ना. सु र खरिदारको अन्तर्वार्तामा के के सोधिन्छ?? कसरी गर्ने अन्तर्वार्ताको तयारी??

लोकसेवा आयोगको अन्तर्वार्ताको अंकभार लिखित परिक्षाको पुर्णाङ्कको आधारमा तोकिएको हुन्छ, ना.सु र खरिदारको अन्तर्वार्ताको पुर्णाङ्क 40 हो.!

अन्तर्वार्तामा अधिकतम 70% भन्दा वढी र न्युनतम 40% भन्दा कम अंक दिदा पुष्ट्याई दिनुपर्ने हुन्छ त्यसैले अन्तर्वार्तामा खास्सै नम्वरको फरक पर्दैन .!
जति सकिन्छ आफुले कम्युटरमा राम्रो गर्नुस,टाईपिङ्ग को मात्र पछि लागेर सेटिङ्ग विगार्नु चै कदापी हुदैन किनकी टाईपिङ्गको पुर्णाङ्क नेपाली 2.5 र अंग्रेजी 2.5 मात्र हो ताकी सेटिङ 5 नम्वरको हुन्छ जसमा 5 मा 5 मिलाउन संभव हुन्छ त्यसैले सेटिङ्ग एकदमै राम्रो गर्ने र टाईप चै ठिकै मात्र गरियो भने पनि कम्युटर र अन्तर्वार्ताको चिन्ता नलिएकै राम्रो हो किनकी वाकी कुरा लिखित कस्तो भएको छ त्यसैमा भर पर्छ.!!
अन्तर्वार्तामा के के सोधिन्छ त??
📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚📚
✒तपाईको परिचयसंग सम्वन्धित प्रश्नहरु:-
नाम,ठेगाना,रुचि,अनुभव,योग्यता लगाएतका कुराहरु
✒तपाईले पास गरेर आएको पदको पाठ्यक्रमसंग सम्वन्धित प्रश्नहरु:-
संविधान,योजना,समावेशीकरण,आरक्षण,जैविक विविधता,वातावरण प्रदुषण,निजामती सेवा लगाएतका विषयवाट वढि सोधिएको पाईन्छ
✒पदले गर्ने कामसंग सम्वन्धित प्रश्नहरु:-
तपाई ना.सु भएर गएपछि के काम गर्नुहुन्छ ??
✒समसामयिक विषय वस्तुसंग सम्वन्धित जानकारी:-
प्रदेश र प्रतिनिधी सभा निर्वाचन,संघियता,कर्मचारी व्यवस्थापन,वजेट लगाएत तत्काल घटेका चर्चित राष्टिय अन्तराष्टिय जानकारीहरु
✒तपाईको रुचि,खुवी,योग्यता,अनुभवले उव्जाउने प्रश्न:-
खेलमा रुचि राख्छु भन्नुभो ल भन्नुस त नेपालको राष्ट्रिय खेल कुन हो?? कहिले वाट??
कुनै संस्थामा काम गर्छु भन्नु भो लौ भन्नुस त त्यहाको कर्मचारी व्यवस्थापन कस्तो छ?? संस्थाको मुख्य उदेश्य के हो??
✒आफ्नै परिचयले उव्जाउने प्रश्नहरु:-
आफ्नो जिल्लाको नाम, क्षेत्रफल,जनसंख्या,कुन प्रदेश,महत्वपुर्ण धार्मिक सम्पदा,ताल,हिमाल,राजमार्ग,जलविद्युत लगाएत का जानकारी
✒अन्तर्वातामा यहि प्रश्न सोधिन्छ भन्न सकिन्न कहिले काहि नसोचेकै,कल्पना नै नगरेका प्रश्न सोधिन्छ त्यसैले सवै प्रश्न जानेको छ कि छैन भन्दा पनि उत्तर दिने कला कस्तो छ?,नजानेको कुरा स्वीकार्छ या हचुवाकै भरमा भन्छ,सहनशिलता जस्ता कुराहरुको परिक्षण गर्नको लागि पनि केहि फरक प्रश्न सोधिन्छ त्यसैले त्यस्ता प्रश्न वढि या कम मिलाएर नम्वर धेरै थोरै पाईने हुदैन..!!
✴अन्त्यमा,माथि उल्लेखित विषयसंग सम्वन्धित कुराहरु मनन गर्नुस,नर्मल खालको पोशाक लगाउनुस,कम्युटर उत्कृष्ट गर्नुस,,अन्तर्वाताको चिन्ता नलिनुस,,सफा चट्ट भएर जानुस,,नाम निस्किनै सक्यो अव त्यो अन्तर्वार्ता त एक प्रकिया मात्र न हो हजारौ लाई उछिनेर तपाई आईसक्नु भो,,!!
Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post