छोटो प्रश्नोत्तर छोटो प्रश्नोत्तर

हरित गृह ग्याँस उत्सर्जनको सर्वाधिक हिस्सा रहेका ५ देशहरुः

  • चीन २०.०९ प्रतिशत
  • अमेरीका १७.८९ प्रतिशत
  • युरोपियन युनियन १२.०९ प्रतिशत
  • रुस ७.७३ प्रतिशत
  • भारत ४.१ प्रतिशत
    (नेपालको हिस्सा कूल उत्सर्जनको ०.०२७ प्रतिशत)

वस्तुगत प्रश्नहरु

१. Non Resident Nepalese Association (NRNA) लाई नेपालको विकासको लागि एउटा महत्वपूर्ण पक्षका रुपमा लिँइदै आइएको छ । हालै सम्पन्न Eighth NRNA Global Conference 2017 (14-17 October, 2017) को प्रमुख नारा के रहेको थियो ?
२. इच्छाकामनाको मन्दिर र सोही मन्दिरको नामबाट नामाकरण गरिएको गाउँपालिका कुन जिल्लामा पर्दछ ?
३. एक दिनमा २४ घण्टा हुन्छ भने कति मुहुर्त हुन्छ ?
४.  वेदान्त दर्शनका ३ शास्त्र के के हुन् जसलाई “प्रस्थानत्रयी” भनिन्छ ?
५. “I don’t ask the wounded person how he feels, I myself become the wounded person.” empathy  सँग सम्वन्धित यो भनाई कसको हो ?

सही उत्तरहरुः

१. Transforming NRNA: Our Women, Our youth and our second generation for stronger future
२. चितवन
३. ३० मुहुर्त
४. ब्रम्हासूत्र, उपनिषद र गीता
५. Walt Whiteman

छोटो प्रश्नोत्तर छोटो प्रश्नोत्तर

१. ओखेटोपहार भनेको के हो ?

बन्यजन्तुहरुको जीवित वा मृत शरीर वा चिन्न सकिने अवस्थामा रहेको तिनीहरुको कुनै अंग जस्तै मासु, छाला, रौँ, सिंग, हाड, दाह्रा, दाँत, नंग्रा आदिलाई ओखेटोपहार भनिन्छ ।

२.  पर्यटनका प्रमुख ४ तत्वहरु (4 A’s) र ३ माध्यमहरु (3 A’s) भन्नाले के के लाई बुझाउँछ ?

४ तत्वहरु:

१. आकर्षण (Attraction)
२. पहुँच (Accessibility)
३. बासको व्यवस्था (Accommodation)
४. सुविधा एवं सेवाहरु (Amenities)

३ सहयोगी पक्षहरु:

१. क्रियाकलापहरु (Activities)
२. नजिकपना (Affinity): भौतिक, सांस्कृतिक एवं सामाजिक
३. कर्ताहरु (Actors)
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post