नयाँ वर्षलाई नयाँ प्रेरणा

महान बैज्ञानीक अल्बर्ट आइन्स्टाइनलाई एक पटक सोधियो पागलपन के हो?, उनले जवाफ दिए "उही काम गरेर फरक रिजल्टको आशा गर्नु पागलपन हो ।" 
Wow... कती गहन अर्थ लुकेको छ यस भनाइमा । हिजो जे गर्नुहुन्थ्यो आज पनि त्यही गर्नुहुन्छ भने भोलि त्यही पाउनुहुनेछ जो आज पाइरहनुभएको छ । भोलि फरक कुरा पाउनको लागि आज फरक काम गरेको हुनुपर्छ । 

यस नयाँ बर्षमा, यस नयाँ दिनमा एक सङ्कल्प लिनुहोस् । हिजो जुन जिन्दगी बाँचेको थिए त्यो होइन अबबाट फरक र उत्कृष्ट जिन्दगी बाच्नेछु भनेर । रोचक कुरा यो छ कि सफलता एक रातको चमत्कारीक घटना होइन, सफलता निरन्तरको असल बानीहरूको जोड हो । त्यस्तै असफलता पनि एक रातको दुर्घटना होइन असफलता निरन्तरको गलत बानीहरूको नतिजा हो । 

कुनै पनि ब्यक्ती नत रातारात सफल हुन्छ नत रातारात नै असफल हुन्छ । सफल हुन पनि समय लाग्छ र असफल हुन पनि, किनकी यो Habit हरूको जोड हो । यसर्थ असल बानीहरूको बिकास गर्नुहोस् । यदी तपाईं हरेक दिन आधा घण्टा मात्र छिटो उठ्नुहुन्छ भने एक बर्षको अन्त सम्म आइपुग्दा तपाईंलाई अरु ब्यक्तीलाई भन्दा १८० घण्टा बढी समय उपलब्ध हुन्छ । तपाईं दिनमा दुई पेज मात्र लेख्ने बानी गर्नुहुन्छ भने पनि बर्षको अन्त सम्म आइपुग्दा तपाईंले २०० pages का तीन किताब प्रकाशित गर्न सक्नुहुन्छ । यदी हप्ताको एक किताब मात्र पढ्नुहुन्छ भने पनि एक बर्षमा तपाईंले ४८ वटा किताब पढेर सक्नुहुन्छ । 

आफ्नो क्षेत्रको ४८ किताब पढ्नु भनेको त्यो क्षेत्रको बिद्याबारिधी बराबरको ज्ञान हो । एक चोटि बिचार गर्नुस् त तपाईंको समय अहिले कती धेरै अनावश्यक कुरामा गैरहेको छ । तपाईं ५ मिनेट फेसबुक चलाऊँछु भनेर मोबाइल खोल्नुहुन्छ ५ घण्टा बितेको पत्तो पाउनुहुन्न । हामीले सोच्छौ हामीले फेसबुक चलाइरहेका छौ बास्तबमा हामीले फेसबुक चलाएका छैनौ फेसबुकले पो उल्टै हामीलाई चलाइरहेको छ । हाम्रो कामलाई सहज र छरितो बनाउनु पर्ने प्रबिधी आज हाम्रै लागि समस्या भैदिएको छ । 

तपाईं युट्युबमा भिडियो खोजेर हेर्नुहुन्छ कि जुन आउँछ त्यही हेर्नुहुन्छ । प्राय जसो ब्यक्तिको बानी आफूलाई कुन भिडियो आवश्यक छ त्यो भिडियो खोजेर होइन जुन भिडियोले आफ्ना आँखा तान्छ त्यही भिडियो हेर्ने हुन्छ । हो यसले नै बताउछ कि तपाईं बिना कुनै योजना काम गर्नुहुन्छ भनेर । इन्टरनेट मा कहिल्यै Random Video नहेर्नुस् । आफूलाई आवश्यक भिडियो मात्र् खोजेर हेर्नुस् । जे गर्नुहुन्छ कुनै Objective का साथ गर्नुस् कुनै लक्षका साथ गर्नुस् । अनावश्यक ठाउमा No भन्न सिक्नुस्, खराब ब्यक्तिबाट टाढा बस्ने आँट गर्नुस् । नयाँ बर्ष तपाईंको बहुतै राम्रो बनोस हार्दिक शुभकामना ।

Susmita Paudel

Namaste, I'm Susmita Paudel. I love to share what I have learned. I am writing on the Constitution, Management, Economics, Current Affairs, and More.

Post a Comment

Previous Post Next Post