जलवायु संकटको सामना गर्न गरिएका २५ प्रतिबद्धताहरू:
- 🌿 विश्व तापमान वृद्धिलाई १.५°C भित्र सीमित राख्न तत्काल कार्य अघि बढाइने।
- 🌿 NDCs 3.0 मार्फत उत्सर्जन न्यूनीकरणका महत्वाकांक्षी लक्ष्य निर्धारणको प्रोत्साहन। (Nationally Determined Contributions)
- 🌿 प्रत्येक देशको आवश्यकतालाई समेट्ने राष्ट्रिय अनुकूलन योजना निर्माण र कार्यान्वयन।
- 🌿 विकासशील देशहरूलाई जलवायु कार्यान्वयनका लागि अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग उपलब्ध गराउने।
- 🌿 जलवायु वित्तमा सरल, न्यायोचित र सहज पहुँच सुनिश्चित गर्न साझेदारीलाई प्रोत्साहन।
- 🌿 पहाडी मुलुकहरूका लागि विशेष कोष स्थापना गरी लक्षित स्रोत परिचालन गर्ने।
- 🌿 पहाडी पारिस्थितिकी सेवाहरूको पहिचान, सम्मान र उचित लाभ सुनिश्चित गरिने।
- 🌿 निजी क्षेत्रको लगानी र कार्बन बजारमार्फत जलवायु कार्य विस्तार गरिने।
- 🌿 जलवायुमैत्री प्रविधि र क्षमता अभिवृद्धिको लागि विश्वव्यापी तथा क्षेत्रीय सहकार्य मजबुत बनाइने।
- 🌿 नीति निर्माताहरू, वैज्ञानिक, निजी क्षेत्र र सरोकारवालाबीच सहकार्यलाई प्रोत्साहन गरिने।
- 🌿 ग्रामीण तथा शहरी क्षेत्रमा हरित, सहनशील र समावेशी पूर्वाधार विकासमा जोड दिइने।
- 🌿 स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायोचित रूपान्तरणलाई प्रवर्द्धन गरिने।
- 🌿 विज्ञान र नवप्रवर्तनमा आधारित समाधानद्वारा हिमनदी, वन, जल स्रोत र कृषि प्रणालीको संरक्षण।
- 🌿 ट्रिपल प्लानेटरी संकट र छोटो आयु भएका प्रदूषकहरूप्रति विशेष ध्यान दिइने।
- 🌿 जलवायु डाटा प्रणाली, साझेदारी र पूर्वचेतावनी संयन्त्र सुदृढ गरिने।
- 🌿 पहाड र समुद्रबीच जलवायु जोखिम मूल्यांकन र निगरानी प्रणालीको समन्वय विकास गरिने।
- 🌿 जलवायु न्याय सुनिश्चित गर्दै प्रमाणमा आधारित समाधान अपनाइने।
- 🌿 बालबालिका, युवा, महिला, अपांगता भएका व्यक्ति र वृद्धको सक्रिय सहभागिता सुनिश्चित गरिने।
- 🌿 पहाड र जलवायु परिवर्तन सम्बन्धमा बहुपक्षीय अन्तर्राष्ट्रिय प्लेटफर्मको स्थापना।
- 🌿 स्थानीय तथा आदिवासी समुदायको अनुभव र ज्ञानलाई जलवायु नीति र कार्यक्रममा समेटिने।
- 🌿 पारिस्थितिक सेवा प्रदानकर्ताहरूका लागि भुक्तानी संयन्त्र निर्माण गरिने।
- 🌿 ज्ञान केन्द्र, उत्कृष्ट अभ्यास साझेदारी, र स्थानीय समुदायको सहभागिता प्रवर्द्धन गरिने।
- 🌿 सगरमाथादेखि समुद्रसम्म साझा आवाज निर्माण गर्दै जलवायु कार्यमा एकता।
- 🌿 पहाडदेखि तराईसम्म जलवायु परिवर्तनका असरलाई उजागर गर्ने संवादको विषयवस्तुको स्वीकारोक्ति।
- 🌿 सम्वादमा सहभागी सबैप्रति आभार प्रकट गर्दै यसको निरन्तरताको आशा व्यक्त गरिने।
Tags:
Loksewa