निजामति सेवा

Q. निजामति सेवा भनेको के हो ? यसका बिशेषताहरू उल्लेख गर्नुहोस ।(५) 
नमुना प्रश्नोत्तर

निजामति सेवा


  • सरकारको शक्ति, स्रोत र अधिकार, जनहित र कल्याण एंव राष्ट्रको उन्नति विकासका निमित्त प्रयोग एवं अभ्यास गर्न वैधानिक कानुनद्वारा स्थापित संयन्त्र निजामति सेवा हो ।
  • यो सरकारको अभिन्न अंग हो । यसले Core Function सञ्चालन गर्दछ। यसलाई सम्पुर्ण सेवाहरूको मियो सेवाको रूपमा लिईएको हुन्छ । यसले अरू सेवाहरूलाई मार्गनिर्देशन गर्दछ ।
  • यसले सरकारको नीति तथा कार्यक्रम जनताको घरदैलोमा पुर्याई कार्यान्वयन गर्दछ । जनतामा सरकारको वास्तविक उपस्थिति बोध गराउँछ। राजनीतिक व्यवस्था, पद्धति र सरकार परिवर्तन भए पनि यो निरन्तर रूपमा जनता र राष्ट्रको सेवामा समर्पित रहन्छ । फलस्वरूप यसलाई स्थायी सरकारको नामबाट चिनिन्छ ।

बिशेषताहरू(Features)

सुत्र :- (SLC(NPM)2+Fixed + ID)
१. S = Stability :- यसमा स्थायित्व हुन्छ ।
२. L = Legal Based :- यसको कानुनी आधार स्पष्ट हुन्छ ।
३. C = Careerism :- वृति विकासको सुनिश्चित हुन्छ ।
४. N = Neutrality :- यो तटस्थ हुन्छ ।
५. P = Professionalism :- यसमा व्यवसायिकता हुन्छ ।
५. M = Mediator :- सरकार र जनता बिच मधेस्थकर्ताको रूपमा हुन्छ ।
६. N = Non-Military :- गैर सैनिक चरित्रको हुन्छ ।
७. P = Procedure based :- स्पष्ट कार्यविधि हुन्छ ।
८. M = Meritocracy :- यो योग्यता प्रणालीमा आधारित हुन्छ ।
९. F = Fixed Sallary :- यसमा काम गर्ने कर्मचारीको तलव निश्चित हुन्छ ।
१०. I = Inclusion :- समावेशी हुन्छ
११. D = Decentralization :- विकेन्द्रित हुन्छ ।
प्रश्तुती :- तेजनारायण यादव(उपसचिव - नेपाल सरकार)
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post