शाखा अधिकृत २०७५-१०-२६

शाखा अधिकृत 2075 मा सोधिएका GK प्रश्नउत्तर !!
▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩▩
१. The metaphysics कसको कृति हो?
उत्तर:- एरिस्टोटल
२. डाक्टर देखि डराउने रोग लाई के भनिन्छ?
उत्तर:- Iatrophobia
३. विश्व चर्पी दिवस 2018 को नारा के थियो?
उत्तर:- हाम्रो चर्पी प्राकृतिक आवश्यकता (When nature calls)
४. ट्रहोटे पर्व कुन जातिले मनाउछन?
उत्तर:-गुरुङ
contact for perofessional web development
५. भारत पछि सार्क मुलुक सङ नेपालको दौत्य सम्बन्ध कायम भएको पहिलो मुलुक कुन हो?
उत्तर:- श्रीलंका(१९५७ जुलाइ १)
६. अन्तरास्ट्रिय न्यायलय मा कति जना न्यायाधीश हुन्छन ?
उत्तर:- १५ जना
७. नेपाल को क्षेत्रफल कति बर्गमाइल छ?
उत्तर:- ५६८२७ बर्ग माइल
८. तलका मध्य कुन कथन सहि छ?
a)कोपा अमेरिका फुटबल कप २०१६ चिली ले जित्यो।
b) कोपा अमेरिका फुटबल कप २०१९ ब्राजिल मा हुँदै छ ।
उत्तर:- दुबै सहि
९) युरोप को बिरामी भनेर कुन देश लाई चिनिन्छ?
उत्तर:- टर्की
१०. नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको स्थापना कहिले भयो?
उत्तर:- २०३९ असोज ११
११. ब्राजिलका राष्ट्रपति बोल्सेनारो कुन पार्टीका हुन?
उत्तर:- social liberal party
१२. विशेष आर्थिक क्षेत्र स्थापना भएको शहर तलका मध्य कुन हो?
उत्तर:- भैरहवा
१३. लुम्बिनी बिकास गुरुयोजना का डिजाइनर को हुन?
उत्तर:- केन्जो टागे
१४. ICIMOD मा नपर्ने रास्ट्र तलका मध्य कुन हो?
उत्तर:- थाइल्यान्ड
(ICIMOD मा पर्ने देशहरु:- Bangladesh, India, Myanmar, Afganistan, Nepal, Pakistan, China, Bhutan)
१५. यलम्बर कुन बंश का पहिलो राजा हुन?
उत्तर:- किरात
१६. संयुक्त राष्ट्रसंघको बालअधिकार अभिसन्धि १९९२ अनुसार कति वर्ष मुनिका लाई बालबालिका भनिएको छ?
उत्तर:- १८ वर्ष
१७. Cop के सङ्ग सम्बन्धित छ?
उत्तर:- जलवायु परिवर्तन
18. कहाको झुपडी वस्तीलाई के नामले चिनिन्छ?
मुम्वई-...... लगाएत सोधेको पुरै प्रश्न नभेटिएको
१९. विर्ता उन्मूलन हुँदा नेपालका प्रधानमन्त्री को थिए?
उत्तर:- विश्वेश्वरप्रसाद कोइराला (वि. सं २०१६)
२०. भाषा आयोगको अध्यक्षको नियुक्त को द्धारा गरिन्छ?
उत्तर:- नेपाल सरकारले
२१. जोडा मिलानुहोस?
उत्तर:-
नवीन घिमिरे⇨अख्तियार दूरुपयोग
टंकमणि शर्मा⇨महालेखा परीक्षक
अयोधीप्रसाद यादव⇨निर्वाचन आयोग
उमेश मैनाली ⇨लोकसेवा आयोग
२२. तलका मध्य कुन सहि छ?
a) विश्व समृद्धि सूचकांक मा नेपाल ११० औ स्थानमा छ ।
b) विश्व खुसी सूचकांक मा नेपाल १०१ औ स्थानमा छ ।
उत्तर:- a बेठिक b ठिक
२३. BRICS को मुख्यालय कहा रहेको छ?
उत्तर:- चीनको, संघाई
२४. ब्राजिलका वर्तमान राष्ट्रपति ‘जायर बोल्सनोरो’ कुन पार्टीका हुन्?
उत्तर:- Social Liberal Party
२५. सामान्य तापक्रम तरल अवस्थामा रहने अधातु कुन हो?
उत्तर:- ब्रोमिन
२६. विभिन्न संस्थाहरुको स्थापनाको आधारमा जोडा मिलाउनुहोस?
ILO ⇨१९१९ अप्रील ११
IMF⇨ १९४५ डिसेम्बर २७
UPU ⇨१८७४ अक्टोबर ९
FAO⇨ १९४५ अक्टोबर १६
२७. विभिन्न संस्थाहरुको मुख्यालयहरु बिच जोडा मिलाउनुहोस?
ICAO ⇨मन्ट्रीयल, क्यानडा
WHO ⇨जेनेभा, स्विट्जरल्याण्ड
कृषि विकास कोष(IFAD) ⇨रोम, ईटाली
२८. भिक्टोरिया फल्सले कुन कुन देशको सिमानामा पर्दछ?
उत्तर:- जाम्बिया र जिम्बाब्बे
२९. तलका भञ्ज्याङ् कुन कुन जिल्लामा पर्दछन ??
उत्तर:-
यारी ⇨हुम्ला
टिंकर ⇨दार्चुला
ओलाङ्चुङ्गोला ⇨ताप्लेजुङ
कोरला ⇨मुस्ताङ
३०. बिस्वको सबैभन्दा ठूलो भुमिगत आणविक प्रयोगशाला कुन हो?
उत्तर:- The Large Hedron Collider
३१. कुन जोडा ठिक छ??
1.Cape of horn⇨अफ्रिका
2.Cape of good hope⇨द. अमेरिका
3.Roof of the world⇨एसिया
उत्तर:- 3 मात्र
३२. नेपालको परराष्ट्रकाे नीति तलको मध्य कुन होइन?
i) पञ्चशीलको सिद्धान्त
ii) शक्ति राष्ट्रको गुटमा संलग्नता
iii) संयुक्त राष्ट्रसंघको वडापत्र
iv) असंलनता आन्दोलन
उत्तर:- (ii) होइन
contact for perofessional web development
३३. तल दिइएका ताल र देश बिच जोडा मिलाउनुहोस?
उत्तर:-
बैकाल⇨रसिया
भोस्टोक⇨अन्टार्कटिका
निपिगोन⇨क्यानडा
ताना⇨इथियोपिया
३४. तल दिएकामध्ये रामायणका सात काण्डमा नपर्ने कुन हो?
उत्तर:- पूर्व काण्ड
(रामायाणका सात काण्ड:- बालकाण्ड, अयोध्याकाण्ड, किष्किन्धाकाण्ड, अरण्यकाण्ड, सुन्दरकाण्ड, युद्वकाण्ड, उत्तरकाण्ड)
३५. तल दिइएका हिमाल र ती पर्ने जिल्ला बिच जोडा मिलाउनुहोस?
उत्तर:-
मकालु⇨संखुवासभा
पुमोरी⇨सोलुखुम्बु
गौरीशंकर⇨दोलखा
दोर्जेलाक्पा⇨सिन्धुपाल्चोक
३६. जोडा मिलाउनुहोस?
उत्तर:-
अमाली प्रथा खारेजी⇨वि.सं. १९६८
गोरखा भाषा प्रकाशन समिति⇨वि.सं. १९६९
सती प्रथा उन्मूलन⇨वि.सं. १९७७
काठमाडौंमा टेलिफोन सुरुवात⇨वि.सं.१९७०
३७. जोडा मिलानुहोस?
उत्तर:-
प्रशासकीय पुनर्गठन आयोग⇨वि.सं. २०१३
बुच समिति⇨वि.सं. २००९
प्रशासन सुधार आयोग⇨वि.सं. २०२५
नया जिल्ला प्रशासन योजना⇨ वि.स. २०३१
३८. जोडा मिलाउनुहोस?
उत्तर:-
न्यायिक समिती ⇨ ३ जना
सुरक्षा परिषद ⇨ ७ जना
न्याय परिषद ⇨ ५ जना
संवैधानिक परिषद ⇨६ जना
३९. अतिसबाजिमा के कारणले हरियो रंग हुन्छ?
उत्तर:- वेरियम लवण
४०.दिईएका मध्ये सबैभन्दा बढी नाइट्रोजन आवश्यक पर्ने बाली तलकामध्य कुन हो?
उत्तर:- आलु
४१. विश्वमा सवैभन्दा ठुलो GDP भार भएको देश कुन हो ?
(यो प्रश्नले GDP को आकार ठुलो भएको देश सोधेको हो उधोग हैन)
उत्तर:- अमेरिका
४२. जोडा मिलाउनुहोस?
उत्तर:-
शुक्ती पिटक ⇨ धार्मिक संहिता
बिनय पिटक ⇨ नैतिक संहिता
४३. Organic Act के संग सम्बन्धित छ?
उत्तर:- अमेरिकी राष्ट्रपतिलाई सेवा सुविधा दिन बनेको ऐन
४४. संयुक्त राष्ट्र संघको महासभाको वार्षिक वैठक कहिले बस्ने गरिन्छ?
उत्तर:- प्रत्येक वर्ष सेप्टेम्बर महिनाको तेस्रो मंगलबार
४५. कुन भनाई सत्य होईन?
a) सत्यमोहन जोशी ३ पटक नोबेल पुरस्कार प्राप्त गर्ने एकमात्र ब्यक्ती हुन ।
b) यिनलाई सताब्दी पुरुष पनि भनिन्छ ।
c) जोशीलाई राष्ट्रकवि समेत भनिन्छ ।
d) कलाकार अरनिको यिनको कृति हो ।
उत्तर:- C (रास्ट्रकवि माधव प्रसाद घिमिरे)
४६. तलका भनाईहरु पढी सहि उत्तर छान्नुहोस?
a) अन्तरिक्ष इकोसिस्टम प्राकृतिक इकोसिस्टमकै एक भाग हो ।
b) वन आत्मनिर्भर इकोसिस्टमको एक उदाहरण हो ।
c) अपुर्ण इकोसिस्टममा तीन तत्वहरु समविष्ट हुन्छन ।
d) टेरिटोरियल इकोसिस्टम प्रकृतिको एक वर्गीकरण हो ।
उत्तर:- b र d ठिक
47. बहुआयामिक गरिबी सूचकांक अनुसार प्रदेशको क्रम मिलाउने सोधिएको थियो!
अप्सन कुन कुन प्रदेश थियो जानकारी नभएको
48. जलविद्युत आयोजनाको स्थापनाको तिथिमितिको जोडा मिलाउने सोधएको थियो!
अप्सन कुन कुन थियो जानकारी नभएको

IQ Question Solutions by Kumar Timelsina Sir


contact for perofessional web development
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post