प्रश्नोत्तर

नेपालको क्षेत्रफल कति छ ? – १,४७,१८१ वर्ग कि.मि.
नेपालको पूर्व पश्चिम औसत लम्बाई कति छ ? – ८८५ कि.मि.
नेपालको उत्तर–दक्षिण औसत चौडाई कति छ ? –१९३ कि.मि.
नेपाल कुन महादेशमा अवस्थित छ ? –एशिया
नेपालले एशियाको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओगटेको छ ? – ०.३
नेपालले विश्वको कूल क्षेत्रफलको कति प्रतिशत भाग ओटेको छ ? –०.०३
नेपाल कुन देशान्तरमा पर्दछ ? –पूर्वी देशान्तर
नेपाल कुन अक्षांसमा पर्दछ ? –उत्तरी अक्षांस
नेपाल कति देशान्तर रेखामा अवस्थित छ ?
–८०४ु पूर्वी देशान्तरदेखि ८८१२ु पूर्वी देशान्तरमा


नेपाल कुन अक्षांश रेखामा अवस्थित छ ? –२६२२ुउत्तरी अक्षांसदेखि ३०२७ु उत्तरी अक्षांसमा
नेपालका कतिवटा अञ्चलले चीर र भारत दुवै देशलाई छोएको छ ? – ६ वटा
चीन र भारत कुनै पनि देशसँग सीमना नजोडिएको जिल्लाहरु कति वटा छन् ? –३६
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो जिल्ला कुन हो ? –डोल्पा
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो अञ्चल कुन हो ? –कर्णाली
क्षेत्रफलको हिसावले सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ? – शे फोक्सुण्डो
क्षेत्रफलको हिसावले सबैभन्दा सानो जिल्ला कुन हो ? – भक्तपुर
नेपाललको प्रामाणिक समय ग्रीनबीच समयभन्दा कति बढी छ ? –५घण्टा ४५ मिनेट
नेपालको प्रामाणिक समय कुन देशान्तर रेखालाई आधार मानेर निर्धारण गरिएको छ ?
–८६१५ु देशान्तर रेखालाई
नेपालको प्रामाणिक समय कुन हिमाललाई आधारमानी निर्धारण गरिएको छ ? –गौरीशंकर हिमाल
कुनकुन अञ्चलका ५/५ वटा जिल्लाहरु रहेकाछन् ? –नारायणी, राप्ती, भेरी, कर्णाली र सेती गरी ५ वटाका
नेपाललाई कहिले १४ अञ्चल र ७५ जिल्लामा विभाजन गरिएको हो ? –२०१८ बैशाख १ गते
नेपाललाई कति सालमा ४ विकास क्षेत्रमा विभाजन गरिएको हो ? –२०२९ साल
८ वटा जिल्ला हुने अञ्चल कुन हो ? – वाग्मती
६÷६ वटा जिल्लाहुने अञ्चलहरु कुन कुन हुन् ? –लुम्बिनी, गण्डकी, सगरमाथा, जनकपुर र कोशी
महाकाली पारीका नेपालका २ गाविस कुन कुन हुन् ? –चाँदनी र दोधारा
गंगासागर पोखरी कहाँ पर्दछ ? – जनकपुरधाम, धनुषा
सबभन्दा बढी उचाईमा रहेको नेपालको जिल्ला सदरमुकाम कुन हो ? –सिमिकोट
चीन र भारत दुवैदेशलाई छुने जिल्ला कति वटा छन् ? –२ वटा, ताप्लेजुङ्ग र दार्चुला
सबभन्दा कम उचाईमा रहेको नेपालको सदरमुकाम कुन हो ? –जलेश्वर
४÷४ वटा जिल्लाहरु हुने नेपालका अञ्चल कतिवटा छन् ? –३ वटा, मेची, महाकाली, धवलागिरी
सबैभन्दा बढी जिल्लासँग सिमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
अदुवा खेतीका लागि प्रसिद्ध जिल्ला कुन हो ? –सल्यान
नेपालको सबैभन्दा उत्तरी विन्दु कुन जिल्लामा पर्दछ ? –हुम्ला
नेपालको सबैभन्दा दक्षिणी विन्दु कुन जिल्लामा पर्दछ ? –लोदावारी, झापा
भारतसँगमात्र सीमाना जोडिएको जिल्लाहरु कतिवटा छन् ? –२४
चीसँगमात्र सीमाना जोडिएका जिल्लाहरु कतिवटा छन् ? –१५ वटा
दक्षिण महाभारत पर्वतदेखि उत्तरी हिमालयसम्म फैलिएको जिल्ला कुन हो ? –धादिङ्ग
काठमाण्डौ उपत्यकाको क्षेत्रफल कति छ ? –६४२ वर्ग कि.मि.
नेपालमा सबैभन्दा गर्मी हुने ठाउँ कुन हो ? –नेपालगञ्ज
नेपालको सबैभन्दा बढी पानी पर्ने जिल्ला कुन हो ? –कास्की
नेपालको सबैभन्दा कम पानी पर्ने जिल्ला कुन हो ? –मुस्ताङ्ग
नेपालमा ८ हजारभन्दा अग्ला हिमालहरु कति छन् ? – ८ वटा
मकालु हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? –महालंगुर
सूर्योदयको दृष्य देखिने नेपालको प्रसिद्ध स्थान नगरकोट भक्तपुरमा पर्दछ भने अन्तु डाँडा कुन जिल्लामा पर्दछ ? –इलाम
महेन्द्र गुफा कुन जिल्लामा रहेको छ ? –कास्की
हेलम्वु कुन जिल्लामा पर्दछ ? –सिन्धुपाल्चोक
महालंगुर हिमश्रृंखलाको अर्को नाम के पनि हो ? –खुम्वु
भोजपुर केका लागि प्रसिद्ध छ ? –खुकुरी
काठमाण्डौबाट सबभन्दा नजिकमा पर्ने हिमाल कुन हो ? –जुगल
काठमाण्डौबाट सबभन्दा नजिकको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –थिम्पु
काठमाण्डौबाट सबभन्दा टाढाको दूरीमा रहेको सार्क राष्ट्रहरुको राजधानी कुन हो ? –माले
चाँदनी टापु र दोधारा टापु नेपालको कुन जिल्लामा पर्दछन् ? – कञ्चनपुर
झोलुङ्गे पुलको जिल्ला भनेर नेपालकको कुन जिल्लालाई चिनिन्छ ? –बाग्लुङ्ग
कसरा ताल कुन जिल्लामा पर्दछ ? –चितवन
महेन्द्र राजमार्गले नछुने तराईको जिल्ला कुन हो ? –पर्सा
सर्वोच्च शिखर सगरमाथा कुन हिमश्रृंखलामा पर्दछ ? – महालंगुर (खुम्वु)
दहीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –भक्तपुर
कफि खेतीको लागि प्रसिद्ध जिल्ला कुन हो ? –गुल्मी
नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय कुन हो ? –इन्द्र सरोवर
अरुण उपत्यका कुन जिल्लामा पर्दछ ? –संखुवासभा
क्षेत्रफलको हिसावले सबैभन्दा सानो अञ्चल कुन हो ? –महाकाली
नेपालको मरुभूमी भन्नाले कुन जिल्लालाई चिनिन्छ ? –मुस्ताङ्ग
नेपालको चेरापुञ्जी भन्नाले कुन ठाउँलाई बुझिन्छ ? –पोखरा
च्छोरोल्पा ताल कुन जिल्लामा पर्दछ ? –दोलखा
म्याग्नेसाइट (खरिढुंगा)को व्यवसायिक उत्पादन कुन जिल्लमा भएको छ ? –दोलखा
नेपालमा सोडा कहाँ पाइन्छ ? –सल्यान र डोटी
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंघाको उचाई कति छ ? –८,५८६ मिटर
पहाडी प्रदेशमा नेपालका कति जिल्ला पर्दछन् ? –३९ वटा
हिमाली प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –१६ वटा
तराई प्रदेशमा नेपालका कति जिल्लाहरु पर्दछन् ? –२० वटा
काठमाण्डौ उपत्यकाका चार भञ्ज्याङ्गहरु कुन कुन हुन् ? –पूर्व–साँगा, पश्चिम–वाण, उत्तर–पाटी, दक्षिण–चन्द्रगिरी
धरातलीय स्वरुपका आधारमा नेपाललाई कति प्रदेशमा बाँडिएको छ ? – ३ प्रदेश
हिमाली प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१५५
पहाडी प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –६८५
तराई प्रदेशले नेपालको कूल क्षेत्रको कति प्रतिशत भूभाग ओगटेको छ ? –१७५
नेपालको कति प्रतिशत जनसंख्या हिमाली क्षेत्रमा बसोबास गर्दछन् ? –७.३ प्रतिशत
पहाडी प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४४.३ प्रतिशत
तराई प्रदेशमा कति प्रतिशत जनसंख्या बसोबास गर्दछन् ? –४८.४ प्रतिशत
नेपालको सबैभन्दा होचो भागमा रहेको स्थान कुन हो ? –केचनाकलन, झापा, समुद्र सतहबाट ७० मिटर
भौगोलिक रुपमा नेपाल कस्तो राष्ट्र हो ? –भु–परिवेष्ठित
नेपालको पूर्वी सिमाना मेचीले छुट्याएको छ भने पश्चिमी सीमाना कुन नदीले छुट्याएको छ ? –महाकाली
नेपालको उत्तर दक्षिण चौडाई वढीमा कति र घटीमा कति रहेको छ ? –बढीमा २४१ कि.मि. र घटीमा १४५ कि.मि.
फर्पिङ्ग जलविद्युत केन्द्रवाट कति किलोवाट विद्युत उत्पादन गरिन्छ ? –५०० किलोवाट
हिमाली प्रदेश समुद्री सतहबाट कति उचाई क्षेत्रमा फैलिएको छ ? –३३६० मिटरदेखि ८८४८ मिटरसम्म
पहाडी प्रदेशको समुद्र सतहदेखि कति उचाईमा फैलिएको छ ? –६०० मिटरदेखि ३३६० मिटरसम्म
तराई प्रदेश समुद्र सतहबाट कति उचाइमा फैलिएको छ ? –७० मिटरदेखि ६०० मिटरसम्म
चीनको सीमानासँग मात्र जोडिएका नेपालका अञ्चलनहरु कति छन् ? –४ (बाग्मती, गण्डकी, धौलागिरी र कर्णाली)
नेपालका कति अञ्चल भारतको सीमानासँग मात्र जोडिएका छन् ? –४ (नारायणी, लुम्बिनी, भेरी राप्ती
महेन्द्र राजमार्गको लम्वाई कति रहेको छ ? –१०३४ कि.मि.
ओलाङचुङगोला घाँटीबाट नेपाल प्रवेश गर्ने एक मात्र नदी कुन हो ? –तमोर
दक्षिणबाट उत्तरतिर बहने नदी कुन हो ? –कर्मनाशा
नेपालका नदीहरुबाट कूल कति मेगावाट विद्युत उत्पादन गर्न सकिन्छ ? –८३ हजार मेगावाट
जलश्रोतको दोस्रो धनी राष्ट्र कुन हो ? –नेपाल
सगरमाथालाई ूत्जभ त्जष्चम एयभिू अर्थात् तेस्रो धु्रवको उपनाम दिने व्यक्ति को हुन् ? –माइकल कर्ग
सगरमाथालाई पहिला ह्ख् एभबप अर्थात् पन्ध्रौं चुलीको नामबाट चिनिन्थ्यो, पछि माउण्ट एभरेष्ट भनियो र त्यसपछि यसको नेपाली नामाकरण सगरमाथा भनेर गरियो, यसरी सगरमाथा भनेर कसले कहिले नामाकरण गरेका हुन् ? –सन् १९५६ मा स्व. बाबुराम आचार्यले
सप्तगण्डकीका प्रमुख सहायक नदी कुन हो ? –काली गण्डकी
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत परियोजना कुन हो ? –थामे जलविद्युत परियोजना
नेपाललाई कति सालमा चार विकास क्षेत्रमा विभाजन गरियो ? –वि.सं. २०२९
सबभन्दा उच्चस्थानमा रहेको राष्ट्रिय निकुञ्ज कुन हो ? –सगरमाथा राष्ट्रिय निकुञ्ज
राष्ट्रिय जनगणना कति कति वर्ष लिने गरिन्छ ? –प्रत्येक १० वर्षमा
राष्ट्रिय मान्यता पार्टी हुनको लागि प्रतिनिधि सभाको निर्वाचनमा खसेको जम्मा मतको कति प्रतिशत मत प्राप्त गरेको हुनुपर्छ ? –३ प्रतिशत
नेपालमा मात्र पाइने चरा कुन हो ? –काँडे भ्याकुर
महेन्द्र राजमार्गको शिलन्यास कहिले भयो ? –वि.सं. २०१९ बैशाख १ गते
महानगरपालिका हुनको लागि कति जनसंख्या र वार्षिक आयश्रोत हुनुपर्छ ? –३ लाख जनसंख्या र ४० करोड बार्षिक आयश्रोत (स्थानीय स्वायत्त शासन ऐन २०५५ अनुसार)
ग्याला भन्ज्याङ्ग कुन जिल्लामा पर्छ ? –गोरखा
गुल्मी–अर्घाखाँची परियोजना कार्यक्रमको सञ्चालन कुन संस्थाको सहयोगमा भएको छ ? –भ्ग्
माछापुच्छ«े हिमाल कुन हिमशृंखलामा पर्छ ? –अन्नपूर्ण
सार्क गरिबी निवारण कार्यक्रम नेपालको कुन जिल्लामा लागू भएको छ ? –मकवानपुर
सबैभन्दा बढी जिल्लाका सीमाना जोडिएको जिल्ला कुन हो ? –सिन्धुली
कर्णाली पुलको लम्बाइ कति हो ? – ५०७ मी.
त्ब्ब्ल् (सगरमाथा दिवस) कहिले मनाइन्छ ? – २९ मे
बाह्रकुने ताल कहाँ पर्छ ? – दाङ
नेपालले ग्ल्इ को खर्चको कति प्रतिशत व्यहोर्छ ? – ०.०१ प्रतिशत
नेपालबाट विदेशस्थित नजिकको विमानस्थल कुन हो ? –पटना, भारत
स्वच्छ वातावरणको लागि कति वनको आवश्यकता पर्दछ ? –४३%
ढोरपाटन शिकार आरक्ष कुन कुन जिल्लाको भाग मिलाएर बनेको छ ? –रुकुम, बाग्लुङ र म्याग्दीका केही भाग ।
सप्तगण्डकीको सबभन्दा ठूलो सहायक नदी कुन हो ? –काली गण्डकी
राष्ट्रिय तथ्यांक आयोगका अध्यक्ष को हुन्छ ? –रा.यो.आ.का उपाध्यक्ष
सप्तकोशीमा पर्ने सबैभन्दा सानो नदी कुने हो ? –लिखु
धरान–धनकुटा राजमार्गलाई के भनिन्छ ? –मदनभण्डारी राजमार्ग
सार्क उपक्षेत्रीय चतुष्कोणमा कुन कुन राष्ट्र पर्दछन् ? –नेपाल, भारत, बंगलादेश र भुटान
डोल्पा जिल्लाभन्दा महाकाली अञ्चल कति वर्ग कि.मि. सानो छ ? – ९०० वर्ग कि.मि.
काकडभिट्टा–बङ्गलाबन्ध मार्ग कहिलेदेखि सुरु गरिएको हो ?
–२०५४ भाद्र १६
नेपाल पिक कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ
सुर्खेत जिल्लाको पुरानो नाम के हो ? –दोभान चौर
चन्द्रनहर कुन नदीबाट बनाइएको छ ? –त्रियुगा
नेपाललाई ५ विकास क्षेत्रमा कहिलेदेखि विभाजन गरियो ? –२०३७ सालमा
नेपालको पहिलो राष्ट्रिय निकुञ्ज कुन हो ? –चितवन राष्ट्रिय निकुञ्ज
पनेरवा दरबार कुन ठाउँमा पर्दछ ? –रौतहट
नेपालमा हावापानीलाई कति भागमा बाँड्न सकिन्छ ? –५ भाग
नेपालको सबैभन्दा ठूलो नदी कुन हो ? –कोशी
नेपालमा ७५ जिल्लाहरुमध्ये हिमाली भेगमा रहेका जिल्ला कति छन् ? – १६
जि.वि.स. का सदस्य निर्वाचनको प्रयोजनको लागि जिल्लाहरुलाई कति इलाकामा विभाजन गरिएको छ ? – ९ देखि १७ सम्म
गण्डक सम्झौता कहिले भएको थियो ? – २०१६ मंसिर १९
नेपाल–चीन वैज्ञानिक सीमाङ्कन कहिले भएको हो ? – २०१८
महेन्द्र राजमार्गले तलका मध्ये कुन दुवै पहाडी जिल्लालाई छुन्छ ? – अर्घाखाँची र मकवानपुर
नेपालको १२०० देखि २१०० मिटरसम्मको उचाइमा कुन हावापानी पाइन्छ ? – न्यानो समशितोष्ण
धरान–धनकुटा राजमार्गलाई के नामाकरण गरिएको छ ? – मदन भण्डारी
त्रिशुली नदीको मुहान कुन हो ? – गोसाइँकुण्ड
टिंकर भञ्ज्याङ कुन जिल्लामा छ ? – दार्चुला जिल्लामा
च्छो–रोल्पा हिमतालको उचाइ कति हो ? – ४५८० मी.
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? –होटल एभरेष्ट भ्यू
महाकाली नदी भारतमा पुगेपछि के नामले चिनिन्छ ? –शारदा
पशुपति क्षेत्रले कति भूभाग ओगटेको छ ? –२६४ हेक्टर
संसारकै सबैभन्दा गहिरो गल्छी कुन हो ? –धवलागिरी र अन्नपूर्ण हिमालबीमा कालीगण्डकी नदीले बनाएको गल्छी जसको गहिराई ६,९६७ मिटर छ ।
नेपालको हिमनदीहरुमा सबैभन्दा लामो तथा ठूलो हिमनदी कुन हो ? –सबैभन्दा लामो–खुम्वु हिमनदी, ठूलो हिमनदी–लाङटाङ
भित्री मधेशमा पर्ने जिल्लाहरु कुन कुन हुन् ? –उदयपुर, सिन्धुली, चितवन, नवलपरासी, दाङ्ग, मकवानपुर, कैलाली, डोटी र सुर्खेत
नेपालको प्रमुख वाली धान हो भने दोस्रो तेस्रो प्रमुख वाली कुन कुन हो ? –मकै र गहुँ
नेपालमा मनसुनी वर्ष कति अवधिसम्म रहन्छ ? – ४ महिना
नेपालभित्रै बग्ने सबैभन्दा लामो नदी कुन हो ? –कर्णाली, ५०६ किलोमिटर
काञ्जिरोवा हिमश्रृंखला कुन अञ्चलमा पर्दछ ? –कर्णाली
माछापुच्छ«े हिमालको उचाई कति छ ? –६९९६ मिटर
फोक्सुण्डो तालको निकासबाट बनेको झरनाको नाम के हो ? –सुलिगाँड झरना
लार्के भञ्ज्याङ्ग गोरखामा पर्छ भने टिपताल भञ्ज्याङ कुन जिल्लामा पर्छ ? –ताप्लेजुङ्ग
नेपालमा सबैभन्दा अघि कुन राजमार्ग बनेको हो ? –त्रिभुवन राजपथ
प्रसिद्ध नारद कुण्ड गोरखामा पर्छ भने दामोदर कुण्ड कुन जिल्लमा पर्छ ? –मुस्ताङ्ग
५२ पोखरी ५३ तालको जिल्ला भनेर प्रसिद्धि कमाएको जिल्ला कुन हो ? –रुकुम
नेपालको सबैभन्द बढी वर्षा हुने स्थल कास्कीको लुम्ले हो भने कम वर्षा हुने स्थल कुन हो ? – ल्होमन्थाङ्ग, मुस्ताङ्ग
नेपालको प्रामाणिक समय जुन गौरीशंकर हिमाललाई काटिगएको ८६१५ु देशान्तर रेखालाई कहिले देखि मान्यता दिएको हो ? –विं.स. २०४२ बैशाख १ गतेदेखि
नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ ? –समुद्रसतहदेखि १२०० मिटरको क्षेत्रमा
समशितोष्ण पतझर जंगल कतिदेखि कति समुद्रसतहमा पाइन्छ ? –१२०० मिटरदेखि २१०० मिटर समुद्र सतहबीचमा
समशितोष्ण कोणधारी जंगल पाइने उचाई कति हो ? –समुद्र सतहदेखि २१००–३३०० मिटरबीचको उचाई
लेकाली वनस्पती पाइने उचाई कति हो ? –समुद्र सतहदेखि ३३००–५००० मिटरसम्मको उचाई ।
नेपालमा टुन्ड्रा वनस्पति कति उचाईबीचमा पाइन्छ ? –समुद्र सतहभन्दा ५००० मिटर देखि माथिको भूभागमा
नेपालमा पाइने माटोलाई कुन कुन भागमा वर्गीकरण गरिएको छ ? –५ प्रकारमा (पाँगो, बलौटे, पहाडी, हिमाली, टुन्ड्रा)
नदीका आधारमा नेपाललाई कति भागमा बाँडिएको छ ? –३ भागमा
नेपालको सबैभन्दा ठूलो ताल कुन हो ? यो कुन जिल्लामा रहेको छ ? –रारा, मुगु
नेपालको सबैभन्दा गहिरो ताल फोक्सुण्डोको गहिराई कति रहेको छ ? –६५० मिटर
फेवाताल, वेगनास ताल, रुपाताल कस्कीमा पर्दछ भने खास्टे ताल कहाँ पर्दछ ? –कास्की
सबैभन्दा उचाईमा रहेको ताल कुन हो ? –तिलिचो, ४९१९ मिटर
घोडाघोडी ताल कैलालीमा पर्छ भने सुके ताल कहाँ पर्छ –चितवन
नन्दभाउजु ताल चितवनमा पर्छ भने सत्यवती ताल कहाँ पर्छ –पाल्पा
संसारको जलस्रोतको दोश्रो धनी देश कुन हो ? – नेपाल
नेपाललाई धरातलीय स्वरुपको आधारमा कति भागमा विभाजन गरिएको छ ? – ३ भागमा
हिमाली प्रदेशलाई उचाइको आधारमा कति मिटरदेखि कति मिटरसम्मको क्षेत्र तोकिएको छ ? – करिब ४००० मिटरदेखि माथि
पहाडी प्रदेशले कति उचाइसम्मको भू–भाग ओगटेको छ ?
– समुन्द्र सतहबाट ७० मि.देखि ६०० मि.सम्म
हिमाली प्रदेशले नेपालको कुल भू–भागको १५ प्रतिशत भू–भाग ओगटेको छ भने यस प्रदेशमा कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ७.५ प्रतिशत
पहाडी प्रदेशले नेपालको कुल भू–भागको ६८ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्याको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४५.५ प्रतिशत
तराई प्रदेशले नेपालको कुल भू–भागको १७ प्रतिशत भू–भाग ओगटेको छ भने कुल जनसंख्यको कति प्रतिशत मानिसहरु बसोबास गर्दछन् ? – ४६.७ प्रतिशत
सगरमाथाको नामाकरण ‘एभरेष्ट’ भनी कसको नामबाट राखिएको हो ?
– ब्रिटिस नागरिक सर्भेयर जर्ज एभरेष्ट नामबाट
डा. बाबुराम आचार्यले माउण्ट एभरेष्टलाई ‘सगरमाथा’ भनि नामाकरण कहिले गरेका हुन् ? – सन् १९९५
नेपालको सबैभन्दा ठूलो नदी सप्तकोशीका सातवटा सहायक नदीहरुमा सबैभन्दा सानो नदी कुन हो ? – लिखु
नेपालको सबैभन्दा गहिरो नदी सप्तगण्डकीको लम्बाइ कति रहेको अनुमान गरिएको छ ? – करिब ३३८ कि.मि.
नेपालको सबैभन्दा लामो नदी कुन हो ? – कर्णाली
नेपालको सबैभन्दा गहिरो ताल राराताल हो भनेर कहिलेदेखि पत्ता लागेको हो ?
– वि.सं. २०६१ ज्येष्ठ २७ देखि ३० सम्मको सर्भेले
नेपालको सबैभन्दा ठूलो ताल कुन ताल हो ? – रारा
नेपालका ७५ जिल्लामध्ये हिमाली भेगमा १६ वटा पर्दछन् भने पहाडी र तराई भेगका कति कति जिल्लाहरु पर्दछन् ? – क्रमशः पहाडी ३९ र तराई २० जिल्ला
नेपालको भारतसँग सिमाना जोडिएका जिल्ला कति छन् ? – 26
नेपालको भारतसँग मात्र जोडिएको जिल्लाहरु 24 वटा छन्
चीनसँग मात्र जोडिएका जिल्ला १३ वटा छन् भने चीन भारत दुवैसँग जोडिएका जिल्लाहरु कति वटा छन् ? – २ वटा
नेपालको उत्तरी सिमा हिमालदेखि दक्षिण महाभारत पर्वतसम्म फैलिएको जिल्ला कुन हो ? – धादिङ्
विश्वको सबैभन्दा गहिरो गल्छी कुन हो ? – नेपालको अन्नपूर्ण र धवलागिरी बीचको गल्छी
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेका ताल कुन हो ? –तिलिचो ताल
विश्वको सबैभन्दा गहिरो उपत्यका कुन हो ? – अरुण उपत्यका (संखुवासभा)
विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको होटल कुन हो ? – नेपालको सोलुखुम्बुस्थित होटल एभरेष्ट भ्यू (१२,७१३ फिट)
नेपालको सबैभन्दा ठूलो अञ्चल कर्णाली (२१,३५१ व्र्ग कि.मि) हो भने सबैभन्दा सानो अञ्चल कुन हो ? – महाकाली (६९८९ वर्ग कि.मि.)
नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा (७८८९ वर्ग कि.मी.) छ हो भने सबैभन्दा सानो जिल्ला भक्तपुरको क्षेत्रफल कति छ ? – ११९ वर्ग कि.मि.
नेपालको सबैभन्दा लामो पुल कुन हो ? – कन्काई नदीको पुल (७०३ मिटर)
नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो ? – खुम्बु हिमनदी
दक्षिण एसियाको कुल भू–भागमध्ये नेपालले कति प्रतिशत भू–भाग ओगटेको छ ? – ३.२७९ प्रतिशत
नेपालको पूर्वी विन्दु झापाको काँकडभिट्टामा पर्दछ भने पश्चिम विन्दु कहाँ पर्दछ ?
– कन्चनपुरको दोधारा
विश्वमा नेपालभन्दा ठूला देशहरु कतिवटा छन् ? – ८९ वटा
नेपालभन्दा भारत २२ गुणा ठूलो छ भने चीन कति गुणा ठूलो छ ? – ६५ गुणा
नेपालको कुन नदीलाई उत्तरवाहिनी नदी भनेर चिनिन्छ ? – कर्मनाशा
नेपालको सबैभन्दा बढी जनसंख्या वृद्धिदर भएको जिल्ला कुन हो ? कैलाली
नेपालको सबैभन्दा कान्छो जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ? – कालीकोट
नेपालको सबैभन्दा लामो हिमनदी कुन हो ? – खुम्बु
नेपालमा कति प्रकारका गुराँसहरु फुल्दछन् ? – ३२ प्रकार
सर्वाेच्च शिखर सगसमाथा नेपालको कुन गा.वि.स. मा पर्दछ ? – खुम्जुङ्ग
नेपालको सबैभन्दा उच्चस्थानमा रहेको बस्ती कुन हो ? – छार्का भोट र ताराप गाउँ डोल्पा
सप्तकोशी नदी कहाँ पुगेपछि गंगामा मिसिन्छ ? – विहारको करसेला
हिमाल पारिका जिल्ला भनेर कुन कुन जिल्लालाई बुझाउँछ ? – मनाङ र मुस्ताङ.
नेपालको भित्री मधेशमा पर्ने जिल्लाहरु कति वटा छन् ? – ७ वटा
नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको सदसमुकाम कुन हो ? – हुम्लाको सिमिकोट
प्रसिद्ध तिर्थस्थल स्वर्गद्वारी नेपालको कुन जिल्लामा पर्दछ ? – प्यूठान
काठमाडौंबाट सबैभन्दा नजिकको समुन्द्र कति टाढा छ ? – ५०० कि.मि.
नेपालको कुन नदीको किनारमा शालीग्राम पाइन्छ ? – कालीगण्डकी
नेपालको मानचित्रमा सबैभन्दा मध्य भागमापर्ने स्थान कुन हो ? – पोखरा
बूढीगण्डकीको उद्गम स्थल कुन हो ? – गणेश हिमाल
बाग्मती नदीको उद्गम स्थल कहाँ हो ? – बागद्वार
विश्वको सर्वाेच्च स्थानमा रहेको तिलिचो ताल समुन्द्र सतहदेखि कति उचाइमा रहेको छ ? – ४९१९ मिटर
नेपालमा उत्तर गंगा भनेर कुन नदीलाई चिनिन्छ ? – सानी भेरी
महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरु कुन कुन हुन् ? – अर्घाखाँची र मकवानपुर
हिमालकी रानी भनेर कसलाई चिनिन्छ ? – स्व. पासाङ्ग ल्हामु शेर्पा
नेपालको सबैभन्दा पूर्व विन्दुसम्म पुगेको जिल्ला कुन हो ? – ताप्लेजुङ्ग
बराबर क्षेत्रफल भएका अञ्चलहरु कुन कुन हुन् ? – कोशी र जनकपुर (९६६९ वर्ग कि.मि.)
सप्तकोशी नदीको औसत जलप्रभाव कति छ ? – १५६४ क्यूविक मिटर प्रति सेकेण्ड
नेपालको कुल भू–भागको कति प्रतिशत भू–भाग पानीले ओगटेको छ ? – ३.९५%
नेपालका नदीहरुको कुल विद्युत उत्पादन क्षमता कति छ ?
– ८ करोड ३ लाख किलोवाट
अरुण नदीको संस्कृत नाम के हो ? – महाप्रभा
विष्णुमति नदीको उद्गम स्थल कहाँ हो ? – सपन तिर्थ
माछा पाइने विश्वको अग्लो स्थानमा रहेको ताल कुन हो ? – राराताल
फेवातालको बीचमा कसको मन्दिर अवस्थित छ ? – वराहको मन्दिर
नेपालको कुन तालको आकार गुलेली जस्तो छ ? – शे–फोक्सुण्डो ताल
नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ? – च्छोरोल्पा हिमताल (४५८० मि.)
नेपालको सबैभन्दा अग्लो स्थानमारहेको भञ्ज्याङ्ग चाबुक भञ्ज्याङ्ग कति उचाइमा अवस्थित छ ? – ५९७९ मिटर
नेपालमा केबुलकार सेवा कहाँ संचालित छ ? – चितवनको कुरिनटारदेखि गोरखाको मनकामनासम्म
नेपालमा केवुलकारको सञ्चालन कहिलेबाट भएको हो ? – वि.सं. २०५४ जेष्ठ २७ गते
काठमाडौं–हेटौडा रोपवे (रज्जु मार्ग) को लम्बाइ कति छ ? – सरदर ४२.३ कि.मि
नेपालको कति उचाइको क्षेत्रफललाई हिमरेखा घोषित गरिएको छ ? – सरदर ५००० मिटर
गण्डकी नदीको विद्युत क्षमता कति छ ? – २१,००० मे.वा.
भारतमा पुगेपछि कर्णाली नदीलाई कुन नामले चिनिन्छ ? – घाघरा
कर्णाली नदीको जलप्रवाह कति छ ? – औसत १३१६ क्यूवीक मिटर प्रतिसेकेण्ड
नेपालको कुन कुन स्थानमा चाँदीको खानी भएको अुनुमान गरिएको छ ? – बागलुङ, चिसापनी र फूलचौकी
विश्वको सबैभन्दा उच्चस्थानबाट बग्ने नदी अरुणलाई तिब्बती भाषामा के भनिन्छ ? – फुङ्चु नदी
बिश्वको सबैभन्दा गहिरो उपत्यका अरुण उपत्यकाको उचाइ कति छ ? – करिब ४५७ मिटर
स्थानीय किवदन्तीअनुसार पार्वतीको नेत्रकोषबाट खसेको पसीना बगेर प्रादूर्भाव भएको नदी कुन हो ? – दूधकोशी
सप्ताकोशी नदीको सबैभन्दा ठूलो र लामो नदी कुन हो ? – अरुण
महाकाली नदीलाई भारतमा पुगेपछि के का नामले चिनिन्छ ? – शारदा नदी
नेपालको सबैभन्दा लामो पुल भएको कन्काई नदी कुन जिल्लामा पर्दछ ? – झापा जिल्लामा
कन्काई नदीको उद्गम स्थान कुन हो ? – महाभारत पर्वत
सुनकोशी नदीको पौराणिक नामके हो ? – शुभश्रवा
महेन्द्रनगर कुन नदीको किनारमा अवस्थित छ ? – महाकाली
मोहना नदीको किनारमा अवस्थित क्षेत्र धनगढी हो भने गमगढी कुन नदीको किनारमा अवस्थित छ ? – मुगु कर्णाली
जोमसोम कालीगण्डकीको किनारमा अवस्थित छ भने चामे स्थान कुन नदीको किनारमा अवस्थित छ ? – नारदखोला
नेपालको प्रसिद्ध ताल ‘रारा’ कुन जिल्लामा अवस्थित छ ? – मुगु
रारा ताललाई कहिलेदेखि महेनद्रताल नामाकरण गरिएको हो ?
– वि.सं. २०२० चैत्र १३ गते
अंग्रेजी अक्षरको थ जस्तो आकारको देखिने शे–फोक्सुण्डो ताल कति उचाइमा अवस्थित छ ? – समुन्द्र सतहदेखि ३९०० मिटर
नेपालको मानव निर्मित तालहरुमध्ये सबैभन्दा ठूलो ताल कुन हो ? – इन्द्रसरोवर ताल
नेपालको मध्यमाञ्चल विकास क्षेत्रमा कति वटा जिल्ला रहेका छन् ? – १९
गोभरगाढा भन्ने स्थान कुन जिल्लामा पर्दछ ? – सप्तरी
वराह क्षेत्र कुन जिल्लामा पर्दछ ? – सुनसरी
मस्र्याङ्दी नदीको उद्गम स्थल कहाँ हो ? – अन्नपूर्ण हिमाल
रारा ताल कति उचाईमा रहेको छ ? – ३२०० मी.
शुक्लाफाँट वन्यजन्तु आरक्ष कुन जिल्लामा पर्दछ ? – कञ्चनपुर
नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा हो भने विश्वको तेस्रो अग्लो हिमाल कुन हो ? – कञ्चनजंघा
नेपालको कुन जिल्लाको सिमाना चारैतिर पानीले छुट्टाइएको छ ? – कैलाली
अमलेखगञ्जको पुरानो नाम के हो ? – भिच्छाखोरी
बढी विमानस्थल भएको जिल्ला कुन हो ? – सोलुखुम्बु
नेपाल पिक ताप्लेजुङमा पर्दछ भने सिहलिला पर्वत कहाँ पर्दछ ? – ताप्लेजुङ
नेपालको प्रमाणिक समय ग्रिनविच समयभन्दा कति छिटो छ ? – ५ घण्टा ४५ मिनेट
नेपालको प्रमाणिक समय गौरीशंकर हिमालको ८६० १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानेर लागू गरिएको हो ? – २०४२ बैशाख १ देखि
शे–फोक्सुण्डो तालको गहिराई ६५० मि. छ भने रारा तालको गहिराई कतिछ ? – १६७
७ कुण्डको जिल्ला रसुवा हो भने ७ तालको जिल्ला कुन हो ? – कास्की
करुवाको लागि पाल्पा प्रख्यात छ भने जुनारको लागि कहाँ प्रख्यात छ ? – सिन्धुली
चिलिमे जलविद्युत आयोजना रसुवामा पर्दछ भने सल्लेरी च्यास्ला जलविद्युत कहाँ पर्दछ ? – सोलुखुम्बु
बाह्र सिङ्गेका लागि प्रसिद्ध वन्युजन्तु आरक्ष कुन हो ? – शुक्ला फाँट वन्यजन्तु आरक्ष
सगरमाथाको शिखरमा सबैभन्दा धेरै पटक पाइला टेक्ने महिला को हुन् ? – ल्हाक्पा शेर्पा
कञ्चनजंघा एफ.एम. कुन जिल्लामा पर्दछ ? – झापा, बिर्तामोड
हिमाली जिल्लाहरुमा सबैभन्दा सानो जिल्ला कुन हो ? – रसुवा
सबैभन्दा बढी पर्यटक आउने राष्ट्रिय निकुञ्ज कुन हो ? – चितवन राष्ट्रिय निकुञ्ज
पाथीभरा हिमाल दोलखा जिल्लामा पर्दछ भने गणेश हिमाल कुन जिल्लामा पर्दछ ? – रसुवा
संयुक्तराष्ट्रसंघीय पार्क कहाँ बनाउने योजना छ ? – शंखमुलदेखि टेकु दोभानसम्म
रुकुम जिल्लाको सदरमुकाम मुसीकोटको पुरानो नाम के हो ? – जुम्ली खलंगा
चुरे पर्वत श्रृंखलाको सबैभन्दा अग्लो टाकुरा कुन जिल्लामा पर्दछ ? – कैलाली
पिरामिड हिमाल कुन हिमश्रृंखलामा पर्दछ ? – कञ्चनजंघा
तिलखुवा झरना कुन जिल्लामा पर्दछ ? – अर्घाखाँची
कुन खनिज पदार्थ कहाँ पाइन्छ ?
– चुनढुंगा– चोभार, धनकुटा, मोरङ, चितवन, तनहुँ, धादिङ, मकवानपुर ।
– स्लेट– वन्दीपुर, वागमती गण्डकी, लुम्बिनी र जनकपुर ।
– पेट्रोल– प्युठान, दैलेख, मुक्तिनाथ, दाङ्ग ।
– मार्वल– गोदावरी र महाभारत पर्वत ।
– सीसा– मकवानपुर, फुलचोकी, वाग्लुङ्ग, माल्कोट, तिप्लिङ्ग ।
– फलाम– फुलचोकी, लब्धीखोला, फर्पिङ, कुलेखानी, भैंसे र ठोसे ।
– अभ्रक– भोजपुर, डोटी, सिन्धुलीगढी, रसुवा, बझाङ ।
– ग्राभेल– वागमती र लुम्विनी क्षेत्र ।
– तामा– बुद्धखोला (तनहुँ), वाप्सा(ओलढुंगा), फिदिम, अर्खौले, म्याग्दी ।
– कोइला– थाकखोला, चतरा, दाङ्ग, सल्यान, मकवानपुर, चितवन ।
– खरी– सिन्धुपाल्चोक, खोटाङ्ग र भोजपुर ।
८,००० मिटर भन्दा अग्ला हिमालहरु कतिवटा रहेकाछन् ? नाम र उचाई लेख्नुहोस् ।
– सगरमाथा– ८८४८ मिटर
– कञ्चनजंघा– ८५८६ मिटर
– ल्होत्से– ८५१६ मिटर
– मकालु– ८४६३ मिटर
– चोयु– ८२०१ मिटर
– धवलागिरी– ८१६७ मिटर
– मनास्लु– ८१६३ मिटर
– अन्नपुर्ण– ८०९१ मिटर
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post