२०१८ का बिर्सन नहुने विश्व-घटनाहरु

सन् २०१८ भएका थुप्रै घटनाहरुका कारण यो इतिहासमा अविष्मरणीय वर्षका रुपमा दर्ज हुन सफल रह्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरका नेताहरु माझ मचाएको कोकोहोलोदेखि इण्डोनेसियामा वर्षको अन्तिम महिना आएको सुनामीसम्मका कारण यो अंग्रेजी वर्षलाई धेरैले आफ्नो सुविधा अनुसार याद गर्ने छन् ।
विश्व राजनीतिमा अमेरिका र चीनबीचको व्यापार युद्ध, रुस र बेलायतबीच नोकझोक, पाकिस्तान र भारतबीचको पुरानै झगडा, यूरोपीयन यूनियनबाट बेलायत बाहिरिने विषय र उत्तर कोरियाली नेता किम अनि सिरियाली युद्धका बारे चर्चा भए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको भेटवार्ता, उत्तर र दक्षिणी कोरियाली नेताहरुको मिलन, पत्रकार जमाल खसोग्गीको हत्या, चिनियाँ वैज्ञानिकले जीन सम्पादन गरेर बच्चा जन्माएको दाबी, विश्वको सबैभन्दा लामो र अग्लो मूर्तिको उद्धघाटनले पनि यो वर्ष चर्चा पाए। रुसको सैन्य प्रर्दशनदेखि दुई पूर्व रुसी कुटनीतिज्ञमाथि बेलायतमा गरिएको हमलाले रुसमाथि धेरै प्रतिबन्धहरु पनि थपिए।

प्राकृतिक प्रकोप र आतांककारी हमलाबाट यो वर्ष पनि मुक्त हुन सकेन। सन् २०१८ लाई बिदा गर्नुअघि वर्षमा भएका प्रमुख घटनाहरुलाई संक्षिप्तिकरण गर्ने प्रयास गरिएको छ।

मीटू
महिलामाथि भएको यौन दुर्व्यवहारका साथै शारीरिक र मानिसक शोषणको विषयलाई लिएर उठेको आवाज सन् २०१८ मा जोडका साथ उठ्यो। जनवरी १ तारिखका दिन हलिउडका करिब ३ सय महिलाहरुले ‘टाइम्स अप’भन्दै दशकौँ अगाडि देखिको यौन दुर्व्यवहारको विषयलाई लिएर आवाज उठाए। अभियान अन्तर्गत जनवारी ११ तारिखका दिन चीनको बेइजिङस्थित बेइहाङ विश्वविद्यालयका एक प्रोफेसर माथि यौन दुर्व्यवहारको आरोप लाग्यो।

सन् २००४ मा एक महिलामाथि गरेको यौन दुर्व्यवहारका कारण सेम्टेम्बर २५ तारिखका दिन हलिउडका कमेडियन कलाकार बिल कोस्बीलाई तीनदेखि १० वर्षसम्मको जेल सजाय तोकियो। सिएनएनले हलिउड स्टार मोर्गेन फ्रिमेनले धेरै महिलाहरुलाई यौन दुर्व्यवहार गरेको कुराको पर्दाफास समेत गरिदियो।

भारतीय विदेश राज्यमन्त्री एमजे अकबरले गरेका यौन हिंसाका घटना पनि मीटू अभियान अन्तर्गत सार्वजनिक भयो। उनले पदबाट राजिनामा दिनुपर्‍यो। भारतका धेरै मिडिया हाउसहरुमा यसको आवाज उठ्यो। कतिले माफी मागे त कतिले राजिनामा दिए। नेपालमा यो अभियान खासै प्रभावकारी भएन। काठमाडौं महानगरापालिकाका पूर्व मेयर एवं प्रदेश नम्बरका ३ मा मन्त्री पदबाट हटाइएका केशव स्थापितलाई पनि यौन दुर्व्यवहारको आरोप लाग्यो।

बेलायती राजपरिवार
मिडिया र सामाजिक सञ्जालमा बेलायती राजपरिवारको यो वर्षको सुरुवात देखि नै चर्चा भयो। फेब्रूअरी २० तारिखका दिन बेलायती महारानी एलिजाबेथ लन्डन फेसन सप्ताहमा अचानक देखा परिन्। यो विषय धेरै भाइरल बन्यो। अप्रिल २० तारिखका दिन कमन वेल्थ राष्ट्रहरुले एलिजाबेथपछि राष्ट्रप्रमुखको जिम्मेवारी प्रिन्स चार्ल्स लाई दिने निर्णय गर्‍यो।


बेलायती राजपिरवार अर्को कारण पनि चर्चामा आयो। त्यो थियो प्रिन्स ह्यारी र मेघन मार्केलको बिहे। मे १९ तारिखका दिन अमेरिकी कलाकार मेघन मार्केलसँग बेलायती राजकुमार प्रिन्स ह्यारीको विवाह भयो। महारानी एलिजाबेथले ह्यारी र मार्केललाई सोही दिन ड्यूक र डचेस अफ सक्सेसको उपाधि प्रदान गरेकी थिइन्।

व्यपार युद्ध
अमेरिका र चीनबीच यो वर्ष व्यापार युद्ध सुरु भएर केही साम्य अवस्थामा रहेको छ। मार्च १ तारिखका दिन अमेरिकी राष्ट्रपति डानाल्ड ट्रम्पले अयातित स्टिलमा २५ प्रतिशत र अल्मनियममा १० प्रतिशत कर बढाउने निर्णय लिए। मार्च ८ तारिख उनले करको प्रतिशत वृद्धि गरिदिए। २२ तारिखमा उनले ६० बिलियन डलर बराबरको चिनियाँ सामान आयत गर्दा लाग्ने कर बढाइदिए। यसले व्यपार युद्धको प्रारम्भ गरिदियो।


अमेरिकाले सेप्टेम्बर १७ मा ६० बिलियनबाट बढाएर दुईसय बिलियन बराबरको चिनियाँ सामानमा कर लगाउने निर्णय लियो। सेप्टेम्बर १८ ताखिरका दिन चीनले ६० बिलियन अमेरिकी सामानाहरुमा अतिरिक्त कर लगाइदियो। व्यापार युद्धमा अमेरिका चीनसँग हार्ने विश्लेषणहरु आउन थाले। वर्षको अन्तिम महिना डिसेम्बर २ तारिखका दिन अर्जेन्टिनामा भएको जी–२० सम्मेलनमा अमेरिका र चीनले व्यापार युद्धलाई साम्य गर्ने सहमति गरे।

पूर्व रुसी गुप्तचरमाथि आक्रमण र ध्रुवीकृत विश्व
मार्च ४ तारिखका दिन पूर्वरुसी गुप्तचर सर्गेई स्क्रिपाल र उनकी २२ वर्षीया छोरी युलियामाथि स्नायू प्रणालीमा असर पार्ने विषालु ग्यास हमाला भयो। हमालाको विरोध गर्दै मार्च १४ मा बेलायतले २३ जना रुसी कूटनीतिज्ञत्रहरुलाई देश निकाला गर्‍यो। यसको विरोधमा अमेरिका, यूरोपीयन यूनियन र युक्रेनले सयजनाभन्दा बढी रुसी कूटनीतिज्ञहरुलाई देश निकाला गरे।

उत्तर र दक्षिण कोरियाको मिलन
जनवरीबाट सुरु भएको दुईदेशबीचको मिलनको सम्बन्ध पुरै वर्ष कायम नै रह्यो। मार्चमा ५ मा उत्तरी कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियाका उच्च अधिकारीहरुसँग प्योङयोङमा भेटवार्ता गरे। खुसीयालीमा उनले रात्रीभोज दिए।


अप्रिलमा ऐतिहासिक कोरिया शिखर सम्मेलन भयो। उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले कोरियाली युद्ध अन्त्यको घोषणा गरे। दुवैले कोरियाली प्रायद्विपलाई आणविक हतियार मुक्त बनाउने घोषणा गरे।

शक्तिशाली बन्दै सी जिनपिङ
चिनियाँ कम्युनिष्ट पार्टीको ऐतिहासिक सम्मेलनले राष्ट्रपति सी जिनपिङको विचारधारालाई अनुमोदन गर्दै राष्ट्रपति हुने म्यादलाई नै हटाइदियो। राष्ट्रपतिको कार्यकालको सीमा नै तोकिएन। जीवनभर राष्ट्रपति बन्न पाउने गरी सीका लागि विधान संशोधन नै भयो।

स्टेफन हकिंग्सको निधन
यो वर्ष २१ शताब्दीकै चर्चित वैज्ञानिक, शोधकर्ता एवं विचारक स्टेफन हकिंग्सको मार्च १४ तारिखका दिन निधन भयो। ब्ल्याक होल पत्ता लगाएका वैज्ञानिक हकिंग्सको निधन खगोल शास्त्रका अध्यताका लागि ठूलो क्षति हो।

फेसबुक विवाद
क्याम्ब्रिज एनालाटीकाको विषयलाई लिएर फेसबुकका संस्थापक मार्क जुगरबर्गले अमेरिकाको संसदीय सुनुवाई समिति, बेलायतको संसद र यूरोपेली संसदमा उपस्थित हुनुपर्‍यो। फेसबुकमााथि विभिन्न प्रश्नहरु तेर्साइयो। उनले सुनुवाईका क्रममा माफीसमेत मागे। गत सेप्टेम्बरमा करिब ५ करोड फेसबुक एकाउन्टहरु ह्याक भएको रिपोर्ट आएपछि अहिले पनि फेसबुकबारे विभिन्न टिप्पणीहरु भइरहेको छ। कतिपयले फेसबुक संकटमा परेको समेत भने।


अमेरिकी संसदीय सुनावाईका क्रममा मार्च २१ तारिखका दिन जुगरबर्गले गल्ती भएको स्वीकार्दै करोडौं प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण चोरिएको स्वीकारे।

पुटिन, मार्केल र हसीनाको कार्यकाल थप
यो वर्ष रुसी राष्ट्रपति भलादमिर पुटिन ७६ प्रतिशत बहुमत ल्याउँदै चौथो कार्यकालका लागि राष्ट्रपति पदमा निर्वाचित भए। मार्च १८ मा भएको चुनावले पुटिनको ६ वर्षे कार्यकाल थप गरिदियो। मे ७ गते पुटिनले सपथ लिए।

यस्तै जर्मन चान्सलर एन्जेला मार्केल पनि चाथौ कार्याकालका लागि चान्सलरमा निर्वाचित भइन्। आम चुनाव भएको एक सय ७१ दिनपछि उनी गठबन्धनको तर्फबाट चान्सलरमा निर्वाचित भएकी हुन्। अक्टोबर २९ तारिखका दिन जर्मन चान्सलर एन्जेला मार्केलले सन् २०२१ देखि पार्टी नेतृत्व र सत्तामा नरहेने घोषणा गरिन्। यस्तै नयाँ वर्षको पूर्व सन्ध्या बंगलादेशकी प्रधानमन्त्री शेख हसीनाको पार्टीले पनि लगातार तेस्रो पटक आम निर्वाचनमा भारी बहुमतले विजयी भयो।

बहुमत प्राप्त भएसँगै लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हसीनाको सत्तारोहण सुनिश्चित भएको छ।

जिनपिङ र किमको भेटवार्ता
सत्तामा आएपछि उत्तर कोरियाली नेता किमजोङ उन पहिलोपटक विदेश भ्रमणमा निस्किए। उनले यसको सुरुवात चीनबाट गरे। रेल यात्रा गरेर उनले मार्च २५ तारिखका दिन चीन भ्रमण गरे। २८ गते उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। उनी भेटवार्ता गरेर कोरिया फर्किएपछि मात्रै उनको भ्रमण बारे मिडियालाई जानकारी दिइएको थियो।

इरानसँगको अणविक सम्झौताबाट अमेरिका बाहिरियो
सन् २०१५ मा इरानसँग विश्वका शक्ति राष्ट्रहरु बेलायत, फ्रान्स, अमेरिका, रुस र चीनले आणविक सम्झौता गरेका थिए। ट्रम्पले मार्च ८ मा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको घोषणा गरे। यसले ठूलो हलचल ल्यायो।

मलेसियाको चुनाव
मे महिनामा मलेसियामा आम–चुनाव भयो। महाथिर बिन मोहम्मदको पार्टीले भारी बहमुतसहित चुनाव जित्यो। प्रधानमन्त्री नाजिव रजाकको पार्टीले नराम्रोसँग हार ब्यहोर्‍यो। ९२ वर्षीय मोहम्मदले मे १० तारिखमा ७ औँ प्रधानमन्त्रीको रुपमा सपथ लिए। जुलाईमा रजाक भ्रष्टाचार अभियोगमाा पक्राउ परे।

किम–ट्रम्प भेटवार्ता
जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किमजोङ उनबीच भेटवार्ता भयो। सिंगापुरमा भएको उक्त शिखर वार्ता ऐतिहासिक रह्यो। १२ जुनमा भएको उक्त वार्तामा उत्तरले आफ्नो आणविक कार्यक्रम बन्द गर्ने सहमति जनायो। शिखर वार्ताका क्रममा किमको सुरक्षार्थ खटिएका बडिगार्डहरुको धेरै चर्चा भएको थियो।


विश्वकप फुटबल
जुन १४ देखि जुलई १५ सम्म ऐतिहास २१ औँ विश्वकप फुटबल रुसमा सम्पन्न भयो। प्रत्येक ४ वर्षमा हुने विश्वकप फुटबल प्रतियोगिता उक्त संस्करणलाई पश्चिमेलीहरुले रुसमा भएको रुचाएका थिएनन्। रुसले उक्त प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेर इतिहास रच्यो। विश्वका करिब आधा मानिसहरुले विभिन्न माध्यमबाट प्रतियोगिता हेरेका थिए। प्रतियोगितामा पहिलोपटक भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग पनि गरियो थियो। प्रतियोगिताको विजेता फ्रान्स बन्यो भने उपविजेतमा क्रोएसिया बन्यो।



थाइल्याण्डको गुफामा फसेकाको उद्धार
२३ जुनदेखि हराइरहेका थाइलेन्डका १२ जना विद्यार्थी र उनीहरुको एकजना कोचलाई जुलाई २ तारिखका दिन उद्धार दलले थाइल्याण्डको उत्तरी प्रान्तको चियाङराई गुफामा फेला पारे। १० जुलाईका दिन उनीहरु सबैको उद्धार भयो। उनीहरुको उद्धारका लागि १० हजार मानिस, सय जना उद्धारकर्ता, सयवटा सरकारी संस्था, ९ सय पुली, २ हजार सेना, १० वटा हेलिकप्टर, ७ वटा एम्बुलेन्स र ७ सय ग्यास सिलिन्डर प्रयोग भएका थिए। उनीहरुको उद्धारका क्रममा खटिएका एकजना उद्धारकर्ताको ज्यान समेत गएको थियो।

पाकिस्तानको निर्वाचन : इमरानको उदय
जुलाई १३ तारिख पाकिस्तानको बुलिचस्तानमा निर्वाचन अभियानलाई लक्षित गरी आक्रमण भयो। आक्रमणमा परी १ सय २८ जनाको मृत्यु भयो। इस्लामिक स्टेटले उक्त घटनाको जिम्मेवारी लियो। जुलाई २५ मा पाकिस्तानका पूर्व क्रिकेटर इमरान खानले धेरै मतले चुनाव जिते। उनको दलले बहुमत हासिल गर्‍यो अगस्ट २८ तारिखमा उनले पाकिस्तानको २२ औँ प्रधानमन्त्रीको रुपमा सपथ लिए।

डिसेम्बर २४ मा पाकिस्तानका पूर्व प्रधानमन्त्री नजाव सरिफलाई भ्रष्टचारको मुद्दामा अदालतले ७ वर्षको जेल सजाय सुनायो।

रुसको सैन्य अभ्यास
सेप्टेम्बरमा रुसले अहिलेसम्मकै सबैभन्दा ठूलो सैन्य अभ्यास गर्‍यो। सेप्टेम्बर ११ मा उसले शीतयुद्ध पछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास प्रदर्शन गरेको थियो। चिनियाँ सेनाको समेत सहभागीता भएको उक्त सैन्य अभ्यासमा ३ लाख सैनिक सहभागी थिए।

पत्रकार जमाल खसोग्गीको हत्या
अक्टोबरमा पत्रकार जमाल खसोग्गीको हत्याले विश्व राजनीतिमा तरंग ल्याइदियो। अक्टोबर २ तारिखका दिन पत्रकार खसोग्गी इस्तानबुलस्थित साउदी काउन्सुलेट अफिसमा छिरेपछि त्यहाँबाट कहिल्यै बाहिर निस्केनन्। उनको हत्या भएको आंशका गरियो।


नोभेम्बर १६ मा अमेरिकी गुप्तचर संस्था सीआईएले साउदी राजकुमारको निर्देशनमा पत्रकार जमाल खसोग्गीको हत्या भएको निष्कर्ष निकाल्यो। राष्ट्रपति डोनाल्ड ट्रम्पले सीआईएको रिर्पोटलाई अपरिपक्व रहेको दाबी गरे। उनले साउदी विरुद्ध कुनै कडा कदम चालेनन्। टर्कीले साउदीको उच्च अधिकारीहरुको निर्देशनमा पत्रकार खसोग्गीको हत्या भएको बताए। विभिन्न मुलुकहरुका पत्रकारहरुले सीसीटिभीको फुटेज सार्वजनिक गर्न माग गरे। खसाोग्गी हत्या रहस्मय बन्यो। हत्यारा अझै पत्ता लागेको छैन।

श्रीलंकामा राजनीति संकट
अक्टोबरमा श्रीलंका राजनीतिक संकटका कारण चर्चामा रह्यो। राष्ट्रपति मैत्रीपाल सिरीसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गर्दै दुई हप्ताका लागि संसद स्थगित गरिदिए। विक्रमासिंघेको स्थानमा राष्ट्रपति सिरीसेनाले विपक्षी नेता महेन्द्र राजपेक्षलाई प्रधानमन्त्रीलाई नियुक्त गरे। त्यसको विरोधमा सर्वोच्च अदालतमा मुद्दा पर्‍यो। राजपाक्षेको नियुक्तलाई सर्वोच्चले असंबैधानिक भनिदियो। उनको नियुक्ती खारेज भयो। राजपाक्षेले राजिनामा दिए। पुन: सिरीसेनाले विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरे।

अन्तरिक्ष सेना निर्माण घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिसेम्बरमा सिरिया र अफगनास्तानबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणा गरे। वर्षको अन्त्यतिर ट्रम्पले अचानक इराक भ्रमण पनि गरे। जुन १८ मा उनले अमेरिकी सेनाको छठौं दस्ताको रुपमा अन्तरिक्ष सेनाको आवश्यकता देखे। उनले अन्तरिक्षको सुरक्षाका लागि अन्तरिक्ष सेनाको आवश्यकता रहेको औंल्याउदै सेना निर्माणको घोषणा गरेका छन्।

अन्य केही रोचक घटनाहरु
  • चिनियाँ वैज्ञानिकहरुले जनवरी २३ तारिखका दुईवटा बाँदर क्लोन गरेर जन्मिएको बताए। ‘डली’ नामक भेडालाई क्लोन गर्न प्रयोग गरिएको प्रविधिबाटै क्लोन गरिएको चिनियाँ वैज्ञानिकहरुले बताएका थिए।
  • इलोन मस्कको कम्पनी स्पेस एक्सले विश्वको साबैभन्दा शक्तिशाली ‘फाल्कोन ह्याभी’रकेटको प्रक्षेपण गर्‍यो।
  • फेब्रुअरीमा बंगालदेशको एक अदालतले पूर्व प्रधानमन्त्री खलिदा जियालाई भ्रष्टचार अभियोगमा ५ वर्षको जेल सजाय सुनायो।
  • मार्च १२ मा यूएस बंग्लाको विमान काठमाडौंमा दुर्घटना हुँदा ५१ जनाको ज्यान गयो।
  • मार्च १९ मा ‘नर्दन राइनो’ प्रजातिको अन्तिम भाले गैंडाको निधन भयो।
  • अप्रिलमा साउदीले ३५ वर्षपछि पहिलो व्यवसायिक चलचित्र सिनेमा हलमा देखायो।
  • अप्रिल मै क्यूबाको नयाँ राष्ट्रपतिा मुगेल डियास क्यानेल निर्वाचित भए। राउल क्यास्ट्रोपछि उनी राष्ट्रपति बने।
  • अप्रिलमा अफगानस्तानको काबूलमा भएको दुईवटा आत्माघाती आक्रमणमा परी ३६ जनाको मृत्यु भयो। जसमा ९ जना पत्रकार थिए।
  • मे २८ तारिखका दिन कोकाकोलाले आफ्नो पहिलो मदिरा लेमन–डूको लन्च जापानमा गर्‍यो।
  • जुनमा विश्वको सबैभन्दा शक्तिशाली सपुरकम्प्युटरको प्रदर्शनी भयो। एक सेकेन्टमा करिब दुई सय हजार ट्रिलियन क्यालकुसेन गर्ने उक्त कम्पयुटर ओक रिज राष्ट्रिय प्रयोशालामा प्रदर्शनी गरिएको थियो।
  • क्यानडाको सिनेटले गाँजाको प्रयोगलाई वैधानिकता दिए।
  • जुलाईमा २१ औँ शताब्दीको सबैभन्दा लामो ब्लड मुन ग्रहण लाग्यो।
  • अगस्टमा अमेरिकी कम्पनी एप्पल १ ट्रिलियन डलर कम्पनीको भएको इतिहास रच्यो।
  • इन्डोनेसियामा आएको ६ दशमलव ९ म्याग्निच्युटको भूकम्पमा परी ४ सय ६० जनाको मृत्यु भयो। तीन लाख ४० हजार जना विस्थापित बने।
  • मनसुनी वर्षाका कारण भारतको केराला राज्यमा ३ सय ५० जनाको मृत्यु भयो।
  • अगस्टमा भारतको चन्द्रयानले चन्द्रमामा वाटर आइस भएको पत्ता लगायो।
  • संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नाको अगस्ट १८ मा निधन भयो।
  • सेप्टेम्बरमा विश्वको सबैभन्दा पुरानो मध्येको एक ब्राजिलको प्राकृतिक विज्ञान संग्राहलयमा आगलागी हुँदा दुई करोड नमुनाहरु नष्ट भए।
  • अक्टोबर १ मा अमेरिका, क्यानडा र मेक्सिकोबीच नयाँ व्यपार सम्झौता भयो।
  • हङकङ र मकाउलाई जोड्ने विश्वकै सबैभन्दा लामो पुलको उद्धघाटन चिनियाँ राष्ट्रपतिले अक्टोबरमा गरे।
  • गुजरातमा भारतले सरदार बल्लाभाइ पटेलको सबैभन्दा अग्लो मूर्तिको उद्धघाटन गर्‍यो।
  • नोभेम्बरमा नासाको सोलार प्रोभ सौर्यमण्डलमा प्रवेश गर्ने दोस्रो मानव निर्मित वस्तु बन्यो।
  • नोभेम्बरमा तेलमा भएको मूल्यवृद्धिको विरोधमा फ्रान्समा ठूलो प्रदर्शन भयो।
  • नोभेम्बरमा नासाको इन्साइट ल्याण्डर ७ महिना लामो यात्रापछि मार्स ग्रहमा टेक्यो।
  • नोभेम्बर महिनामै चिनियाँ वैज्ञानिकले जीन सम्पादन गरी बच्चा जन्माएको दाबी गरे।
  • ब्राजिलमा पाठेघर ट्रान्सप्लान्ट गरिएकी महिलाले पहिलो पटक बच्चा जन्माइन्।
  • इन्डोनेसियामा भएको ज्वालामुखी विष्फोटनका कारण आएको सुनामीका कारण दुईसय भन्दा बढीले ज्यान गुमाए।
एजेन्सीको सहयोगमा
तस्बिरहरु : राेयटर्स
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post