महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर

१- जिरेलको झाँक्रीलाई के भनिन्छ?
 • फोम्बो
२- सर्वप्रथम कृतिम रगत बनाउने मुलुक कुन हो? 
• द.अफ्रीका
३- कोलम्बियाको राष्ट्रिय फुल कुन हो?
 • सुनगाभा
४- अयोध्याका राजा दसरथका सारथी,मन्त्री र सल्लाहकार को थिए?
 • सुमन्त्र
५- अन्तरास्ट्रिय क्रीकेट संघका अनुसार कति देशमा क्रीकेट खेलिन्छ?
 • १२५भन्दा बढी देशमा (ICCका सदस्य राष्ट्र चाहिँ१०७वटा)
६- विश्व खेल जगतमा फुटबल र क्रीकेट पछिको सबैभन्दा प्रसिद्ध खेल कुन हो?
 • फिल्ड हकी
७- वि.पी स्मृति क्यान्सर अस्पताल कुन देशको सहयोगमा निर्माण भएको हो?
 • भारत
८- राजवंशी जाती आफुलाई कसका वंशज ठान्छन्?
 • किराँत
९- सार्कको UNCTAD सँग कहिले सम्झौता गर्‍यो?
 • सन्१९९३
१०- चौधौं आवधिक योजनाले कति वटा रणनीति तय गरेको छ?
 • ५वटा
११- बेलायती भारत आउँदा लिएर आएका दुई वस्तु के के थिए?
 • तरवार र बाईबल
१२- राजा जनक कुन वंशका थिए?
 • जनक वंश
१३- नेपोलियन बोनापार्टको प्रसिद्ध घोडाको नाम के थियो?
 • मेरिन्गो
१४- वरिष्ठ संगीतकार चन्दनाथ शर्माको निधन कहिले भयो?
 • वि.सं२०७४पौष६गते
१५- शिकारी बाज र राजहंशको सौगात लिएर दिल्लीका सम्राटलाई भेट्न जाने कुन मल्ल राजा थिए?
 • महेन्द्र मल्ल
१६- २००७को परिवर्तन पश्चात नेपालको अर्थ मन्त्री को थिए?
 • सुवर्णशमसेर
१७- चर्चामा रहेको प्रेमालय कृतिका लेखक को हुन्?
 • आश्विनी कोइराला
१८- नेपालको पहिलो चिडियाखाना कुन हो र कहिले स्थापना भयो?
 • सदर चिडियाखाना,वि.सं१९८९मा
१९- निजी क्षेत्रबाट प्रकाशित नेपालको पहिलो पत्रीका कुन हो?
 • जागरण साप्ताहिक
२०- बाल केन्द्रीत शिक्षाका प्रवर्तक को हुन्?
 • रुसो
२१- खेलको आमा भनेर कुन खेलाई चिनिन्छ?
 • जिम्न्यास्टिक
२२- कमरेड भाउजू कृतिका लेखक को हुन्?
 • कृष्ण बजगाई
२३- मनास्लु हिमाल कुन हिमशृङ्खला अन्तर्गत पर्दछ?
 • मानसिरी
२४- लुक्ला विमानस्थललाई के नामाकरण गरिएको छ?
 • तेन्जिङ हिलारी विमानस्थल
२५- सपनासम्बन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ?
 • Oneirology

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post