चौधौं राष्ट्रिय कफि दिवस २०७५

✍️ नारा 🔊"प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं"
🔊प्रत्येक वर्ष मंसिर १ गते मनाइन्छ।
🔊वि.सं. २०६२ बाट मनाउन थालिएको।
🔊तेह्रौं राष्ट्रिय कफी दिवस २०७४ को नारा👉 ‘आर्थिक समृद्धिका लागि गुणस्तरीय कफी उत्पादन ! सरकारी, निजी र सहकारी क्षेत्रको राष्ट्रिय अभियान !!’
🔊कफिका लागि प्रसिद्ध जिल्ला==>> गुल्मी
🔊बढी कफि उत्पादन हुने जिल्ला==>> स्याङ्जा
🔊प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत कफि सुपर जोन घोषणा भएका जिल्ला==>> गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा
✍️वि.सं. २०७५ मंसिर १ गतेबाट लागु हुने गरी राष्ट्रिय चिया तथा कफि विकास बोर्डले कायम गरेको कफिको मुल्य।।👇
फ्रेस चेरी कफी
✍️ग्रेड A रू ८५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)
✍️ग्रेड B रू ८०।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)
🔊 पार्चमेन्ट कफी
✍️ग्रेड A रू ४२५।- प्रति केजी (अर्गानिक प्रमाणिकरण भएको)
✍️ग्रेड B रू ४१०।- प्रति केजी (अर्गानिक प्रमाणिकरण नभएको)
🔊 ड्राइ चेरी
✍️ग्रेड A रू १४०।- प्रति केजी
✍️ग्रेड B रू १००।- प्रति केजी
✍️ग्रेड C रू ४०।- प्रति केजी
📖बोर्डका अनुसार यो वर्ष ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन भएको छ।
📖हाल नेपालमा कुल २६५० हेक्टर क्षेत्रफलमा कफि खेती गरिदै आइएको छ।
🔊🔊 भन्सार विभागको तथ्यांकअनुसार यो वर्ष रु. ९ करोड ३७ लाख २५ हजार बराबरको ८४.२२ मेट्रिक टन कफी निर्यात हुँदा रु.६ करोड ५८ लाख ९१ हजार बराबरको १६३.३८ मेट्रिक टन कफी आयात भएको छ ।
[गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको छ ]
🔊🔊बोर्डले गरेको अध्ययन अनुसार नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ ।
✓विश्वमा कफिको सुरुवात इथियोपिया बाट भएको हो।
✓सबैभन्दा बढी कफि उत्पादन गर्ने राष्ट्र ब्राजिल हो।
वि.सं. १९९५ मा हिरा गिरिले वर्माबाट बिउ ल्याएर गुल्मी, आपचौरमा कफि रोपि भित्र्याएका हुन् ।
✓नेपालमा अरेबि जातको कफि उत्पादन गरिन्छ।
मध्य पहाडका ४० जिल्लामा कफि खेती गरिदै आइएको छ।
✓नेपालमा वि.सं. २०११ बाट कफि खेती सुरु भएको हो भने ✓वि.सं. २०४२ सालबाट व्यवसायिक कफि खेती सुरुवात भएको हो।
✓रुपन्देहीको मणिग्राममा पहिलो कफी प्रशोधन केन्द्र "नेपाल कफी कम्पनी प्रा.लिं" वि. सं. २०४० मा स्थापना भएको।
वि. सं. २०३२ बाट कफि खेतीलाइ नगदेबालीको रुपमा विस्तार गर्न थालियो।
✓नेपालको कफि सर्वप्रथम निर्यात गरिएको देश नेदरल्यान्ड [आ.व. २०५२/५३] हो।
✓कफिमा पाइने साइकोएक्टिव तत्व क्याफिन हो।
🔊खोज संकलन👉 ©दामोदर घिमिरे©👈
पढौं, सेयर गरौं , यस्तै जानकारीका लागि पेज लाइक गर्न नभुलौं।।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post