सार्वजनिक नीतिलाई परिभाषित गर्दै सार्वजनिक नीति निर्माण प्रक्रिया प्रस्तुत गर्नुहोस्

सार्वजनिक नीतिलाई परिभाषित गर्दै सार्वजनिक नीति निर्माण प्रक्रिया प्रस्तुत गर्नुहोस्  (५+५) = १०
"Policy is the condition of past made by present for future"
सार्वजनिक नीति
- देश र जनताको सर्वांगीण हित र विकासका लागि सरकारले अवलम्बन गर्ने मार्गदर्शनलाई सार्वजनिक नीति भनिन्छ । यो विस्तृत, उद्देश्यमूलक र नतिजामूलक हुन्छ ।
- नागरिकसँग गरिएका प्रतिबद्धता पूरा गर्ने क्रममा सरकारद्वारा लिइएको अठोट वा घोषणा नै सार्वजनिक नीति हो । यो सरकार र नागरिकलाई जोड्ने योजक पनि हो । 
- सार्वजनिक सरोकारका विषयमा सरकारले गरेका निर्णय सार्वजनिक नीति हो । यो अधिकारप्राप्त अधिकारी वा निकायद्वारा औपचारिक रूपमा जारी गरिन्छ ।
 
- देशको मूल कानुन संविधान, ऐन, नियम, निर्देशिका, कार्यविधि, वार्षिक बजेट, योजना र क्षेत्रगत नीतिलाई सार्वजनिक नीति भनेर बुझिन्छ ।
सार्वजनिक नीति निर्माण प्रक्रिया
- नीति तर्जुमा
नीति कार्यान्वयन नीति विश्लेषण
सार्वजनिक नीति निर्माण प्रक्रियाअन्तर्गत राज्य इच्छाको निर्माण, विश्लेषण र कार्यान्वयन गरी तीनवटै विषय पर्दछन् । यी प्रत्येक चरण एक–आपसमा अन्तर्सम्बन्धित र परिपूरक छन् । नीतिको निर्माण नै कार्यान्वयनका लागि हुन्छ भने, विश्लेषण पनि नीति चक्रको एक पक्ष हो । 
(क) सार्वजनिक नीति तर्जुमा
- नीतिको मागलाई पहिचान गरी नीति म्चबात गर्ने कार्य,
- तर्जुमा गरिएको नीति म्चबात लाई निर्णय गर्ने कार्य,
- नीति निर्णयको अगुवाइ राजनीतिले लिन्छ भने सूचना तथ्यांक प्रशासनले उपलब्ध गराउँछ, 
- नीति म्झबलम दबकभ, एबचतष्अष्उबतयचथ हुन्छ,
- नीति तर्जुमा गर्दा आवश्यकता परिपूर्ति हुने, समस्या समाधान हुने र परिवर्तनलाई संस्थागत गर्ने खालको हुनुपर्छ ।
(ख) सार्वजनिक नीति विश्लेषण
- नीतिको प्रभाव र असर विश्लेषण गर्ने कार्य,
- यो नीतिको सबै चक्रमा हुन्छ, यद्यपि, नीति निर्माणपछि र कार्यान्वयन अघि गरिन्छ,
- यसले नीति कार्यान्वयनमा सहजता र गतिशीलता ल्याउँछ,
- यो विशुद्ध व्यावसायिक कार्य भएकाले यसमा विज्ञको सहभागिता रहन्छ,
- हतारमा नीति निर्माण गरी फुर्सदमा कार्यान्वयन गरिने हाम्रो देशमा नीति विश्लेषणले प्राथमिकता पाउन सकेको छैन,
(ग) सार्वजनिक नीति कार्यान्वयन
- नीतिलाई व्यवहारमा रूपान्तरण गर्ने कार्य,
- नीतिको निर्माण नै कार्यान्वयनका लागि भएको हुन्छ,
- प्रशासनको गठन नै नीति कार्यान्वयनका लागि भएको हो,
- राजनीतिले पनि नीति कार्यान्वयनमा आड भरोसा दिने र सहयोग गर्ने कार्य गर्छ,
- नेपालमा राम्रा नीति बन्ने, तर प्रभावकारी कार्यान्वयन नहुने गरेको आरोप लाग्ने गरेको छ
सन्दर्भ सार
‘हिजोको शिक्षा आजको इच्छा र भोलिको प्रतीक्षा’ समेत भनेर चिनिने सार्वजनिक नीति मुलुकलाई दिशानिर्देश गर्ने हुनुपर्छ । त्यसका लागि तथ्यमा आधारित, सहभागितामूलक र राष्ट्रहितमा आधारित नीति तर्जुमा, सोको वैज्ञानिक विश्लेषण र कार्यान्वयन हुनु जरुरी छ । राम्रो नीतिको तर्जुमा र असल नेतृत्वको विकास मुलुकको अहिलेको प्रमुख आवश्यकता हो ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post