प्रतापपुर गाउँपालिकाको बसाई र कार्य अनुभव

प्रतापपुर गाउँपालिकाको २ बर्षको बसाई अनि कार्य अनुभव।

सरकारीको सेवाको पहिलो कार्यालयको रूपमा प्रतापपुर गाउँपालिकामा २०७६ पौष ३ गते लोकसेवा आयोग बुटवल कार्यालयबाट प्रशासन सेवाको सहायक पाँचौ पदमा सिफारिश भई म सेवा प्रवेश गरेकी हुँ । आफ्नो सेवाको पहिलो दिन रौनकता, कौतुहलता र संसय मिश्रित मन बोकेर नेपाली र भारतीय गण्डक नहर पार गर्दै प्रतापपुर-९, बेलाटारीमा अवस्थित प्रतापपुर गाउँपालिकाको प्रशासनिक भवनमा गई मेरो गन्तव्य रोकिएको थियो । मलाई रौनकता यसकारण थियो कि प्रतापपुर गाउँपालिका मेरो जागिरको पहिलो कार्यालय थियो । कौतुहलता र संसय यसकारण थियो कि प्रतापपुर गाउँपालिका भारतसँग सीमा जोडिएको, यहाँका भाषा, संस्कृति, रहनसहन, परिवेश, कार्यस्थल लगायत विषय मेरा लागि नौला थिए । 

तत्कालीन प्रशासन शाखा प्रमुख गणेश प्रसाद बि.क.मार्फत प्रमुख प्रशासकीय अधिकृत घनश्याम गाहाले हाजिर गराई नियुक्ति र पदस्थापन गराए पश्चात प्रतापपुर गाउँपालिकासँग आवद्ध हुन पुगिएको थियो। यस अवधिमा गाउँपालिका अध्यक्ष स्व.राजकुमार शर्मा, उपाध्यक्ष अन्जु कुमारी चौधरी, सबै ९ वटै वडाका वडा अध्यक्षहरु,वडा सदस्यहरूले मलाई सौहार्दपूर्ण वातावरणमा कार्य गर्ने अवसर प्रदान गर्नुभएकोमा सम्पुर्णमा एकमुष्ट रुपमा धन्यवाद टक्र्याउन चाहन्छु ।

२ बर्षको बसाईमा तीन जना प्रमुख प्रशासकीय अधिकृतज्यूहरु क्रमशः घनश्याम गाहा, भेषराज खनाल र राम प्रसाद सापकोटाको मार्गदर्शनमा कार्य गर्ने मौका मिल्यो । उहाँहरूको कार्यानुभव र कार्यशैलीले धेरै कुरा सिक्ने अवसर प्राप्त भयो । प्रतापपुर गाउँपालिकाको यस अवधिको बसाईमा जिन्शी ईकाई प्रमुख, राजश्व ईकाई प्रमुख, सामाजिक विकास शाखा प्रमुख र वडा सचिवको रूपमा कार्य अनुभव भयो । विभिन्न शाखा, इकाई र वडा कार्यालयमा रहदा मलाई सहयोग, सहकार्य र समन्वय गर्नुहुने सबैप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।



Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post