प्रश्नः संवैधानिक निकाय भनेको के हो ? नेपालको संविधानमा उल्लेखित संवैधानिक अंगहरु के के हुन् ? लेख्नुहोस् ।

प्रश्नः संवैधानिक निकाय भनेको के हो ? नेपालको संविधानमा उल्लेखित संवैधानिक अंगहरु के के हुन् ? लेख्नुहोस् ।
उत्तरः
कुनै पनि मुलुकको संविधानमा व्यवस्था गरिएका सरकारका अंग तथा निकायलाई नै संवैधानिक अंग भनिन्छ । जससम्बन्धमा संविधानमा नै विशेष कार्यक्षेत्र, गठन प्रकृया र काम कर्तव्य तथा अधिकारसहित व्यवस्था गरिएको हुन्छ ।
नेपालको संविधान २०७२ को धारा ३०६ अनुसार “संवैधानिक निकाय” भन्नाले यस संविधान बमोजिम गठन गरिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षक, लोकसेवा आयोग, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग,थारू आयोग र मुस्लिम आयोग सम्झनु पर्छ ।
नेपालको संविधान २०७२ मा उल्लेखित संवैधानिक अंगहरुः

  1. अख्तियार दुरुपयोग अनुसन्धान आयोग,
  2. महालेखा परीक्षक, 
  3. लोकसेवा आयोग,
  4. निर्वाचन आयोग,
  5. राष्ट्रिय मानव अधिकार आयोग,
  6. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग,
  7. राष्ट्रिय महिला आयोग,
  8. राष्ट्रिय दलित आयोग,
  9. राष्ट्रिय समावेशी आयोग,
  10. आदिवासी जनजाति आयोग,
  11. मधेशी आयोग,
  12. थारू आयोग
  13. मुस्लिम आयोग

Susmita Paudel

Hi, I'm Susmita Paudel, an administrative officer in Nepal with a positive attitude and a passion for learning. I love sharing knowledge and experiences to inspire and help others grow.

Post a Comment

Previous Post Next Post