सशक्तिकरण

समयअनुसार प्रतिस्पर्धामा सफलता प्राप्त गर्न सक्ने क्षमताको विकास गर्नु नै सशक्तिकरण हो । आफू विचारधारा वा सिद्धान्तमाथि नियन्त्रण हासिल गर्ने प्रक्रिया नै सशक्तिकरण हो, त्यसैले अशक्त वा शक्तिहीनलाई सशक्त तथा सक्षम बनाउनु नै सशक्तिकरण हो ।
श्रोत र साधनमा पहुँच तथा नियन्त्रण गर्न सक्ने क्षमता नै सशक्तिकरण हो । जस्तै महिला सशक्तिकरणको चर्चा गर्दा स्रोतहरूमाथिको नियन्त्रणले महिलाको जीवनमा पार्ने प्रभावलाई सशक्तिकरण भनिन्छ । यसरी समग्रमा उल्लेख गर्नुपर्दा सशक्तिकरण भन्नाले आर्थिक, सामाजिक तथा राजनीतिक पक्षमा सहभागिता पहुँच तथा नियन्त्रण, उपभोग गर्न सक्ने, ज्ञान, सीप  क्षमताको अभिवृद्धि तथा विकास गर्ने भनेर बुझ्न सकिन्छ । आफू विरुद्ध हुने सबै प्रकारका भेदभाव र अन्यायाको अध्ययन अनुसन्धान एवम् विश्लेषण गरी त्यसबाट उत्पन्न समस्याको पहिचान गरी सो समस्या समाधान गर्न आफ्नो योगदान र जिम्मेवारी के हुनुपर्दछ भनि उचित निकाश पत्ता लगाउने र त्यसतर्फ प्रयास गर्ने क्षमताको विकास गर्नु नै सशक्तिकरण हो ।

सशक्तिकरणले मूख्यतया आफ्नो चाहना अभिव्यक्त गर्न सक्ने क्षमताको विकास गर्दछ । साधनमा पहुँच बढाउनुका साथै निर्णय गर्ने क्षमता तथा आत्मविश्वास प्रदान गर्दछ । शसक्तिकरणको अवधारणा अत्यन्त महत्वपूर्ण रहेको छ । प्रायः तेस्रो विश्व  का ग्रामीण समाजमा समान खालका वर्गहरू पाइँदैनन् । विकासका कार्यक्रम सबैलाई भनेर सञ्चालन गरिन्छ । तर हुन्छ के भने सम्पूर्ण रूपमा धनी र शक्तिशाली व्यक्तिले अधिकांश फाइदालाई हत्याएका हुन्छन् । सशक्तीकरणको अवधारणाअन्तर्गत विशेष गरी विविधता भएको समाजका पिछडिएका वर्गहरूलाई ध्यानकेन्द्रित गर्नुसँग सम्बन्धित छ । पिछडिएका तत्वहरू भन्नाले खास गरी महिला, भूमिहीन र सीमान्त जनताका साथै पिछडिएका जाति र जनजातिहरू पर्छन् । त्यस्ता पिछडिएका वर्गहरूलाई योजना, निर्णयप्रक्रिया, कार्यान्वयन र मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी गराउने अवधारणा नै सशक्तीकरण हो ।

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post