संयुक्त राष्ट्र संघ र आवद्ध संस्थाहरूको नेपालको शासन व्यवस्थामा के कस्तो प्रभाव (सकारात्मक/नकारात्मक ) रहेको पाउनुहुन्छ ? नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय संस्था तथा वैदेशिक सहयोग बारेमा उल्लेख गर्नुहोस ।

सन् १९४५ अक्टुवर २४मा स्थापित संयुक्त राष्ट्र« संघमा नेपाल सन् १९५५डिसेम्बर १४मा प्रबेश गरे पश्चात बिभिन्न सहयोगसहकार्य हुन थालेको हो । हाल संयुक्त राष्ट्र संघीय आर्थिक तथा सामाजिक कार्यक्रमहरू UNO अन्तरगतका बिशिष्टिकृत संस्थाहरू मार्फत संचालन भएका छन् । UNO र बिशिष्टिकृत संस्थाहरूको नेपालको शासन ब्यवस्थामा परेको प्रभावलाई सकारात्मक र नकारात्मक दुवै पक्षवाट हेर्न सकिन्छ । सकारात्मक प्रभावः
**    UNO 
ले अन्तराष्ट्रिय शान्ति स्थापनामा खेलेको महत्वपूर्ण भूमीकाबाट नेपालले लाभ लिएको छ । बिकसित तथा बलिया राष्ट्र«ले शासनमा गर्न सक्ने प्रत्यक्ष आक्रमणबाट जोगाएको छ ।
**    
आन्तरिक द्वन्द समाधान÷ब्यवस्थापनमा सहयोग प्राप्त भएको छ । जस्तो अनमिनको सहयोग ।
**    
नागरिक अधिकार,मौलिक हक र मानवाधिकारका पक्षमा आवाज उठाउने गरेको छ ।
**    
अन्तराष्ट्रिय सन्धि सम्झौताको पालनामा कुनै अवरोध भएमा अन्तराष्ट्रिय न्यायालय मार्फत न्याय दिलाउने कार्य गरेको छ ।
**    
आर्थिक सामाजिक बिकासका लागि UNDP, World Bank, IDA आदि संस्था मार्फत कार्य गरिरहेको छ । नकारात्मक प्रभावः
**    
अनावश्यक दवावको सिर्जना गराएको छ ।
**    
शक्ति राष्ट्रकै आडमा बिकास गतिबिधि संचालन गरिएको आरोप लाग्ने गरेको छ ।
**    
बिकसित देशको तुलनामा नेपाल जस्ता बिकासशील देशलाई हेर्ने दृष्ट्रिकोण फरक रहेको जनगुनासो छ ।
**    
नेपालको आफ्नो प्राथमिकता र आवश्यकतामा नभै UNO को आफ्नै प्राथमिकतामा कार्यसंचालन गरेको आरोप लाग्ने गरेको छ । नेपालको शान्ति स्थापनामा अन्तर्राष्ट्रिय निकाय तथा विदेशी राष्ट्रहरूको सहयोग:
ऐतिहासिक समय देखि नै नेपालको आन्तरिक मामलामा पनि विदेशी राष्ट्र« तथा अन्तर्राष्ट्रिय निकायद्वारा सहयोग हुँदै आएको पाईन्छ । मल्लकालशाहकालमा तत्कालिन शासनको विरुद्धमा अंग्रेजी फौज (किनलक मिसन जस्ता) आउनु) ।
**    
पछिल्लो सम्मको शान्ति प्रक्रियामा अनमिनको सहयोग उल्लेखनिय रहेको,
**    
हतियार व्यवस्थापनमा र आम निर्वाचनमा विभिन्न देशहरूको सहयोग प्राप्त भएको,
**    
नेपालको बिकास प्रक्रियामा सहयोग,
**    
बिभिन्न मानवीय सहयोगहरू प्राप्त भएका छन् । अन्तमा,
द्वितीय बिश्वयुद्ध पश्चात आगामी दिनमा यस्तो भयावह स्थिति आउन नदिन र अन्तराष्ट्रिय शान्ति र स्थायित्व कायम गर्नका लागि स्थापित संस्था संयुक्त राष्ट्रसंघको बिश्वब्यापि महत्वबाट नेपाल पनि उत्तिकै लाभान्वित भएको छ । शासन संचालनको क्रममा आइपर्ने अप्ठेरोमा सहयोग मात्र नभै नागरिक अधिकारको रक्षाका लागि सरकारलाई दिशानिर्देश गर्ने कार्य समेत संयुक्त राष्ट्रसंघले गर्दै आएको छ । पछिल्लो समयमा अनमिनले नेपालको शान्ति स्थापनामा गरेको सहयोगबाट ग्ल् प्रति नेपाली जनमानसमा थप बिश्वास र श्रद्धाभाव जागृत भएको पाइन्छ ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post