प्रमुख सहर: राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, भरतपुर, हेटौडा, धुलिखेल लगायत
  • अन्य विशेषता: देश कै राजधानी भएको प्रदेश, चीन र भारतसँग सीमा जोडिएको, सांस्कृतिक तथा आर्थिक रुपमा धनी

प्रदेश ४

अस्थायी राजधानी: पोखरा
जिल्ला: ११
क्षेत्रफल: १७.१३%
जनसंख्या: ११.९०
स्थानीय तह: ८५
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: १८
प्रदेशसभा निर्वाचन क्षेत्र: ३६
पहिलो प्रदेश प्रमुख: बाबुराम कुँवर
पहिलो मूख्यमन्त्रि: पृथ्वी सुब्बा गुरुङ
प्रमुख विशेषता
  • पर्यटकीय स्थल: पोखरा उपत्यका भित्रका ताल तलैया तथा प्राकृतिक सौन्दर्य, गोरखा, देवघाट, बाग्लुग ढोरपाटन, मुक्तिनाथ मुस्ताङ लगायत
  • प्रमुख सहर: पोखरा, वाग्लुङ, जोमसोम लगायत
  • अन्य विशेषता: चीनसँग सीमा जोडिएको, पर्यटन र जलस्रोतको राम्रो सम्भावना रहेको

प्रदेश ५

अस्थायी राजधानी: बुटवल
जिल्ला: १२
क्षेत्रफल: ११.९५%
जनसंख्या: १५.२६%
स्थानीय तह: १०९
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: २६
प्रदेशसभा निर्वाचन क्षेत्र: ५२
पहिलो प्रदेश प्रमुख: उमाकान्त झा
पहिलो मुख्यमन्त्रि: शंकर पोखरेल
प्रमुख विशेषता
  • पर्यटकीय स्थल: लुम्बिनी तथा बुद्द सर्किट, स्वर्गद्वारी, रुरु, रेसुङ्गा, पाल्पा, गुरिल्ला ट्रेलको सम्भावना बोकेको १० वर्षे जनयुद्दको उद्गमस्थल रोल्पा, विभिन्न ताल तलैया तथा जलपर्यटन लगायत
  • प्रमुख सहर: बुटवल, घोराही, तुलसीपुर, नेपालगञ्ज लगायत
  • अन्य विशेषता: भारतसँग सीमा जोडिएको, पर्यटनको ठूलो सम्भावना

प्रदेश ६ (कर्णाली प्रदेश)

स्थायी राजधानी: विरेन्द्रनगर सुर्खेत
जिल्ला: १०
क्षेत्रफल: १९.६८%
जनसंख्या: ४.८२%
स्थानीय तह: ७९
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: १२
प्रदेशसभा निर्वाचन क्षेत्र: २४
पहिलो प्रदेश प्रमुख: दुर्गा केशर खनाल
पहिलो मुख्यमन्त्रि: महेन्द्र बहादुर शाही
प्रमुख विशेषता
  • पर्यटकीय स्थल:
  • प्रमुख सहर:
  • अन्य विशेषता: 

प्रदेश ७

अस्थायी राजधानी:
जिल्ला: ९
क्षेत्रफल: १३.२८%
जनसंख्या: ९.६३%
स्थानीय तह: ८८
प्रतिनिधिसभा निर्वाचन क्षेत्र: १६
प्रदेशसभा निर्वाचन क्षेत्र: ३२
पहिलो प्रदेश प्रमुख: मोहनराज मल्ल
पहिलो मूख्यमन्त्रि: त्रिलोचन भट्ट
प्रमुख विशेषता
  • पर्यटकीय स्थल:
  • प्रमुख सहर:
  • अन्य विशेषता: 


Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post