राजनीतिशास्त्र एकाइ ५ नेपालको संबैधानिक र राजनीतिक विकास

नेपालको संवैधानिक र राजनैतिक विकास
संविधान अर्थ आवश्‍यकता र प्रकार:
·         संविधान देशको मुल कानून हो । यस संग बाझिएको हदसम्म अन्य कानून बदर भागी हुन्छ ।
·         राष्‍ट्रको स्वतन्त्रतासमानता र न्यायको आधारशिला संविधानबाट निर्धारित हुन्छ ।
·         संविधानले राज्यमा विद्यमान सार्वभौमसक्ता वा राज्यशक्तीको प्रयोग गर्ने विधि निर्माण गर्छ ।
·         संविधानले सरकारको स्वरुप निर्धारण गर्दै राज्यको काम कार्वाहीलाई वैद्यता प्रदान गर्छ ।
·         संविधान शब्दको सर्वप्रथम प्रयोग बेलायतमा भयो ।
·         बेलायतमा क्रमिक विकासबाट संविधानको निर्माण भएको मानिन्छ ।
·         भारत र अमेरिकामा संविधान सभाबाट संविधान बनेको हो ।
·         डायसी-" संविधान कानूनको त्यो समूहलाई भनिन्छ जसले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपबाट राज्यको सर्वोच्चसत्ताको शक्तिको वितरण र प्रयोगको तरिका निश्‍चित गर्दछ" ।
·         अरस्तु-"संविधान जिवनको बाटो होजसको छनौट राज्य आफैले गर्दछ ।
·         फ्रान्समा राज्यक्रान्ती भन्दा अघि राजा तथा पादरीहरुको पारस्परिक सम्बन्धी निर्धारण गर्ने राज नियमलाई राजा हेनरी द्वतीयले संविधान मान्दथे ।
संविधानको आवश्‍यकता:
i)                    राष्‍ट्रिय एकता समृद्ध बनाउन
ii)                  जन अधिकारको सुनिश्‍चितता गर्न
iii)                शक्ति पृथ्वीकरण एवम् शक्ति सन्तुलनको व्यवस्था गर्न ।
iv)                राष्‍ट्रको राजनैतिक आर्थिक र भौगोलिक स्वरुप निर्धारण गर्न ।
v)                  समाजका हरेक पक्षलाई राज्यको मुल प्रवाहमा समावेश गराउन ।
संविधानका प्रकार:
संविधानलाई मुलत: देहाय बमोजिम ६ आधारमा वर्गिकरण गर्न सकिन्छ ।
१)      संविधानका प्रकृति अनुसार
२)      राज्यको प्रकृति अनुसार
३)      व्यवस्थापिकाको प्रकृति अनुसार
४)      कार्यपालिकाको प्रकृति अनुसार
५)      न्यायपालिकाको प्रकृति अनुसार
६)      राज्य प्रमुख प्रकृति अनुसार
संविधानको प्रकृति अनुसार संविधानलाई लिखित या अलिखित कठोर या लचिलो र निर्मित या विकसित ३ प्रकारमा विभाजन गर्न सकिन्छ ।
क)   लिखित या अलिखित संविधान- कुनै १ अभिलेखमा लेखबद्ध भएको संविधानलाई लिखित संविधान र लेखबद्ध नभएको संविधानलाई अलिखित संविधान भनिन्छ ।
·         बेलायतको संविधान अलिखित हो भने भारतको संविधान विश्‍वको सबैभन्दा लामो लिखित संविधान र अमेरिकाको विश्‍वको सबैभन्दा संक्षिप्‍त लिखित संविधान हो ।
·         अलिखित संविधान भएको मुलुकको प्रशासनिक कार्य संचालन प्रथापरम्परान्यायलयको निर्णय, संसदको निर्णयअधिकारपत्रघोषणापत्र धार्मिक ग्रन्थ अनुसार चल्ने गर्दछ ।
ख)   कठोर या लचिलो संविधान
·         संविधान संशोधन गर्ने प्रक्रिया सरल छ भने नरम या लचिलो संविधानजटिल छ भे कठोर संविधान ।
·         संसारको अधिकांश मुलुकहरुमा कठोर संविधान पाईन्छ ।
·         विश्‍वमा सबैभन्दा कठोर संविधान भएको देश अमेरिका र नरम संविधान भएको देश बेलायत हो ।
·         नेपालको संविधानलाई २ तिहाई बहुमतले माग संशोधन हुने हुँदा न त कठोर न त लचिलो मिश्रित प्रकृतिको मान्न सकिन्छ ।
ग)    निर्मित र विकसित संविधान
·         निश्‍चित तिथि मितिमा संविधान निर्माण गर्ने अङ्ग द्वारा बनाइएको वा घोषणा गरिएको संविधान निर्मित संविधान हो भने समयानुकुल आफै विकसित भएको संविधानलाई विकसित संविधान भनिन्छ ।
·         विश्‍वमा अधिकांश मुलुकमा निर्मित संविधान पाईन्छ भने बेलायतको संविधान विकसित संविधान हो ।
असल संविधानका विशेषताहरु:
·         संविधान स्पष्‍ट रुपमा किटेर लेखिएको हुनुपर्छ ।
·         राज्य व्यवस्थाका महत्वपुर्ण कुराहरु पूर्व उल्लेख गर्नु पर्छ ।
·         संविधान संक्षिप्‍त हुनु पर्छ ।
·         संविधानमा राज्यका अंगहरुमौलिकअधिकारराज्यका निति तथा सिद्धान्त अनिवार्य उल्लेख गर्नुपर्छ ।
·         संविधान समाजका सबै वर्गको हित र संरक्षण र सम्बोधन हुनु पर्छ ।
·         संविधान मिश्रित प्रणालीको अर्थात न त कठोर न त लचिलो हुनु पर्दछ ।
·         संविधान प्रजातान्त्रिक हुनु पर्दछ ।
·         संविधानमा प्रयोग भएका शब्दहरु सबैले बुझ्ने हुनुपर्दछ ।
·         अलिखित संविधानलाई विकसित संविधान पनि मानिन्छ ।
·         कठोर संविधान राष्‍ट्रिय संकट वा गृहयुद्ध भएमा मात्र संशोधन हुन्छ ।
·         विकासोन्मुख मुलुकहरुमा विकसित संविधान उपयुक्त मानिन्छ ।
·         संसद द्वारा पारित कुनैपनि कानूनलाई अदालतले रद्द गर्न नसक्ने देश बेलायत हो ।
·         थोमस पेन- " जहाँ देखाउन सक्ने गरी संविधान सामुन्ने ल्याउन सकिन्न त्यहाँ संविधान नै छैन्" ।
·         पिटर द सल्टर – म्याग्नाकाटीपेटेल्स अफ राइट र बिल अफ राइट्स (Bill of rights)बेलायती संविधानका बाइबल हुन् ।
नेपालको संवैधानिक विकासक्रम:
क)   नेपाल सरकार वैधानिक कानून २००४ सन् १९४७ मा भारतिय स्वतन्त्रता संग्रामको पृष्‍ठभूमीमा २००४ माघ १३ गते पद्म शम्सेर द्वारा "म राष्ट्रको नोकर हूँ" उब उप्रान्त नेपालको शासन व्यवस्था नेपाली जनताले चाहे अनुसार हुनेछ भनी घोषणा गरेकोमा संविधान निर्माणका लागि भारतिय संविधान विद श्री प्रकाश शर्माको नेतृत्वमा डा.रामउग्र सिंह र रधुनाथ सिंह द्वारा निर्मित
·         २००५ वैशाख १ देखि लागू हुने भनी घोषणा भएकोमा लागू नै भएन ।
·         नेपालको प्रथम लिखित संविधानको रुपमा स्थापित
·         ६ भाग ६८ धारा र १ अनुसूचीमा विभक्त
·         भारदारी सभाको व्यवस्था जसमा श्री ३ बाट मनोनित ३० जना हुने व्यवस्था
·         प्रधान न्यायलयको व्यवस्था
·         दुई सदनात्मक व्यवस्थापिकाको व्यवस्था
यस संविधानका विशेषताहरु :
१)      श्री ३ बाट निमन्त्रित र सर्वाधिकार श्री ३ मा
२)      कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको व्यवस्था
३)      संकटकालिन अधिकार श्री ३ मा
४)      दर्खास्त परिषदको व्यवस्था
५)      मौलिकहकको व्यवस्था
६)      स्थानिय निकायको व्यवस्था
७)      निशुल्क अनिवार्य प्राथमिक शिक्षाको व्यवस्था
८)      महालेखा परीक्षाको व्यवस्था
ख)   नेपालको अन्तरिम संविधान विद्यान २००७
·         २००७ फाल्गुन ७ गते राजा त्रिभुवन द्वारा जारी
·         २००७ चैत्र २९ गते देशभरि लागू
·         ७ भाग ७४ धारा ४ परिच्छेदको व्यवस्था
·         संविधान मस्यौदा समितिका अध्यक्ष श्री ३ मोहन शम्सेर
·         कार्यकारिणी अधिकार श्री ५ र मन्त्रीमण्डलमा निहित ।
·         नेपालको दोस्रो संविधान
·         ६ पटक सम्म संशोधन
यस संविधानका विशेषताहरु:
१)      काम चलाउ संविधान
२)      कार्यान्वयनमा आएको पहिलो संविधान
३)      सल्लाहकार सभाको व्यवस्था
४)      प्रधान न्यायलय महालेखा परिक्षकलोकसेवा आयोग र पहिलो पटक निर्वाचन आयोगको व्यवस्था
५)      छोटो संविधान
६)      मौलिकहकको व्यवस्था
७)      पहिलोपटक राज्यको निर्देशक सिद्धान्तको व्यवस्था
८)      कार्यपालिका श्री ५ प्रति उत्तरदायी हुने व्यवस्था
ग)    नेपाल अधिराज्यको संविधान २०१५
·         राजाद्वारा जनतालाई दिएको पहिलो संविधान
·         मस्यौदा समितिका अध्यक्ष भगवती प्रसाद सिंह
·         अमेरिकी संविधानविद सर् आईभर जेनिडासको सहयोग
·         २०१५ फाल्गुन १ मा घोषणा
·         २०१६ असार १६ गते देशभर लागू
·         श्री ५ महेन्द्र द्वारा घोषणा
·         १० भाग ७७ धारा ६ अनुसूचीमा विभक्त
·         कार्यकारिणी अधिकार श्री ५ मा निहित
·         नेपालको तेस्रो संविधान कार्यान्वयनमा आएको दोस्रो संविधान

संविधानका विशेषताहरु:
१)      नेपाल एक अखण्ड अविभाज्य सार्वभौमसत्ता सम्पन्न हिन्दु राजतन्त्रात्मक अधिराज्यमा स्थापित ।
२)      देवनागरि लिपीको नेपाली भाषालाई राष्‍ट्रिय भाषाको मान्यता ।
३)      संविधान देशको मुल कानूनको रुपमा स्थापित
४)      सरकारको अगहरुको स्पष्‍ट किटान
५)      मौलिक हकको थप व्यवस्था
६)      महालेखा परिक्षकलोकसेवा आयोगर निर्वाचन आयोगको निरन्तरता ।
७)      प्रतिनिधी सभाको सदस्यको नेतृत्वमा मन्त्रीमण्डलको गठन हुने व्यवस्था ।
घ)    नेपालको संविधान २०१९
ऋषिकेश साहको अध्यक्षतामा २०१९ वैशाख २६ गते गठित संविधान निर्माण समितिको सिफारिसमा राजा महेन्द्रद्वारा प्रजातान्त्रीक पद्धति विपरीत पञ्चायती व्यवस्थाको शुरुवात गर्न २०१९ पौष १ गते जारी
·         दलमाथि प्रतिबन्ध
·         संकटकालिन घोषणाशाही सेनाको परमाधिपति राजा हुने र प्रधान सेनापतिको नियुक्ति राजाबाट हुने व्यवस्था ।
·         २० भाग ९७ धारा र ६ अनूसुचीको व्यवस्था
·         सर्वोच्च निकाय राजा हुने व्यवस्था
·         ३ पटक संशोधन
यस संविधानका विशेषताहरु:
१.      निर्दलीय पञ्चायती व्यवस्था लागु गर्ने संविधान
२.      सर्वोच्च अदालतलाई असाधारण अधिकार प्रदान
३.      जन्मसिद्ध र अङिगकृत २ प्रकारको नागरिकताको व्यवस्था
४.      पञ्चायत सहितको स्थानिय निकायको व्यवस्था
५.      बालिग मताधिकारको व्यवस्था
६.      एक सदनात्मक व्यवस्थापिका
७.      पहिलोपटक अख्तियार दुरुपयोग निवारण आयोगको व्यवस्था
ङ)     नेपाल अधिराज्यको संविधान २०४७
विश्‍वनाथ उपाध्यायको अध्यक्षतामा गठित ९ सदस्यीय संविधान सुझाव आयोगले २०४७ भाद्र २५ गते राजा समक्ष मस्यौदा पेश गरी २०४७ कार्त्तिक २३ गते जारी संविधान
·         पञ्चायती व्यवस्थाको अन्त्य गरी बहुदलीय व्यवस्थाको पुनरस्थापना ।
·         २३ भाग १३३ धारा र ३ अनुसूचीमा विभक्त
यस संविधानका विशेषताहरु:
१.      सार्वभौमसत्ता नेपाली जनतामा निहित
२.      संवैधानिक राजतन्त्रबहुदलीय संसदीय प्रणालीको व्यवस्था
३.      संवैधानिक सर्वोच्चता
४.      मानव अधिकार र मौलिक अधिकारको वृहत व्यवस्था
५.      सवैधानिक परिषदको व्यवस्था
६.      बेलायती शासन प्रणालीमा आधारित संविधान
७.      विभिन्न संवैधानिक अंगको व्यवस्था
नेपाल अधिराज्यको संविधान २०४७ मा उल्लेखि मौलिकहरु:
समानताको हक:
Ø  स्वतन्त्रताको हक
Ø  छापाखाना र पत्रपत्रिका सम्बन्धीहक
Ø  फौजदारी न्याय सम्बन्धी हक
Ø  निवारक नजरबन्द विरुद्धको हक
Ø  सूचनाको हक
Ø  सम्पत्तीको हक
Ø  शिक्षा तथा संस्कृति सम्बन्धी हक
Ø  धर्म सम्बन्धी हक
Ø  शोषण विरुद्धको हक
Ø  देश निकाला विरुद्धको हक
Ø  गोपनियताको हक
Ø  संवैधानिक उपचारको हक
च)    नेपालको अन्तरिम संविधान २०६३
Ø  लक्ष्मण प्रसाद अर्यालको अध्यक्षातामा गठित संविधान मस्यौदा समितीको सिफारिस बमोजिम २०६३ माघ १ मा जारी
Ø  २५ भाग १६७ धारा र ४ अनुसूचीमा विभक्त
Ø  २०६२-०६३ को जनआन्दोलन र नेकपा माओवादी र नेकपा माओवादीको १० वर्षे जनयुद्धको संयुक्त प्रयासबाट जारी
Ø  एक सदनात्मक व्यवस्थापिकाको व्यवस्था
Ø  वृहत मौलिकहको व्यवस्था
Ø  नेपालको सार्वभैमसत्ता एवम् राजकीयसत्ता नेपाली जनतामा निहित
Ø  पहिलो पटक राष्‍ट्रिय मानव अधिकार आयोगलाई संवैधानिक अंगको रुपमा स्थापित

राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना
२००७ सालको क्रान्ती
·         नेपालमा वि.स. १९०३ मा कोतपर्वको माध्यमबाट जंग बहादुर राणाको उदय भएपछि १०४ वर्ष राणा शासनको शुरुवात भयो ।
·         वि.स. २००४ सालमा राणा शासन विरुद्ध संगठित रुपमा क्रान्तिको शुरुवात भयो ।
·         २००३ मा स्थापित नेपाली राष्‍ट्रिय कांग्रेस र २००५ मा स्थापित नेपाल प्रजातान्त्रिक कांग्रेस वि.सऔ २००ट चैत्र २० गते एकिकरण भएपछि २००७ सालको क्रान्ति शुरु भएको मानिन्छ ।
·         २००७ साल कार्तिक २१ गते बैरगनिय सम्मेलनले समेत राणा विरोधी शसस्त्र आन्दोलन गर्ने निर्णय गर्‍यो भने सोही मितिबाट क्रान्तिको शुरुवात भयो ।
·         राजा त्रिभुवन राणा र नेपाली कांग्रेस बिच दिल्लमा त्रिपक्षीय सम्झौता भएपछि २००७ फाल्गुन ७ गते प्रजातन्त्रको घोषणा भई राणा शासनको विधिवत अन्त्य भयो ।
२००७ सालको क्रान्तीको कारण
क)   राजनीतिक कारण-
·         हुकुमी शासनमा आधारित राणा शासन
·         राणा शक्ति सम्पन्न र राजा शक्तिहिन बन्नु
·         दरबारीयामा षडयन्त्र
·         राणाहरुकै बीच A, B  C श्रेणी विभाजन
·         शासन भ्रष्‍ट हुनु
·         जनअधिकारको तिरस्कार गर्नु
·         राजनैतिक संगठन खोल्न छुट नहुनु
ख)   आर्थिक कारण:
·         देशको सम्पूर्ण आम्दानी र ढुकुटी राणा प्रधानमन्त्रीको निजी सम्पति रहनु
·         विकासका गतिविधि ठप्प हुनु
·         खेतीयोग्य भुमिहरु राणाको तजबिजीमा असमान वितरण गरिनु
·         बिना श्रमको मूल्यमा जनतालाई काम लगाउनु
·         पूर्वाधार विकासमा वेवास्ता गरिनु
ग)    सामाजिक कारण :
·         माथिल्लो वर्ग र तल्लो वर्गमा ठूलो सामाजिक विभेद
·         धर्मको नाममा शासकको हित बाँध्ने परम्परा
·         सामाजिक कुरीतिहरुको व्यापकता
घ)    अन्तर्राष्‍ट्रिय कारण
·         श्री ५ त्रिभुवनको क्रान्तीकारीहरुलाई नैतिक समर्थन रहनु ।
·         तिब्बतमाथि चिनको बर्चस्व
·         भारत स्वतन्त्र बन्नु र बेलायतको राणाहरुलाई सहयोग नहुनु
·         चिनमा साम्यवादी सरकार गठन हुनु र राणाहरुलाई सहयोग नहुनु
·         चेतनाको स्तरमा अभिवृद्धि र राजनितिक दलको सक्रियता
·         २००७ फाल्गुन ८ गते प्रजातन्त्रको घोषणा भएपछि मोहन शम्सेरको प्रधानमन्त्रीतत्वमा १० सदस्यीय मन्त्रीमण्डलको गठन भयो ।
·         २००८ मंसिर १ गते मात्रिका प्रसाद कोइरालाको नेतृत्वमा सरकार गठन भयो ।
·         २००८ माघ ड गते डा. के.आई सिंहले दरबार कब्जा गरे ।
·         २०११ पौष २६ गते नेपाली कांग्रेसले सत्याग्रह आन्दोलन शुरु गरे
·         २०१२ माघ १३ गते ट्क प्रसाद आचार्यको नेतृत्वमा ७ सदस्यीय मन्त्री मण्डलको गठन भयो।
·         २०१५ फाल्गुन ७ मा आम निर्वाचन शुरु भइ (पहिलो आम निर्वाचन) २०१६ वैशाख १६ मा समाप्‍त भयो ।
·         २०१५ को आम निर्वाचनमा १०९ निर्वाचन क्षेत्र मध्ये ७४ सिटमा नेपाली कांग्रेसले विजयी गर्‍यो ।
·         मधेश आन्दोलनको सम्बन्धमा सर्वप्रथम नेतृत्व गर्ने व्यक्ति रघुनाथ ठाकुर हुन् ।
·         वि.स. २०१७ पौष १ गते निर्वाचित वि.पी. कोईरालाको सरकार विघटन गरी तत्कालीन नेपाल अधिराज्यको संविधान २०१५ धारा ५५ बमोजिम वि.पि. कोईरालालाई नजरबन्दमा राखियो र दलमाथि प्रतिबन्ध लगाइयो ।
·         दल विहिन पञ्चायती व्यवस्थाको स्थापना नेपालको संविधान २०१९ बमोजिम भयो ।
·         २०२० पौष १ गते भुमिसुधार ऐन जारी भयो ।
·         वि.स. २०३३ मा सामाजिक सुधार ऐन जारी भयो ।
·         वि.स. २०२८ मा नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा झापा आन्दोलन शुरु भयो ।
·         २०३६ जेठ १० मा जनमत संग्रहको घोषणा भयो र २०३७ वैशाख २० मा जनमत संग्रहको निर्वाचन भयो जसमा पञ्चायत पक्ष ५५र बहुदल ४५विजयी भई २० जिल्लामा बहुदलवादी र ५५ जिल्लामा पञ्चायतको बढी मत प्राप्‍त भयो ।
·         २०५९ असोज १८ गते राजा ज्ञानेन्द्रबाट प्रधानमन्त्री शेर बहादुर देउवालाई बर्खास्त गरी अपदस्त गरियो
·         २०६२ मंसिर ७ गते ७ राजनैतिक दल र नेकपा माओवादी बिच १२ बुँदे समझदारी भयो ।
·         २०६२ चैत्र २४ देखि २०६३ वैशाख ११ सम्म १९ दिने जनआन्दोलन गिरिजा प्रसाद कोईरालाको नेतृत्वमा भयो ।
·         २०६३ वैशाख १५ गते ससदको पुनरस्थापना भयो ।
·         २०४६ माघ २ गते साहना प्रधानको नेतृत्वमा संयुक्त बाममोर्चा बन्यो ।
·         २०४६ फाल्गुन ७ गते देखि नेपाली कांग्रेस र संयुक्त बाममोर्चाको नेतृत्वमा जनआन्दोलन शुरुभई २०४६ चैत्र २६ गते पञ्चायती व्यवस्था समाप्‍त भयो ।
·         नेकपा माओवादी र नेपाल सरकार बिच २०६३ असार १२ गते युद्ध विराम आचार संहितामा हस्ताक्षर भयो ।
·         २०६३ मंसिर ५ गते  नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री गिरिजा प्रसाद कोईराला र नेकपा माओवादीको तर्फबाट पुष्पकमल दाहाले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरे ।
·         २०६३ जेठ ४ गते नेपाल धर्म निरपेक्षा राज्य घोषणा भयो र सोही दिन श्री ५ को सट्टा नेपाल सरकार लेख्‍ने निर्णय भयो ।
·         २०६४ चैत्र २८ गते संविधान सभाको पहिलो निर्वाचन भयो ।
·         २०६४ को संविधान सभा निर्वाचनको परिणाम
·         ए.माओवादी   २४०
·         नेपाली कांग्रेस       ११४
·         नेकपा एमाले        ११०
·         मधेसी जनअधिकार फोरम ५२ सहित २५ दलले संविधान सभामा प्रतिनिधित्व गरे ।
·         २०६५ जेष्‍ठ १५ गते पहिलो संविधान सभाको वैठकले नेपाललाई संघीय गणतान्त्रिक लोकतन्त्रको मान्यता दियो (राजतन्त्रको अन्त्य)
·         २०४७ वैशाख ३ गते कृष्‍ण प्र. भट्टराईको नेतृत्वमा अन्तरम सरकारको गठन भयो ।
·         २०४८ को आम निर्वाचन २०५ निर्वाचन क्षेत्र मध्ये नेपाली कांग्रेस-११४ र एमाले ६९ सिटमा विजयी भयो ।
·         दोस्रो आम निर्वाचन २०५१ मा एमालेले ८९ सीट र कांग्रेसले ८३ सिट विजयी गर्‍यो ।
·         २०५२ भदौ १२ मा सर्वोच्च अदालतले संसद पुनरस्थापना सम्बन्धी विवादस्पद फैसला गर्‍यो।
·         नेपालको अन्तरिम संविधान २०६३ पहिलो पटक २०६३ फाल्गुन ३० मा संशोधन भयो ।
·         २०७० मंसिर ४ गते संविधान सभावको दोस्रो निर्वाचन भयो ।
संविधान सभा दोस्रो निर्वाचन एकझलक
कुल मतदाता सख्या             ,२१,४७,८६५
कुल मतदान स्थल         १०,०१३
सहभागीदलहरु                   प्रत्यक्षमा १२० र समानुपातिक -१२२
नेपाली कांग्रेस                   १९६ सिट
नेकपा एमाले              १७५ सिट
ए.माओवादी               ८० सिट
रा.प्र.पा नेपाल                   २४ सिट
मधेशी जन अधिकार फोरम नेपाल लोकतान्त्रिक   १४
रा.प्र.पा                                                            १३
तराई मधेसी लोकतान्त्रीक पार्टी                             ११
मधेशी जनअधिकार फोरम                                       १०
सदभावना पार्टी                                          
नेकपा माले               ५ सहित ३० राजनितिक दलको संविधान सभामा प्रतिनिधित्व ।
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post