↪ सन् २०१८ जुन १४ देखि जुलाई १५ सम्म सञ्चालन हुने प्रतियोगिता अवधिमा ६४ खेल खेलिन्छन् ।
↪ विभिन्न ११ सहरका १२ रङ्गशालामा खेल आयोजना गरिएको,
↪ प्रतियोगितामा ७३६ खेलाडीको सहभागिता रहेको,
↪ कुल पुरस्कार ४० करोड डलर वितरण गरिने
यस प्रतियोगितामा
- प्रथम हुनेलाई तीन करोड ८० लाख,
- उपविजेतालाई दुई करोड ८० लाख,
- तृतीय हुनेलाई दुई करोड ४० लाख,
- चतुर्थ हुनेलाई दुई करोड २० लाख,
- क्वाटरमा पराजित हुनेलाई एक करोड ६० लाख,
- प्रिक्वाटरमा पराजित हुनेलाई एक करोड २० लाख र
- समुह चरणमा हार्नेलाई ८० लाख डलर प्रदान गरिने छ ।
↪ प्रतियोगितामा सहभागि ३२ राष्ट्र :-
- युरोपः रुस, बेल्जियम, जर्मनी, इङ्ल्याण्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्विया, फ्रान्स, पोर्चुगल, स्वीट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क
- एसिया अष्ट्रेलिया : इरान, दक्षिण कोरिया, जापान, साउदी अरेयिबा र अस्ट्रेलिया
- अफ्रिका : नाइजेरिया, इजिप्ट, सेनेगल, ट्युनिसिया र मोरक्को
- उत्तर अमेरिका : मेक्सिको, कोस्टारिका, र पनामा
- दक्षिण अमेरिका : ब्राजिल, उरुग्वे, अर्जेन्टिना, कोलम्विया र पेरु
Tags:
Objective