विकास र वातावरण बीचको द्वन्द्व र सन्तुलनको मार्गचित्र

१. पृष्ठभूमि

  • संवैधानिक प्रत्याभूति: धारा ३० (स्वच्छ वातावरणको हक) र धारा ५१ (दिगो विकास र प्राकृतिक स्रोतको संरक्षण नीति)।
  • सैद्धान्तिक द्वन्द्व: राष्ट्रिय समृद्धिका लागि 'द्रुत भौतिक पूर्वाधार' भर्सेज पर्यावरणीय अस्तित्व रक्षा (Development vs. Environment Dilematic Jurisprudence)।

​२. नेपालमा वातावरणीय विवादका प्रतिनिधि उदाहरण (Case Studies)

  • निजगढ विमानस्थल: जैविक मार्ग (Wildlife Corridor) विनास र त्रुटिपूर्ण EIA विरुद्ध न्यायिक हस्तक्षेप (सर्वोच्च अदालत, २०७९)।
  • हुलाकी राजमार्ग (चितवन निकुञ्ज): दुर्लभ वन्यजन्तुको वासस्थान खण्डीकरण (Habitat Fragmentation) सम्बन्धी कानुनी विवाद।
  • फेवाताल अतिक्रमण: व्यावसायिक विकास र जलाधार (Watershed) संरक्षणबीचको मापदण्डगत द्वन्द्व।
  • जलविद्युत आयोजना (अरुण तेस्रो/त्रिशूली): जलचर मार्ग (Fish Ladder) उपेक्षा र आदिवासीको सांस्कृतिक भूमिसँगको विस्थापन।
  • चुरे उत्खनन: ढुङ्गा-गिट्टी निकासी नीति विरुद्ध मधेश मरुभूमीकरण र पानीको संकट सम्बन्धी जनविरोध।

​३. वातावरणलाई प्राथमिकता दिनुको व्यावहारिक विश्लेषण (द्वन्द्वात्मक बहस)

​क) विकास रोकेर वातावरण मात्र रोज्नु अव्यावहारिक (अतिवादी संरक्षणवाद)

  • गरिबीको दुष्चक्र: अल्पविकसित देशका लागि पूर्वाधार (ऊर्जा, सडक) बिना गरिबी निवारण र रोजगारी सिर्जना असम्भव।
  • आर्थिक जडता (Eco-Fundamentalism): वातावरणीय बहानामा हरेक आयोजना रोकिँदा समय र लागत वृद्धि (Time and Cost Overrun), वैदेशिक लगानी निरुत्साहन।
  • विकल्पको उपलब्धता: आधुनिक प्रविधि (सुरुङ मार्ग, आकासे पुल) मार्फत क्षति न्यूनीकरण सम्भव।

​ख) वातावरणलाई नै पहिलो प्राथमिकता दिनु व्यावहारिक (दीर्घकालीन लाभ)

  • अपरिवर्तनीय क्षति (Irreversible Damage): पूर्वाधार स्थानान्तरण सम्भव छ, तर नष्ट भएको इकोसिस्टम पैसाले ब्युँताउन सकिँदैन।
  • लागत-लाभको यथार्थ: चुरे विनास र बाढी-पहिरोबाट हुने अर्बौँको क्षति रोक्नु नै राज्यका लागि आर्थिक रूपमा सस्तो र व्यावहारिक।
  • अन्तरपुस्ता न्याय (Intergenerational Equity): भावी पुस्ताको प्राकृतिक अधिकार सुरक्षित राख्नु राज्यको दायित्व।
  • निष्कर्ष विश्लेषण: विकास बिनाको वातावरणले "गरिबीलाई दिगो" बनाउँछ र वातावरण बिनाको विकासले "विनास" निम्त्याउँछ। तसर्थ, मध्यमार्गी मार्ग "दिगो विकास" नै एक मात्र व्यावहारिक विकल्प हो।

    ​४. सन्तुलनका लागि समालोचनात्मक सुझावहरू (Strategic Matrix)

    ​क) नीतिगत तथा कानुनी सुधार (Policy & Legal)

    • Strategic Environmental Assessment (SEA): आयोजना तहमा मात्र गरिने परम्परागत EIA को सट्टा नीति र योजना तह (Policy Level) मै SEA लागू गर्ने।
    • EIA को जवाफदेहिता: गलत वा "कपि-पेष्ट" प्रतिवेदन बनाउने परामर्शदाता र स्वीकृत गर्ने अधिकारीलाई कडा दण्ड र इजाजत खारेजी।

    ​ख) प्राविधिक तथा व्यावहारिक उपाय (Technical & Practical)

    • Green Infrastructure: वन्यजन्तु मैत्री पूर्वाधार (Eco-ducts, Wildlife Underpass) निर्माण अनिवार्य गर्ने।
    • क्षतिपूर्ति पर्यावरण (Compensatory Afforestation): काटिएका रुखको सट्टा निश्चित अनुपातमा (१:१०) रुख रोप्ने र ५ वर्षसम्म बचाउने बजेट आयोजनामै सुरक्षित गर्ने।
    • Environmental Flow (E-Flow): जलविद्युतमा हिउँदमा न्यूनतम १०% पानी र अत्याधुनिक Fish Ladder अनिवार्य गर्ने।

    ​ग) आर्थिक तथा वित्तीय औजार (Economic Tools)

    • Polluter Pays Principle: वातावरण क्षति गर्ने आयोजनामाथि 'हरित कर' (Green Tax) लगाई स्थानीय पर्यावरण पुनरुत्थानमा खर्च गर्ने।
    • Payment for Ecosystem Services (PES): माथिल्लो तटीय जलाधार जोगाउने समुदायलाई तल्लो तटको हाइड्रोपावर/आयोजनाले वित्तीय रोयल्टी दिने प्रणाली।

    ​घ) न्यायिक र प्रशासनिक तदारुकता (Judicial & Administrative)

    • Doctrine of Balance of Convenience: अदालतले अन्तरिम आदेश दिँदा विकास ठप्प भई राज्यलाई हुने क्षति र वातावरण दुवैको सन्तुलन हेर्नुपर्ने।
    • Fast-track Dispute Resolution: विकास आयोजनाका वातावरणीय विवाद सुन्न योजना आयोग वा उच्च तहमा 'द्रुत विवाद निरुपण संयन्त्र' गठन गर्ने।

    ​५. उपसंहार

    ​वातावरण र विकास एकअर्काका शत्रु नभई समृद्धिको एउटै रथका दुई पाङ्ग्रा हुन्। नेपालले अधिकारमुखी वातावरणवाद र संवेदनहीन विकासवाद दुवै अतिवाद त्यागेर "प्रकृतिको संरक्षण, समृद्धिको आधार" भन्ने मन्त्रका साथ दिगो, उत्थानशील र समावेशी विकास (Resilient Development) को बाटो समात्नु पर्छ।

Chakrapani Bhandari

Hi, I’m Chakra, from Lumbini (Born place of Lord Buddha) Nepal. I am an administrative professional (Section Officer BAT40) in Nepal with having "we can" attitude. If you have any queries relevant to the topic, drop a comment below.

Post a Comment

Previous Post Next Post