सार्वजनिक सेवा प्रवाहमा सेवा प्रदायकको भूमिका उल्लेख गर्नुहोस् ?

सरकारले सर्वसाधारण जनतालाई उपलब्ध गराउने नागरिकता, पासपोर्ट, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य, सुरक्षा, दैवीप्रकोप उद्धार एवम् राहत लगायतका नियमित, आकस्मिक एवम् विकासात्मक सार्वजनिक सेवा जनताको घरदैलोसम्म पुर्याउने सबै राष्ट्रसेवक कर्मचारी सेवा प्रदायक हुन् ।

सार्वजनिक सेवा प्रवाहलाई व्यवस्थित गर्न सोको नीति तर्जुमा गर्नेदेखि कार्यान्वयन, अनुगमन, पृष्ठपोषण लगायतका सबै तहमा सेवा प्रदायकको भूमिका बहुआयामिक हुने गर्दछ । जसलाई निम्न बुँदाबाट उल्लेख गर्न सकिन्छः
– सरकारको प्रतिनिधिका रूपमा कार्य गरी सार्वजनिक सेवा सुविधा सहज, सुलभ एवम् सरल तरिकाबाट जनताको घर दैलोसम्म पुर्याउने,
– सेवा प्रवाहमा निष्पक्षता कायम गर्ने,
– सेवा प्रवाहको कार्यमा प्रतिवद्ध भएर लाग्ने,
– मितव्ययिता कायम गरेर सेवा प्रवाह गर्ने,
– ऐन नियम कानुन पालना गरेर सेवा प्रवाह गर्ने,
– सेवा प्रवाहमार्फत सरकार र जनताको सम्बन्ध थप सुदृढ गर्न मद्दत गर्ने,
– आधुनिक प्रविधिको प्रयोग गरेर सेवा प्रवाहलाई छिटोछरितो बनाउने,
– तोकिएको लागत र समयभित्र गुणस्तरयुक्त सेवा प्रवाह गर्ने,
– सेवा प्रवाहलाई व्यवस्थित गर्न नागरिक समाज एवम् निजी क्षेत्रसँग समन्वय गर्ने,
– सेवा प्रवाहको अनुगमन र मूल्याङ्कन गरी सेवा प्रवाह कार्यमा थप सुधार गर्ने

Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post