गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु

मिति २०७२\३\२३ गते गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु
• सन् २०१५ जुन ११ देखि जुलाई ४ सम्म चिलीमा सम्पन्न कोपा अमेरिका फुटबल–२०१५ को उपाधि कसले जित्यो ?
- चिली
• राष्ट्रिय सहकारी सङ्घ द्वारा प्रदान गरिएको २०७१ सालको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारबाट सम्मानित हुने संस्था कुन हो ?
- ललितपुरको पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी
• नेपाल अन्तर्राष्ट्रिय टी–ट्वान्टी क्रिकेटको विश्व वरियता क्रममा पहिलोपटक कहिले प्रवेश ग¥यो ?
- सन् २०१५ जुलाई
• असल मित्रले समस्यामा साथ दिन्छन्, असल श्रीमतीले गरिवीमा साथ दिन्छिन्, असल सन्तानले बुढेसकालमा साथ दिन्छन् । भन्ने विचार को हुन ?
- चाणक्य
• नेपाल उद्योग वाणिज्य महासङ्घको वि.सं. २०७२ असार १८ मा राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सम्पन्न विशेष साधारण सभाले अध्यक्ष पदमा कसलाई चयन ग¥यो ?
- पशुपति मुरारका
• श्रम तथा रोजगार मन्त्रालयले वि.सं. २०७२ असार २१ देखि कति मुलुकमा वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि फ्रि भिसा र फ्रि टिकटको नियम लागू गर्ने भएको छ ?
- ७
• अफगानिस्तानको इतिहासमा पहिलोपटक सर्वाेच्च अदालतको न्यायाधीशमा मनोनयन हुने महिला को हुन् ?
- अनिसा रसाउली
• राष्ट्रिपति सर्वाेत्कृष्ट कृषक पुरस्कार (राशि ः रु २ लाख) बाट सम्मानित हुने कृषक को हुन ?
- कालु हमाल
• नेपालमै पहिलोपटक कृषक परिचयपत्र वितरण कुन जिल्लाबाट सुरु गरिएको छ ?
- बागलुङ
• बीपी राजमार्ग अर्थात् बेनेपा–सिन्धुली–बर्दिबास सडक कुन देशको सहयोगमा निर्माण भएको हो ?
- जापान
• व्यासी जातिको मुख्य बसोबास दार्चुलामा रहेको छ भने मुगाली जातिको मुख्य बसोवास कहाँ रहेको छ ?
- मुगु
• न्युयोर्क हड्सन नदीको किनारमा अवस्थित छ भने नयाँ दिल्ली कुन नदीको किनारमा अवस्थित छ ?
- यमुना
• प्रत्येक वर्ष राष्ट्रपतिको निर्वाचन हुने देश कुन हो ?
- स्विजरल्यान्ड
• अफ्रिकाको पश्चिम तटीय क्षेत्रमा बहने वायुलाई के भनी चिचिन्छ ?
- टर्नाडो
1.
• विश्व खेलकुद इतिहासमा सर्वप्रथम कालो कार्ड कहिले दिईएको थियो
- सन् २०१२ मा लन्डनमा सम्पन्न ३० औँ ग्रीष्मकालीन ओलम्पिकमा
• वैदेशिक ऋण (बेल आउट प्याकेज) लिने कि नलिने भन्ने सम्बन्धमा सन् २०१५ जुलाई ५ मा ग्रीसमा सम्पन्न जनमत सङ्ग्रहमा ऋण लिनु हुँदैन भन्ने पक्षमा कति प्रतिशत मत प्राप्त भएको छ ?
- ६० प्रतिशत
• नेपालको सबैभन्दा ठूलो जिल्ला डोल्पा हो भने सबैभन्दा सानो जिल्ला कुन हो ?
- भक्तपुर
• विश्वको सबैभन्दा ठूलो भूपरिवेष्ठित राष्ट्र कुन हो ?
- काजखस्तान
• नेपालमा चियाखेतीको सुरुवात कहिले भएको हो ?
- वि.सं. १९२०
• मल्लकालीन राजा प्रतापमल्लको पालाको १५ भाषामा लिखित शिलालेख कहाँ रहेको छ ?
- हनुमानढोका
• ९९ चोकको दरवार भनी नेपालको कुन दरबारलाई चिनिन्छ ?
- भक्तपुर दरवार
• नेपालको पहिलो कारागार केन्दीय कारागार कहिले स्थापना भएको हो ?
- वि.सं. १९५१ (वीर समशेरको पालामा)
• छालाको मुद्रा प्रचलनमा ल्याउने मल्ल राजा को हुन् ?
- सिद्धीनरसिंह मल्ल
• जेलमा २० वर्ष नामक पुस्तकका लेखकको हुन् ?
- खड्गमान सिंह
• मुस्लिमहरुले दिनमा कतिपटक नमाज गर्छन् ?
- ५ पटक
• नेपालमा ज्यापु दिवस कहिले मनाइन्छ ?
- योमरी पुन्हीका दिन
• नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित भिजन–२००५ को अवधारणा ल्याउने व्यक्ति को हुन् ?
- जापानका ताकासी मियाहारा
• महेन्द्र राजमार्गको सबैभन्दा धेरै भाग नवलपरासी जिल्लामा पर्दछ भने सिर्दाथ राजमार्गको सबैभन्दा धेरै भाग कहाँ पर्दछ ?
- स्याङ्जा
• नेपालको सर्वोच्च विभुषण कुन हो ?
• नेपाल रत्न
• नेपालको अन्तरिम संविधान २०६३ मा कतिवटा संवैधानिक अङ्गको व्यवस्था रहेको छ ?
- ६ वटा
• वि.सं. २०७० श्रावणमा नेपालको कुन ठाउँलाई चमेरा संरक्षण क्षेत्र घोषणा गरिएको छ ?
- देवानढिया, कपिलवस्तु
• भुटानको सबैभन्दा ठूलो जलविद्युत् आयोजना कुन हो ?
- ताला (१०२० मे.वा.)
• मदर टेरेसाको जन्म कहिले र कहाँ भएको थियो ?
- सन् १९१० अगष्ट २६, मेसेडोनिया
• सरकारद्वारा ल्याउन थालिएको नयाँ भुउपयोगसम्बन्धी नीतिमा भूमिलाई कति भागमा वर्गीकरण गरिने उल्लेख छ ?
- १३
2.
बस्तुगत प्रश्नोतरहरु ,प्रस्तुती – मेगेन्द्र न्यौपाने,
• भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?
– वि.सं २०७२ असार १० काठमाडौं
• नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?
– केशवकुमार बिष्ट
• अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ?
– जाहिर अब्बास ( पाकिस्तान )
• सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ?
– वि.सं २०७२ साउन १
• समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ?
– वि.सं २०७२ असार ८
• अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ?
– जून २३
• हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?
– गौतम बुद्ध
• सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ?
– गौतम बुद्ध
• प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ?
– बुच कमिसन २००९
• ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
– रामचन्द्र खनाल
• नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ?
– सन् २०२२
• प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ?
– म्याग्दी
• नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ?
– ३० औं
3.
प्रकाशित बस्तुगत प्रश्नोतरहरु, प्रस्तुती – मेगेन्द्र न्यौपाने
• टर्कीको बोडरुपमा हालै ( सन् २०१५ जुनमा ) सम्पन्न अन्तराष्ट्रिय बाल सौन्दर्य प्रतियोगिता लिटिल मिस एन्ड मिस्टर वल्र्ड २०१५ मा मोस्ट ट्यालेन्टेड र फोटो मोडल अफ दि वल्र्ड अवार्ड गरी दुईवटा उपाधि जित्न सफल नेपाली बालिका को हुन् ?
– दश बर्षीया मेघिका काप्री
• मर्सको संक्रमणबाट हालै कुन देशमा दर्जनौ मानिसको ज्यान गएको छ ?
– दक्षिण कोरिया
• १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
– रुपन्देही – ११
• राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका संस्थापक, एवं पूर्व मन्त्री लावतीको ७६ बर्षको उमेरमा कहिले निधन भयो ?
– वि.सं २०७२ जेठ २५ गते
• हाल विश्वकै ठूलो प्रविधि कम्पनी एवं मूल्यवान ब्रान्ड कुन बनेको छ ?
– एप्पल
• विश्वमा सबैभन्दा पुरानो राष्ट्रिय गान भएको देश कुन हो ?
– जापान
• इतिहास शिरोमणी भनी कसलाई चिनिन्छ ?
– बाबुराम आचार्य
• संवैधानिक परिषदले सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा कसलाई सिफारिस गरेको छ ?
– कल्याण श्रेष्ठ
• क्यान्सर रोगलाई नेपालीमा के नामले चिनिन्छ ?
– अर्बुद रोग
• कुन फलबाट बिजुली निकाल्न सकिन्छ ?
– स्याउ
• राणाकालिन प्रशासनमा परराष्ट्र मामिलासम्बन्धी कार्य कुन निकायले गथ्यो ?
– मुन्सीखाना
• तेह्रौं योजनाका अनुसार देशको सर्वाङ्गिण विकासका लागि पर्याप्त जलविद्युत उत्पादन गरी कहिलेसम्ममा जलविद्युतमा आत्मनिर्भर हुनुका साथै जलविद्युत निर्यात गर्ने दिर्घकालिन सोच रहेको छ ?
– सन् २०२७
• नेपालको कुन धार्मिक स्थललाई हरिहर क्षेत्र भनी चिनिन्छ ?
– देवघाट
• मौलिक हकका सन्दर्भमा नेपालको अन्तरिम संविधान २०६३ ले कस्तो नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निशुल्क रुपमा पाउने व्यवस्था गरेको छ ?
– प्रत्येक नागरिक
• वातावरणका क्षेत्रमा PPP भन्नाले के बुझिन्छ ?
– Popular Pays Principle
4.
गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु,प्रस्तुती – मेगेन्द्र न्यौपाने
• भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्रीसहितका शीर्ष नेता एवं चर्चित कलाकारबीच मैत्रीपूर्ण फुटबल खेल कहिले भयो ?
– वि.सं २०७२ जेठ २३
• सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा निर्वाचित भएका सेप ब्लाटरले एक साता नबित्दै कहिले आफ्नो पदबाट राजिनामा दिए ?
– सन् २०१५ जुन २
• विवेक,साहस,संयम तथा न्याय नै एउटा राम्रो समुदायको मुख्य गुण हो । भन्ने विचारक को हुन् ?
– प्लोटो
• सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हाल ( २०७१ चैत्र ) सम्म सञ्चालन इजाजत लिने एफ.एम रेडियोको संख्या कति पुगेको छ ?
– ६१७
• ब्यास हिमाल कहाँ रहेको छ ?
– दार्चुला
• नेपालको कुन ठाउँमा ज्वालामुखीको चिन्ह पाईएको छ ?
– दैलेख
• द्धितीय विश्वयुद्धका समयमा अमेरिकाले जापानको नागासाकीमा अणुबम कहिले खसालेको थियो ?
– सन् १९४५ सेप्टेम्बर ९
• क्षेत्रफलका हिसाबले दोस्रो ठूलो महादेश कुन हो ?
– अफ्रिका
• द लाईट अफ एसिया भनि कसलाई चिनिन्छ ?
– गौतम बुद्ध
• आधुनिक मनोविज्ञानका प्रवर्तक कसलाई मानिन्छ ?
– सिग्मन्ड फ्रायड
• नेपालको कुन ठाउँमा पहिलो गिद्ध महोत्सव आयोजना गरियो ?
– नवलपरासी
• राष्ट्रिय मानव अधिकार आयोगलाई कुन संविधानमा संवैधानिक अंगका रुपमा व्यवस्था गरिएको हो ?
– नेपालको अन्तरिम संविधान २०६३
• हाइटीमा दुई लाखभन्दा बढी मानिसको ज्यान जाने गरी महाभूकम्प कहिले गयो ?
– सन् २०१० जनवरी १२
• सरकारले समाज सुधारक महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति कहिले घोषणा गरेको हो ?
– वि.सं २०६६ मंसिर १६
• विश्वको प्रथम लिखित संविधान कुन हो ?
– अमेरिकाको संविधान
• विश्वको सबैभन्दा बढी सैन्य शक्ति भएको राष्ट्र कुन हो ?
– चीन
5.
प्रकाशित बाँकी बस्तुगत प्रश्नोतरहरु,प्रस्तुती – मेगेन्द्र न्यौपाने
• इसिमोडको स्थापना कहिले भएको हो ?
– सन् १९८३ डिसेम्बर ५
• १३ औं योजना ( २०७०/७१ देखि २०७२/७३ ) को अन्त्यसम्ममा नेपालीको औसत आयु कति पु¥याउने लक्ष्य रहेको छ ?
– ७१ बर्ष
• नेपालले सर्वप्रथम श्रम सम्झौता गरेको राष्ट्र कुन हो ?
– कतार
• नेपाल विश्व व्यापार संगठनको सदस्यता प्राप्त गर्ने कतिऔं राष्ट्र हो ?
– १४७ औं
• प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गोसाईकुण्ड रसुवामा पर्दछ भने रम्भापानी कहाँ पर्दछ ?
– पाल्पा
• लिच्छविकालमा शासन सञ्चालनको सबैभन्दा तल्लो प्रशासनिक ईकाईलाई के भनिन्थ्यो ? र त्यसको प्रमुखलाई के भनिन्थ्यो ?
– ग्राम, प्रधान
• अर्काले गरेको गल्ती देखेर सिक, आफैंले प्रयोग गरेर सिक्नका लागि तिमीसँग थोरै आयु छ , भन्ने विचार कसको हो ?
– चाणक्य
• सन् २०१५ मे मा विश्वको कुन ठाउँमा अत्याधिक गर्मीका कारण झन्डै २५ सय मानिसको ज्यान गयो ?
– भारत
• हाल तिव्र गतिमा गुड्ने रेल कहाँ निर्माण गरिएको छ ?
– जापान
• नेपाललाई सर्वप्रथम अन्तराष्ट्रिय पदक दिलाउने खेलाडी को हुन् ?
– जितबहादुर के.सी
6.
गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु,प्रस्तुती – मेगेन्द्र न्यौपाने
• सन् २०१५ मे २९ मा फिफाको अध्यक्षमा चयन हुने व्यक्ति को हुन् ?
– सेप ब्लाटर , स्विटजरल्यान्ड
• गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले अस्टेलियाका धनाढ्यको सूचीमा कतिऔ स्थानमा पर्न सफल भएका छन् ?
– ९९ औं
• जापानमा हालै ७.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प कहिले गयो ?
– सन् २०१५ मे ३०
• नेपालको कुन स्थानमा सन् १९९२ मा तत्कालिन राजा जय बर्माको पूर्ण कदको शालिक उत्खनन गरिएको थियो ?
– काठमाडौंको मालीगाउँ क्षेत्र
• जिरेल जातिको मुख्य बसोबास रहेको ठाउँ कहाँ हो ?
– दोलखा,रामेछाप
• अन्तराष्ट्रिय सगरमाथा दिवस कहिले मनाउने गरिन्छ ?
– मे २९
• रु दुई लाख राशीको राष्ट्रिय पत्रकारिता पुरस्कार २०७१ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
– धर्मेन्द्र झा
• नेपालमा २०७२ वैशाख १२ मा आएको विनासकारी भूकम्पपछिको पुननिर्माणको लागि दातृ निकायको सम्मेलन कहिले गरिने भएको छ ?
– वि.सं २०७२ असार १०
• प्रसिद्ध पुस्तक एनिमल फार्मका लेखक को हुन् ?
– जर्ज अवैल
• लिच्छविकालमा प्र्रहरी प्रमुखलाई के भनिन्थ्यो ?
– सर्वदण्डनायक
• प्रथम विश्व महिला सम्मेलन कहिले र कहाँ भएको थियो ?
– सन् १९७५, मेक्सिको
7.
बस्तुगत प्रश्नोतरहरु, प्रस्तुति ‐ मेगेन्द्र न्यौपाने
• मिस नेपाल २०१५ को उपाधि जित्ने युवती को हुन् ?
– इभाना मानन्धर
• आठौं संस्करणको इन्डियन प्रिमियर लिग २०१५ को उपाधि कुन टिमले जित्यो ?
– मुम्बई इन्डियन
• कुराकानी प्रिय होस,बनावटी नहोस्, स्वच्छन्द होस तर अश्लील नहोस,विद्वतापूर्ण होस तर दम्भयुक्त अनौठो होस तर असत्य नहोस भन्ने विद्वान को हुन् ?
– विलियम शेक्सपियर
• विश्वको सबैभन्दा लामो ट्रेकिङ रुट द ग्रेट हिमााालायन ट्रेल ुकन देशमा रहेको छ ?
– नेपाल
• विश्वकै सबैभन्दा उचाईमा हुने एभरेष्ट म्याराथुन कहिलेदेखि शुरु भएको हो ?
– सन् २००३
• जलवायु परिवर्तनको असर न्यूनीकरणको बारेमा जनचेतना जगाउने उद्येश्यले जलाधारमा नै जलवायु भेला कहाँ सम्पन्न भयो ?
– सेतीवेणी,वर्तन
• सन् २०१५ अप्रिलमा प्रकाशित विश्वका खुशी मुलुकको सूचीमा पहिलो स्थानमा पर्ने राष्ट्र कुन हो ?
– स्वीट्जरल्यान्ड
• विश्वको सबैभन्दा होचा पुरुष को हुन् ?
– चन्द्रबहादुर डाँगी
•GATT को सट्टामा जन्मिएको संस्थाको नाम के हो ?
– WTO
• अनुवांशिक सिद्धान्तका पिता भनी कुन वैज्ञानिक चिनिन्छ ?
– ग्रेगर जोन मेण्डल
• कागतीको रसमा कुन एसिड हुन्छ ?
– साईट्रिक एसिड
8.
प्रकाशित बस्तुगत प्रश्नोतरहरु,प्रस्तुति ‐ मेगेन्द्र न्यौपाने
• भगवान गौतम बुद्धको जन्म कहिले भएको थियो ?
‐ इ.पू ५६३
• सन् २०१५ मे ६ मा बल्र्ड इकोनोमिक फोरमले सार्वजनिक गरेको ट्राभल एन्ड टुरिजम कम्पिटेटिभनेस रिपोर्ट २०१५ अनुसार नेपाल कतिऔ स्थानमा रहेको छ ?
‐ १०२ औ
• गोरखाको वारपालाई केन्द्र बनाई ठूलो राष्ट्रिय विपत्ति सिर्जना हुने गरी महाभूकम्प कहिले गयो ?
‐ वि.सं २०७२ वैशाख १२ गते
• भूकम्पीय जोखिमका हिसाबले नेपाल विश्वको कतिऔं स्थानमा रहेको छ ?
‐ ११ औं
• वि.सं २०७२ वैशाख १२ गते शनिवार गएको महाभूकम्पबाट सिर्जित विपद्को व्यवस्थापनका लागि व्यवस्थापिका संसदबाट २७ बुँदे साझा संकल्प प्रस्ताव कहिले पारित गरियो ?
‐ वि.सं २०७२ वैशाख २६ गते
• फोब्र्सद्धारा सन् २०१५ मे मा सार्वजनिक विश्वका धनी क्लबहरुको सूचीअनुसार सबैभन्दा धनी क्लब कुन हो ?
‐ रियल म्याड्रिड
• नेपालको कुन ठाउँमा जैविक विविधता पार्क बनाइने भएको छ ?
‐ पोखरा
9.
G.K
====
• बाउन्न पोखरी त्रिपन्न तालको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
– रुकुम
• नेपालमा स्थापित पहिलो उद्योग कुन हो ?
– रघुपति जुट मिल
• स्वर्गको दरबार नामक कृतिका लेखक को हुन् ?
– शुक्रराज शास्त्री
• नेपालको हालको राष्ट्रिय गानमा कुल कति शब्द र कति अक्षर रहेका छन् ?
– ४६ शब्द र १२८ अक्षर
• कुन राणा प्रधानमन्त्रीको पाला देखि विदेशी बैंकमा रकम जम्मा गर्ने चलन चलेको हो ?
– बीर शमशेर
• युरो १ के सगँ सम्बन्धित रहेको छ ?
– सवारी प्रदुषण मापदण्ड
• जैविक विविधताका हिसाबले नेपाल विश्वमा कति औं स्थानमा पर्दछ ?
– २५ औं
• सगरमाथाको आधार शिविर कालापत्थरमा नेपालको मन्त्रिपरिषदको बैठक कहिले सम्पन्न भएको थियो ?
– वि.सं २०६६ मंसिर १९ गते
• नेपाललाई कहिले छुवाछुत मुक्त राष्ट्रको रुपमा घोषणा गरियो ?
– वि.सं २०६३ जेष्ठ २१ गते
• Long walk to freedom नामक आत्मजीवनी नेल्सन मण्डेलाको हो भने My Experiment with Truth नामक आत्म जीवनी कसको हो ?
– महात्मा गान्धि
• सूर्यलाई हेर्न सकिने यन्त्रलाई के भनिन्छ ?
– हेलिस्कोप
• कमिलाको टोकाईमा मेथनोइक एसिड हुन्छ भने चिलाउने रुखमा कुन एसिड हुन्छ ?
– स्यालिस्यालिक एसिड
• नेपालको पहिलो क्षेत्रिय वाणिज्य बैक कुन हो ?
– लुम्बिनी बैक
• कोशी टप्पु रामसारमा कहिले संलग्न गरियो ?
– सन् १९८७
• सुनको मुद्रा चलनचल्तीमा ल्याउने राजा को हुन् ?
– सदाशिव मल्ल
• बेलायतसगँ नेपालको दैत्यसम्बन्ध कहिले कायम भयो ?
– सन् १९३४ मे १७
• टक्सालमै गल्ति भएको मुद्रालाई के भनिन्छ ?
– फिडो
• छिन्नमस्ता भगवतीको मन्दिर कहाँ पर्दछ?
– सप्तरी जिल्ला
11.
• जलवायु सम्बन्धी २० औं सम्मेलन कहाँ हुने भएको छ ?
– पेरु
• बेलायतमा नेपाली दुतावास कुन प्रधानमन्त्रीको पालामा खोलिएको हो ?
– जुद्द शमशेर
• गौरीशंकर द्दार कहाँ पर्दछ ?
– नारायणहिटी
• नेपालका कुन भुतपूर्व प्रधानमन्त्रीले मदनपुरस्कार प्राप्त गर्नु भएको थियो ?
– लोकेन्द्र बहादुर चन्द
• पहिलो ICC २०–२० विश्वकप क्रिकेट प्रतियोगिता कहिले भएको थियो ?
– सन् २००७
• वृह्तर नेपाल कति किलोमिटर सम्म विस्तार भएको थियो ?
– १५०० कि.मी
• नेपालमा भुकम्प मापन केन्द्रको स्थापना कुन देशको सहयोगमा भएको हो ?
– फ्रान्स
• पशुपतिनाथका पाँच मुख मध्ये सद्दोजात शब्दले कुन दिशाको मुखलाई जनाउँछ ?
– पश्चिम
• जैविक विविधताका दृष्टिले नेपाल विश्वका देशहरुमा कति औं स्थानमा पर्दछ ?
– २५ औं
12.
• त्रिपुरासुन्दरी माई बैतडीमा पर्दछ भने दुःखकी मुक्तिदाता देवी नरिझोवा मन्दिर कुन जिल्लामा पर्दछ ?
- मुस्ताङ
.• नेपालको राष्ट्रिय गान ‘सयौँ थुंगा......’मा कति शब्दहरु छन् ?
- ४६ वटा
.• नेपाल र चीनबीच नेपालमा चिनियाँ पर्यटकको भ्रमण खुला गराउने समझदारी पत्रमा कहिले हस्ताक्षर भएको हो ?
- सन् २००० अप्रिल १५मा
.• चिनियाँ पर्यटकहरुले औपचारिकरुपमा नेपाल भ्रमण कहिलेदेखि गर्न थालेका हुन् ?
- सन् २००२ देखि
. • सन् २०१० मा नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकले दैनिक सरदर कति अमेरिकी डलर खर्च गर्छन् ?
- ८० अमेरिकी डलर (अन्य देशका पर्यटकले धने ४३ डलर मात्र खर्च गर्छन्)
. • टाउको नघुमाई पछाडि रहेको बस्तु देख्न सक्ने पक्षी ‘सुगा’ हो भने जनावर कुन हो ?
- खरायो
• संसारमा सबैभन्दा धेरै हुलाक कार्यालय कुन देशमा रहेको छ ?
- भारत
• संसारमा सबैभन्दा धेरै चिठीपत्र आदानप्रदान गर्ने देश कुन हो ?
- संयुक्त राज्य अमेरिका
13.
• युरोपको खेल मैदान भनिने देश कुन हो ?
– स्विटजरल्याण्ड
• तीनतिरबाट नदीले सिमान छुट्याएको जिल्ला कुन हो ?
– ओखलढुङ्गा
• विश्वको पहिलो महिला राष्ट्रपति को हुन ?
– इसावेल पेरो (अर्जेन्टिना)
• नेपालमा पहिलोपटक संविधानसभाको निर्वाचन कहिले सम्पन्न भयो ?
– वि.सं. २०६४।१२।२८
• लिम्बु भाषाको लिपिलाई के भनिन्छ ?
– सिरिजंगा
• कोइलीदेवीको वास्तविक नाम के हो ?
– पानतरा क्षेत्री
• नेपाल विश्व व्यापार संगठन ९ध्ज्इ० को कति औँ सदस्य राष्ट्र हो ?
– १४७ औँ
• मध्य पहाडी लोकमार्गले कतिवटा जिल्लालाई छुन्छ ?
– २४ वटा
• विज्ञानका पिता भनेर कुन बैज्ञानिकलाई चिनिन्छ ?
– माइकल फाराडे
• संयुक्त राष्ट्र संघिय विश्व विद्यालय कहाँ रहेको छ ?
– जापान
14.
• नेपालमा छापिएको पहिलो पत्रिका कुन हो ?
– सुधा सागर
• लुम्बिनी दिवस कहिले मनाईन्छ ?
– वैशाख पूर्णिमा
• साकेला पर्व कुन जातिमा प्रचलित छ ?
– राई
• अमेरिकीका प्रथम राष्ट्रपति को हुन् ?
– जर्ज वासिङ्टन
• सन् २०१५ को ओस्कार अर्वाड प्राप्त गर्न सफल चलचित्र कुन हो ?
– बर्ड म्यान
• सार्कका हालका महासचिव को हुन् ?
– अर्जुन बहादुर थापा
• प्रयोगात्मक विज्ञानका पिता भनेर कुन वैज्ञानिकलाई चिनिन्छ ?
– आर्किमिडिस
• लोक्ताको जिल्ला भनेर कुन जिल्लालाई चिनिन्छ ?
– बाग्लुङ
• जैविक विविधताको दृष्टिले संसारको सबैभन्दा धनी देश कुन हो ?
– इन्डोनेसिया
• म्यागासेसे पुरस्कार प्राप्त गर्ने पहिलो नेपाली को हुन् ?
– महेशचन्द्र रेग्मी
15.
बस्तुगत प्रश्नोतरहरु , प्रस्तुति – मेगेन्द्र न्यौपाने
• नेपालमा बन दशक कहिले मनाईने भएको छ ?
– वि.सं २०७१ देखि २०८०
• हाल विश्वकै सबैभन्दा होचा व्यक्ति को हुन् ?
– चन्द्रबहादुर डाँगी
• कम्प्युटर प्रणालीमा Software भित्र के पर्दछ ?
– कम्प्युटर program
• नेपालमा तिब्र गतिको बायर लेस इन्टरनेट सेवाको सुरुवात कहिलेदेखि भएको हो ?
– वि.सं २०६९ कार्तिक २७
• नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज कुन हो ?
– शे – फोक्सुन्डो राष्ट्रिय निकुञ्ज
• नेपालमा कतिवटा शिकार आरक्ष रहेका छन् ?
– एक
• रुप्से झरना कहाँ पर्दछ ?
– म्याग्दी
• विश्व सम्पदा सूचीमा परेका नेपालका सम्पदा कतिवटा छन् ?
– दश
• जापानको हिरोसिमा र नागासाकीमा अमेरिकाले कहिले अणुबम खसालेको थियो ?
– हिरोसिमामा छ अगस्ट १९४५ र ३ दिनपछि नागासाकीमा
• प्राचिन मिश्रका राजा को थिए ?
– जुलियस सिजर
• जैन धर्मका प्रवर्तक महावीरको खास नाम के हो ?
– महाबीर बर्दमान
• म्याग्नाकार्टा कहिले जारी भएको हो ?
– सन् १२१५
• माधवी कसले लेखेको कुन विधाको रचना हो ?
– मदनमणि दिक्षीतको उपन्यास
16.
मिति २०७२ वैशाख २ गते बुधबार गोरखापत्रमा प्रकाशित बस्तुगत प्रश्नोतरहरु ,
प्रस्तुति – मेगेन्द्र न्यौपाने
• सिनियर राष्टिय पुरुष र महिला टिम तथा टि ट्वान्टी क्रिकेट च्याम्यिन सीपको प्रायोजक बनी नेपाली खेलकुदमा किर्तिमानी प्रायोजन गर्ने संस्था कुन बनेको छ ?
– नेपाली टेलिकम
• नई चन्द्रधन पुरस्कार २०७१ कसलाई प्रदान गरियो ?
– प्रा.डा. विणा पौडेल
• स्पेन स्थित विजनेस इनीसीएटीभ डाईरेक्सनको इन्टरनेसनल आर्क अफ युरोप ( गोल्ड क्याटागोरी ) अवार्ड २०१५ कसलाई प्रदान गरियो ?
– जलविद्युत लगानी तथा विकास कम्पनी
• सरकारले काठमाडौं उपत्यकालाई कहिलेदेखि पोलिथिन झोलामुक्त शहरका रुपमा घोषित गरेको छ ?
– वि.सं २०७२ वैशाख १
• जीवनको दुःखद पक्ष के हो भने हामी चाडैँ बुढो हुन्छौं, समझदार ढिला भन्ने बिचारक को हुन्छ ?
– बेन्जामिन फ्रयांकलिन
• गैरआवासीय नेपाली संघ – एनआरएन ) को सातौं विश्व सम्मेलन कहिले हुने भएको छ ?
– सन् २०१५ अक्टोबर १४ देखि १७
• महालेखा परीक्षकको कार्यालयको ५२ औं प्रतिवेदनअनुसार आर्थिक बर्ष २०७०\७१ मा अघिल्लो बर्षको तुलनामा बर्षको तुलनामा बेरुजु कति प्रतिशत बढेको छ ?
– १२.३५ प्रतिशत
• संगठनरुपी शक्ति अनुशासित भयो भने ठूलठूला काम गर्न सकिन्छ । भन्ने विचारक को हुन ?
– विवेकानन्द
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०७१ कसलाई प्रदान गर्यो ?
– डा. ताराप्रसाद पौडेल
• मकैको खेती नामक पुस्तक कसले लेखेका हुन् ?
– कृष्णलाल
• बाग्लुङ जिल्लाको क्षेत्र नं १ मा उपनिर्वाचन कहिले सम्पन्न भयो ?
– वि.सं २०७१ चैत्र २८
• कृषि तथा बन विज्ञान विश्वविद्यालयले देशमा पहिलो विज्ञान केन्द्र कहाँ स्थापना गर्ने भएको छ ?
– दामन , मकवानपुर
• वि.सं २०७१ मा आदिवासी राष्ट्रगौरव पुरस्कार कसलाई प्रदान गरियो ?
– डा. हर्क गुरुङ र इमानसिंह चेम्जोङ
x
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post