राष्ट्र निर्माण
कुनै पनि राष्ट्र का नागरिक हरूवीच राष्ट्रिय भावना जागृत भई एकताको सुत्रमा आवद्धता भएको अवस्था नै राष्ट्र हो ।
कुनै पनि मुलुकले आफ्नो राष्ट्र«को इज्जत, मान, प्रतिष्ठाको अभिवृद्धी गर्दै मुलुकको संवेदनशिलतालाई महसुश गरी हरेक व्यक्तिले गर्व महशुस गर्न सक्ने अवस्थाको सृजना गर्नुलाई राष्ट्र निर्माण भनिन्छ ।
राज्यका प्रति आम नागरिकको माया ममता र अपनत्व कायम गर्दै समग्र मुलुकाको प्रगति र उन्नतीका निमित्त एकिकृत रूपमा राष्ट्रिय सम्मान अभिवृद्ध गर्ने दिशामा गरिएको ऐक्यबद्धता नै राष्ट्र निर्माण हो ।
नेपालको अन्तरिम संविधान २०६३ मा व्यवस्था भएअनुसार “नेपाल एक वहु जातिय वहुधार्मिक वहुसांस्कृतिक विशेषतायुक्त एकताको सुत्रमा आवद्ध नेपाली जनता नै राष्ट्र« हो भनि परिभाषित गरिएको छ ।”राष्ट्र निर्माण र राज्य निर्माण वीच रहेको फरक

भिन्नताको आधार | राष्ट्र निर्माण | राज्य निर्माण |
अर्थ | सवै जात जाति,भाषा,धर्मवीच अन्तरसम्बन्ध स्थापित गर्नु, | मुलुक लाई आर्थिक, सामाजिक, राजनैतिक, सास्कृतिक लगायत मानविय जीवनका सम्पुर्ण पक्षमा सुधारगरि सम्वृद्धिको दिशा तर्फ अगाडी वढाउनु |
क्षेत्र | यसको क्षेत्र व्यापक र मनोभावनात्मक हुन्छ । | राष्ट्रिय सीमा भित्र रहेको हुन्छ । |
तत्वहरू | भौगोलिक सिमाना जनसंख्या,सरकार र सार्वभौम सत्ता जस्ता बिषयले नियन्त्रण गर्दैन । | भौगोलिक सिमाना जनसंख्या, सरकार र सार्वभौम सत्ता जस्ता तत्व हरू आवश्यक रहने । |
अनुभूति | आपसी सहकार्यात्मक भावना, | राजनैतिक, कानुनी, आर्थिक सम्बन्ध । |
मान्यता | अन्तराष्ट्रिय मान्यता आवश्यक छैन। | अन्तराष्ट्रिय मान्यता आवश्यक छ । |
अन्तर सम्वन्ध:
राज्य र राष्ट्र दुई अन्तर सम्वन्धित विषय वस्तुहरू हुन । राज्य विनाको राष्ट्र तथा राष्ट्र वीनाको राज्यले शासन प्रणाली अधुरो हुन जान्छ । यस पृष्ठभूमिमा यि दुई वीचको अन्तरसम्वन्धलाई देहाय वमोजिम उल्लेख गर्न सकिन्छ ।
-- राष्ट्र« र राज्य निर्माण दुवै शासकीय प्रणाली तथा देशको अस्तित्व कायम र प्रवद्र्धन गर्ने आधारभूत पक्षहरू हुन ।
-- यी दुवै मध्ये एकको सक्षमता प्रवर्दनले अर्कोको सवलतालाई वढोत्तरी गर्दछ ।
-- एकविना अर्कोको अस्तित्व खतरामा पर्छ ।
-- राष्ट्रिय भावले ओत प्रोत भएको जनता दुवैको लागि आवश्यक हुन्छ ।
-- राष्ट्र निर्माण आन्तरिक प्रयास भएकोले राज्य संयन्त्रको प्रवद्र्धनद्वारा मात्र सम्भव हुन्छ ।
-- राष्ट्रिय भावनाको प्रबद्र्धनले राज्यको विकासमा सहयोग गर्दछ । निष्कर्ष :
राष्ट्र निर्माण र राज्य निर्माण शासन प्रणालीको दुई महत्वपुर्ण अवयवहरू हुन यिनीहरू वीचमा सैद्धान्तीक भिन्नता रहेता पनि व्यवहारिक रूपमा परिपुरकको अन्तर सम्वन्धले गर्दा छुट्टिनै नसकिने नङ्ग र मासुको सम्वन्ध झै रहेका हुन्छन् । नेपालको सन्दर्भमा राष्ट्र« निर्माणका लागि राज्यमा वसोवास गर्ने आम नागरिकको सहिष्णुता र भाईचाराको संस्कृतिलाई प्रसंसनीय मान्नु पर्छ ।

Tags:
Subjective