सार्वजनिक सेवा प्रवाह

Q. सार्वजनिक सेवा प्रवाहको परिचय दिदै यसका बिशेषताहरू उल्लेख गर्नुहोस...??(२×३=५) 
नासु नमुना प्रश्नोत्तर

सार्वजनिक सेवा प्रवाह 

  • 👉सार्वजनिक निकायबाट सबैलाई समान रूपले उपलब्ध गराईने सेवा र वस्तु सार्वजनिक सेवा हो ।
  • सेवालाई उत्पादन स्थानबाट उपभोक्ता समक्ष सरल, सहज, गुणस्तर युक्त एंव निर्धारित समयमा पुर्याउने कार्य र प्रक्रिया नै सार्वजनिक सेवा प्रवाह हो ।
  • सेवा प्रवाह जति चुस्त, दुरुस्त, गुणस्तर युक्त र भ्रष्टाचार मुक्त हुन्छ त्यति नै सरकार सफल र प्रभावकारी मानिन्छ । जनसन्तुष्टि र विश्वासमा बृद्धि हुन्छ । साथै सरकार र जनता बिचमा सुमधुर सम्बन्ध कायम हुन्छ ।

बिशेषताहरू(Features)

सुत्र :- HI SAANU
#. H - Heterogeneous : विविधता हुन्छ ।
#. I - Inseperatability : अविभाज्य हुन्छ ।
#. S - Specific & Sensitive : विशिष्ट र संवेदनशील हुन्छ ।
#. A - Accessible & Affordable : पहुँच योग्य र धान्न सकिने ।
#. N - Non - Discrimination : भेदभावरहित ।
#. U - Uniformity : एकरूपता
#. O - Other
- यो निश्चित समय, स्थान र प्रक्रिया द्वारा दिईन्छ ।
- यसको उद्देश्य राष्ट्र र जनताको हित र कल्याण रहेको हुन्छ ।
- यसमा लक्षित वर्गलाई विशेष व्यवहार गरिन्छ ।
- यसको प्रक्रिया पारदर्शी र जवाफदेहीता सुनिश्चित हुन्छ ।
- यो सशुल्क र निशुल्क दुवै तवरले दिईन्छ ।
तसर्थ सरकारको सफलता मापनको आधार र जनविश्वास प्राप्त गर्ने माध्यम सार्वजनिक सेवा प्रवाह हो ।

प्रश्तुती:- तेजनारायण यादव(उपसचिव- नेपाल सरकार)
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post