नागरिकता सम्बन्धी सामान्य जानकारी

नागरिकताको प्रमाणपत्र भनेको के हो ? 

नागरिकता कुनै पनि राज्यको बैध नागरिक रहेको तथ्यलाई पुष्टि गर्न ब्यक्तीलाई राज्यले दिएको प्रमाण हो । 

नागरिकता सम्बन्धी परिचय 


नागरिक राज्यको अभिन्न अ‌‌ङ्ग हो । राज्यबाट प्राप्त हुने सामाजिक, नागरिक, बैयक्तिक, राजनीतिक लगायतका सम्पूर्ण अधिकार प्राप्त र निश्चित कर्तब्य भएका ब्यक्तिहरुलाई नागरिक भनिन्छ । साधारणतया संबिधान अनुसार त्यस राष्ट्रमा बस्नेलाई वंशज वा जन्मको आधारमा स्थायी बसोबास गरेका नाताले दिने नागरिक अधिकारलाई नागरिकता भनिन्छ ।

नेपालमा नागरिकताको किसिम 

नेपालमा देहाय बमोजिमको नागरिकता प्रदान गर्न सकिने ब्यवस्था छ । 
वंशज
जन्म
अ‌ङ्गीकृत
सम्मानार्थ र
गैह्रआवासीय नेपाली नागरिकता

दस्तुर 

नागरिकताको प्रमाणपत्र नेपाल सरकारद्धारा निशुल्क उपलब्ध गराईनेछ । यसका लागि कुनै किसिमको सेवा शुल्क र दस्तुर लाग्ने छैन ।

नागरिकता सम्बन्धि केही ऐन, नियमहरु

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post