नेपालको संविधानमा प्रदेश प्रमुखको योग्यता र पद रिक्त हुने अवस्थासम्बन्धी के कस्तो व्यवस्था छ ? उल्लेख गर्नुहोस् ।

नेपालको संविधानमा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्थासम्बन्धी निम्न व्यवस्था छ :
प्रदेश प्रमुखको योग्यता :
(क) सङ्घीय संसद सदस्य हुन योग्य भएको,
(ख) पैँतीस वर्ष उमेर पूरा भएको, र
(ग) कुनै कानुनले अयोग्य नभएको ।
प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था :
(क) निजले राष्ट्रपति समक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा,
(ग) निजको मृत्यु भएमा,
कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेश प्रमुखलाई त्यस्तो प्रदेश समेत कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ ।

Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post