लाेकसेवा तयारी : सामान्य ज्ञान

१. ‘डोइङ बिजनेस रिपोर्ट २०१९’अनुसार नेपाल कतिऔँ स्थानमा पर्न सफल भयो ?
- ११० औँ स्थान
(नोट –  गत वर्ष यो रिपोर्टमा नेपाल १०५औँ स्थानमा रहेको थियो । यो रिपोर्ट विश्व बैंकले तयार गर्ने गर्दछ ।)
२. सबै चराहरूको नक्कल गर्न सक्ने चरा कुन हो ?
- काँडे भ्याकुर 
(यो चरा नेपालमा मात्र पाइने चरा हो ।)
३. साउदी पत्रकार जमाल खग्गोसीको हत्या टर्कीस्थित साउदी अरबको कन्सुलेन्ट कार्यालयमा कहिले भयो ?
- २०१८ अक्टोबर २  
(नोट –  यो वर्षको टाइम पर्सन अफ दी इअर खग्गोसी घोषित भएका थिए ।)
४. प्रदेश नम्बर ३ को सरकारले मुद्रा संग्रहालय कहाँ निर्माण गर्ने भएको छ ?
- दोलखा
५. नगर प्रमुखहरूको विश्व संसद् सदस्यमा नेपालका तर्फबाट निर्वाचित नगर प्रमुख को हुन् ?
- वैकुण्ठ न्यौपाने
(नोट –  २०१८ अक्टोबर २१–२३ मा बेलायतमा भएको विश्व संसद् सम्मेलनबाट निर्वाचित न्यौपाने व्यास नगरपालिकाका नगर प्रमुख हुन् ।)
६. नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १६३औँ मुलुक कुन हो ?
- सुरिनाम (२०१८ अक्टोबर ११)
७. प्रसिद्ध धार्मिकस्थल कालिञ्चोक भगवती (दोलखा)मा कहिलेदेखि केबुलकार सञ्चालनमा आयो ?
- २०७५ कात्तिक १७ गते
८. २०७५ सालको सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार कसलाई प्रदान गरियो ?
- राजेन्द्रराज पन्त (गोरखा)
९. कृषि नायक–नायिका पुरस्कार घोषणा गर्ने पहिलो प्रदेश कुन हो ?
- कर्णाली प्रदेश
१०. ओजोन तह पातलिँदै गएको तथ्य पत्ता लगाउने वैज्ञानिक को हुन् ?
- सेरउड रोल्यान्ड
११. सन् २०१८ जनवरी १ देखि २०१९ डिसेम्बर ३१ सम्मका लागि चयन भएका संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का अस्थायी सदस्य राष्ट्रहरू कुन–कुन हुन् ?
- इक्वेटोरियल गिनी, कुवेत, आइभोरी कोस्ट, पोल्यान्ड, पेरु
१२. चर्चित साहित्यिक कृति ‘घनचक्कर’का लेखक को हुन् ?
- सञ्जीव उप्रेती
१३. ‘म बाघको डमरु हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ यो भनाइ कसको हो ?
- अमरसिंह थापा
१४. शाहकालमा सरकारी, कर्मचारीका साथै केही खास कामका लागि नियुक्त कर्मचारीलाई समेत जागिरको रूपमा दिइने जग्गालाई के भनिन्छ ?
- किपट
१५. विश्वमा सर्वप्रथम पुस्तक छाप्ने देश कुन हो ?
चीन
१६. माइकल एन्जेलोले २० वर्ष लगाई निर्माण गरेको बहुचर्चित चित्रको नाम के हो ?
- द लास्ट जजमेन्ट
१७. मुस्ताङका राजाको ग्रीष्मनिवासलाई के भनिन्छ ?
ट्रेकर
१८. बिरालोले थाहा पाउन नसक्ने स्वाद कुन हो ?
- गुलियो
१९. औद्योगिक व्यावसाय ऐन २०७३ कहिलेदेखि कार्यान्वयनमा आयो ? 
२०७३ मंसिर ७
२०. जी २० को १३औँ शिखर सम्मेलन कहाँ सम्पन्न भयो ?
- अर्जेन्टिनाको ब्युनर्स आयर्समा 
(नोट – २०१८ नोभेम्बर ३० देखि डिसेम्बर १ सम्म सम्मेलन सम्पन्न भएको थियो भने आगामी १४औँ शिखर सम्मेलन जापानको टोकियोमा हुँदै छ ।)
२१. बैंक अफ दी इअर २०१८ हुन सफल बैंक कुन हो ?
- एनएमबी बैंक (गत साल पनि एनएमबी नै रहेको थियो ।)
२२. जनआन्दोलन स्वर्णपदक २०७५बाट कसलाई सम्मानित गरियो ?
- मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
(नोट –  गत वर्ष यो स्वर्णपदकबाट पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई सम्मानित गरिएको थियो ।)
२३. युइएफए प्लेयर अफ दी इअर २०१८ हुन सफल खेलाडी को हुन् ?
- लुका मोड्रिक
२४. सडक संरचनाको व्यवस्थित विकासका लागि १० वर्षे प्राथमिक लगानी योजना कहिलेदेखि कहिलेसम्मका लागि कार्यान्वयनमा आएको हो ?
 सन् २००७ – २०१६
२५. नगरपालिकामा गठन हुने स्थानीय राजस्व परामर्श समितिको संयोजक को हुने व्यवस्था रहेको छ ?
- नगरपालिकाको उपप्रमुख
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post