१६ अाैं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)

१६ अाैं काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ)मा उज्यालाे मल्टिमिडियाद्वारा निर्मित वृत्तचित्र  ‘मरिसकेको मान्छे’ले किम्फ नेपाल पानाेरमा बेस्ट डकुमेन्टरी अवार्ड जित्न सफल भएकाे छ ।
यस वृत्तचित्रलार्इ विद्या चापागार्इं र कमल कुमारले निर्देशन गर्नुभएकाे हाे । किम्फ नेपाल पानाेरमा बेस्ट डकुमेन्टरी अवार्डकाे पुरस्कार राशी ७५ हजार रुपैयाँ रहे‍काे छ ।
'मरिसकेको मान्छे' मरे भनेर काजकिरिया भैसकेका तर जिउँदै फर्केका र बाँचे भनेर आश गरिएका मानिस पहिले नै मरेको मानिसहरुको कथामा अाधारित वृत्तचित्र हो ।
पूर्वको मोरङ र पश्चिमको बाग्लुङका अपरिचित दुई परिवारलाई साउदीमा भएको एक सडक दुर्घटनाले एकै ठाउँमा भेटाउँछ । दुर्घटनामा एक परिवारले आफन्त गुमाउँछन् । तर लास साटि‌‌दा दुवै परिवारले आफन्त गुमाउनुको पीडा भोग्नुपर्छ । मरिसकेको भनेका मानिस जिउँदै फर्किन्छन् भने जिउँदै छन् भनेका मानिसको आफन्तले लास समेत देख्न पाउँदैनन् । आफन्त गुमाउँदाको पीडा र मरिसकेको मानिस फेरि फर्किएर आउँदाको खुसी यो वृतचित्रकाे मुख्य कथावस्तु हाे। 
महोत्सवको यस संस्करणकाे थिम नारीकेन्द्रित थियाे भने यस संस्करणकाे ट्यागलाइन  (विमिन मुभ माउन्टेन्स) रहेकाे थियाे ।
त्यसैगरी इसिमोड बेस्ट माउन्टेन फिल्म अवार्ड निर्देशक मुन्मुन धलारियाकाे भारतको हिमान्चलको दैनिकीमा अाधारित एन अनसर्टेन विण्टरले जित्याे भने प्रसुना डङ्गोलको डोल्पो डायरीले १ हजार अमेरिकी डलर राशीकाे बेस्ट इन्भेन्सन माउन्टेन फिल्म अवार्ड हात पार्याे ।
१ हजार अमेरिकी डलर राशीकाे नेपाल पानारोमा बेस्ट फिक्सन अवार्ड अविनाश विक्रम शेर्पाकाे टट्टिनीले प्राप्त गरेकाे छ भने अशिन पौडेलकाे द ग्रेट मुखियाले नेपाल पानारोमा जुरी मेन्सन अवार्ड हात पारेकाे छ ।
अन्तर्राष्ट्रिय तर्फ अफगानिस्तानकी सारा मनीकाे अ थाउजेन्ड गर्ल्स लाइक मि ले पहिलाे पुरस्कार प्राप्त गरेकाे छ जसकाे राशी १ हजार ५ सय अमेरिकी डलर छ ।
यसै विधामा भुटानका अरुण भट्टराई र डोरोत्यो जुर्बोकाे द नेक्स्ट गार्जियनले दाेस्राे हुँदै १ हजार डलर प्राप्त गरेकाे छ भने  फिनल्यान्डका निकोलस कुलस्टोर्म, मार्तिन कार्तिनेनकाे इस्टर्न मेमोरिजले तेस्राे हुँदै ५ सय अमेरिकी डलर जितेकाे छ ।
५० हजार रुपैयाँ राशीकाे अडियन्स च्वाइस अवार्ड भने नेपालका शेनाङ्ग ग्याम्जो तामाङकाे सुपर मोन्कले जितेकाे छ ।
महाेत्सवमा विद्या चापागाईंकाे माउण्टेन गार्डसले किम्फ डक ल्याब पिच २०१८ जित्दै नयाँ प्रोजेक्टका लागि बृटिस काउन्सिलबाट २ लाख रुपैयाँ प्राप्त गरेकाे छ ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post