संघीय बजेट २०७५/७६ का मुख्य बुँदा

सरकारले आउँदो आर्थिक वर्ष २०७५/०७६ को लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएको छ । बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिइएको छ । बजेट कार्यान्वयनबाट ५ लाख जनाले रोजगारी पाउने र मूल्यवृद्धि ५ प्रतिशतमा सीमित हुने उल्लेख छ । 
  1. प्रदेशलाई ६३ अर्ब १३ करोड ५५ लाख र स्थानीय तहलाई १ खर्ब ९ अर्ब ८४ करोड ५६ लाख ।
  2. प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्ने ।
  3. देशभित्र रोजगारी सिर्जना गरी नेपालीलाई वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरिने ।
  4. समान कामको लागि समान ज्यालाको नीति लागू गरिने ।
  5. शैक्षिक प्रमाणपत्रको धितोमा ५ प्रतिशत ब्याज अनुदानमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइने ।
  6. विदेशबाट फर्केका युवाहरुको सीप प्रमाणीकरण गरी त्यस्ता युवाहरुलाई सम्बन्धित व्यवसाय सञ्चालन गर्न १० लाख रुपैयाँसम्म ऋण दिने ।
  7. गर्भावस्थादेखि नै प्रसुति सुरक्षा सेवा पुर्याइने ।
  8. दुई वर्षभित्र सबै वडाहरुमा न्यूनतम एक स्वास्थ्य संस्था स्थापना गरिने ।
  9. सबै स्थानीय तहमा कम्तीमा एक डाक्टरको सेवा सुनिश्चित गरिने ।
  10. नागरिक आरोग्य कार्यक्रम सञ्चालन गरिने ।
  11. बालबालिकालाई विद्यालय ल्याऔं, टिकाऔं र सिकाऔं अभियान सञ्चालन गरिने ।
  12. मदन भण्डारी विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गरिने ।
  13. सबै प्रदेशहरुमा न्यूनतम एक प्रदेश स्तरीय रंगशाला बनाउने ।
  14. हरेक प्रदेशमा एक जेष्ठ नागरिक आरोग्य आश्रम सञ्चालन गरिने ।
  15. ७० वर्षभन्दा माथिका सबै जेष्ठ नागरिकलाई एकलाख रुपैयाँसम्मको स्वास्थ्य बीमा शुल्क सरकारले ब्यहोर्ने ।
  16. एक वर्षभित्र हरेक नेपालीको बैंक खाता ।
  17. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई विस्तार गरिने ।
  18. सबै स्थानीय तहमा कृषि ज्ञान केन्द्र स्थापना गरिने ।
  19. साना किसानले तत्कालीन साझा सहकारी संस्थाहरुबाट लिएको सबै ऋण मिनाह गरिने ।
  20. हरेक स्थानीय तहमा सहकारी संस्थाहरुमार्फत शुपथ मूल्य पसल खोल्ने ।
  21. दुई वर्षमा २० लाख पर्यटक भित्र्याउने गरी ‘भिजिट नेपाल २०२०’ अभियान सञ्चालन गरिने ।
  22. पहिले देश, अनि विदेशको भावना अनुसार आन्तरिक पर्यटन प्रवद्र्धन अभियान चलाइने ।
  23. आर्थिक वर्ष २०७५/०७६ लाई राष्ट्रिय सरसफाई अभियान वर्षको रुपमा मनाइने ।
  24. वि.सं. २०७५ –२०८५ लाई उर्जा दशकको रुपमा मनाइने ।
  25. हरेक प्रदेशलाई एक अन्तर्राष्ट्रिय व्यापारिक नाकासँग जोड्ने ।
  26. तराई–मधेश सडक पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्ने ।
  27. आगामी आर्थिक वर्षमा मेची – महाकाली विद्युतीय रेलमार्गको काँकडभिट्टा–बर्दिबास, बुटवल–गड्डाचौकी र मेची–महाकाली–काठमाडौं लिंकमार्गको सम्भाव्यता अध्ययन र डीपीआर तयार गर्ने । वीरगञ्ज–काठमाडौं, बर्दिबास–सिमरा र रसुवागडी–काठमाडौं–पोखरा रेलमार्ग निर्माणको डीपीआर तयार गरी निर्माण काम सुरु गर्ने 
  28. कोशी, गण्डकी र कर्णाली नदीमा जलमार्ग यातायात सञ्चालनको लागि सम्भाव्यता अध्ययन सम्पन्न गर्ने ।स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम सञ्चालन गरिने ।
  29. तीन वर्षभित्र सम्भाव्य सबै ठाउँमा झोलुंगे पूल निर्माण सम्पन्न गर्ने ।
  30. भ्रष्टाचारलाई निषेध गर्दै भ्रष्टाचारजन्य क्रियाकलापमा शून्य सहनशिलताको नीति अबलम्बन गर्ने ।
  31. घर घरमा मानवअधिकार कार्यक्रमलाई जनस्तरमा कार्यान्वयनमा ल्याइने ।
  32. नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता ।
  33. पाँच वर्षभित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने ।
  34. सरकारलाई सुझाव दिन थिङ्क ट्यांकको व्यवस्था गर्ने ।
  35. कर्मचारीको महंगीभक्ता बढाएर प्रतिमहिना २ हजार बनाउने ।
  36. शिक्षा र स्वास्थ्य सेवको कर खारेज ।
  37. एकहजार सीसीभन्दा माथिका चारपाँग्रे गाडी र एकसय ५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकलहरुमा अन्तःशुल्क बृद्धि । 
  38. मदिरा तथा सूर्तिजन्य पदार्थमा अन्तःशुल्क बृद्धि ।
  39. व्यक्तिगत आयकरमा १०, २० र ३० प्रतिशतका दर कायम ।
  40. २० लाख रुपैयाँभन्दा बढीको करयोग्य आयमा २० प्रतिशत अतिरिक्त कर लगाइने ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post