नेपालको सार्वजनिक प्रशासनमा देखिएका समस्या केके हुन् ? उल्लेख गर्नुहोस् ।

राजनीतिप्रति तटस्थ र निर्वाचित सरकारका योजना तथा कार्यक्रमप्रति प्रतिवद्ध भई त्यहीँ सरकारले तर्जुमा गरेका नीतिहरु निस्पक्ष र कुशलतापूर्वक कार्यान्वयन गरी देश र जनताको निरन्तर सेवा गर्ने संयन्त्र सार्वजनिक प्रशासन हो । सरकार सामान्यतया पाँच वर्षमा परिवर्तन भइरहने तर सरकार परिवर्तन सँगै यो परिवर्तन नहुने हुँदा यसलाई स्थायी सरकार पनि भनिन्छ । यो कानुनद्धारा स्थापित प्रशासकीय संयन्त्र हो । नेपालमा सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्न संवैधानिक, कानुनी र संस्थागत व्यवस्था छ । नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय सरकारी सेवाहरुको गठन र सञ्चालनसम्बन्धी व्यवस्था गरेको छ र पनि नेपालको सार्वजनिक प्रशासन अझै व्यवस्थित हुन सकेको छैन । यसमा नीतिगत, कानुनी, संस्थागत, प्रक्रियागत, प्रविधिगत, आचरणगत लगायतका विविध समस्या देखिएका छन्, जसलाई निम्नानुसार उल्लेख गर्न सकिन्छ :
— भविस्यको सार्वजनिक प्रशासन कस्तो हुने ? भन्ने सम्बन्धमा कार्ययोजनासहितको स्पष्ट दीर्घकालीन नीतिको अभाव हुनु,
— सार्वजनिक प्रशासनलाई व्यवस्थित गर्ने कानुनी व्यवस्था समयानुकुल हुन नसक्नु,
— बजारमा भएका नव प्रतिभालाई सार्वजनिक सेवामा आकर्षित गर्न नसक्नु,
— सङ्घीय संरचना सङ्घ, प्रदेश र स्थानीय तह अनुसारको सङ्गठन संरचना तयार हुन नसक्नु,
— प्रशासनमा काम गर्ने राष्ट्रसेवक कर्मचारीका तलब सुविधा समसामयिक एवं सान्दर्भिक हुन नसक्नु,
— राष्ट्रसेवक कर्मचारीको वृत्ति विकासका आधार जस्तैः सरुवा, बढुवा, पदस्थापन, तालिम आदि पारदर्शी र बैज्ञानिक हुन नसक्नु,
— सार्वजनिक प्रशासनले गर्ने पैत्येक कार्य प्रणाली सरल उवं आधुनिक हुन नसक्नु,
— प्रशासनमा क ागर्ने कर्मचारकिो आचरण व्यवहारमा समयानुकाुल सुधार हुन नसक्नु,
— सरकारी सेवा प्रवाह गर्ने संयन्त्रबीच कार्यगत समन्वय हुन नसक्नु,
— पुरस्कार र दण्ड सजाय कार्य सम्पादनमा आधारित हुन नसक्नु,
— स्वतन्त्र रुपमा कार्य गर्ने वातावरण सिर्जना हुन नसक्नु,
— सूचकका आधारमा निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य प्रभावकारी हुन नसक्नु,

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post