विशेष समसामयिक जानकारी

🔊वि.सं. २०७५ जेठमा सम्पन्न प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?
👉एपीएफ क्लब
(एपीएफले उपाधिसहित २० लाख रुपियाँ प्राप्त गरेको थियो भने त्रिभुवन आर्मी क्लब उपविजेता बनेको ।)
🔊अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीच चारबुदे सहमतिपत्रमा कहिले हस्ताक्षर भएको हो ?
👉सन् २०१८ जुन १२
🔊रुस विश्वकपको पहिलो गोल गर्ने खेलाडी को हुन् ?
👉रुसी मिडफिल्डर युरी गाजिन्स्की
(सन् २०१८ जून १४ मा भएको उद्घाटन खेल (रुस र साउदी अरे बियाबीच भएको) मा उनले सो गोल गरे । उद्घाटन खेलमा रुस ५-० गोल अन्तरले विजयी भयो ।
🔊सन् २०२६ को विश्वकप फुटबल प्रतियोगिता कहाँ आयोजना गरिने भएको छ ?
👉अमेरिका, क्यानडा र मेक्सिको (संयुक्तरूपमा)
(सन् २०२६ को विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ ।)
🔊यो आत्मविश्वास राख्नु, तिमी पृथ्वीको सबैभन्दा बढी आवश्यक मनुष्य हो ।” भन्ने विचारक को हुन् ?
👉म्याक्सिम गोर्की
🔊हिउँ चितुवा पाइने विभिन्न राष्ट्रका वन, वातावरण र जलवायु परिवर्तन मन्त्रीहरूको सम्मेलन सन् २०१८ मा कहाँ सम्पन्न भयो ?
👉किर्गिस्तानको विस्केक
(-सन् २०१८ जुन १४ र १५ )
🔊नेपालको कुन ठाउँमा हिउँ चितुवा अनुसन्धान केन्द्र निर्माण गरिने भएको छ ?
👉ताप्लेजुङस्थित कञ्चनजङ्घा संरक्षण क्षेत्र
🔊“म आकाशीय पिण्डको गति गणना गर्न सक्छु तर मान्छेको पागलपनको गणना भने कुनै हालतमा सक्दिनँ ।” भन्ने भनाइ कसको हो ?
👉आइज्याक न्युटन, वैज्ञानिक
🔊प्रधानमन्त्री केपी शर्मा ओली चीनको छ दिने औपचारिक भ्रमणका सन्दर्भमा कहिले त्यसतर्फ प्रस्थान गर्नुभयो ?
👉वि.सं. २०७५ असार ५
🔊वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन कहिले भएको हो ?
👉वि.सं. २०७५ असार ४
🔊सन् २०१८ जूनमा कोलम्बियामा भएको राष्ट्रपतिको निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
👉इभान डुके।
🔊अन्तर्राष्ट्रिय सञ्चार प्रविधि सम्मेलन काठमाडौंमा कहिले सम्पन्न भयो ?
👉वि.सं. २०७५ असार २-३
(“स्मार्ट समाजका लागि दिगो विकास लक्ष्य” नाराका साथ सञ्चार प्रविधि सम्मेलन सम्पन्न भएको । )
🔊नेपाललाई थप हवाई मार्ग उपलब्ध गराउने सम्बन्धमा नेपाल र भारतका अधिकारीबीच सहमति पत्रमा कहिले हस्ताक्षर भएको हो ?
👉वि.सं. २०७५ असार २ (सन् २०१८ जुन १६)
🔊सरकारद्वारा मनाउन लगिएको नेपाल भ्रमण वर्ष २०२० का लागि प्रमुख साझेदार कसलाई बनाइने भएको छ ?
👉गैर आवासीय नेपाली महासङ्घ (एनआरएनए)
🔊राजधानीलगायत नेपालका विभिन्न भागमा धमिलो वर्षा कहिले भएको हो ?
👉वि.सं. २०७५ असार १
🔊"मस्तिष्क नै त्यो भूमि हो, जसले स्वर्गलाई नरक र नरकलाई स्वर्ग बनाउन सक्छ।” भन्ने विचारक को हुन् ?
👉जोन मिल्टन
🔊मधुपर्क सम्मान-२०७५ बाट कसलाई सम्मान गरियो ?
👉शिवगोपाल रिसाल र कञ्चन पुडासैनी
🔊वान बेल्ट वान रोड (ओबीओआर) समझदारीपत्रमा नेपाल र चीनका प्रतिनिधिद्वारा कहिले हस्ताक्षर गरियो ?
👉वि.सं. २०७४ वैशाख २९ (2017 May 12)
(ओबीओआर परियोजनामा हस्ताक्षर गर्ने सम्बन्धमा वि.सं. २०७४ वैशाख २५ को मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो ।)
🔊वि.सं. २०७४ मा सबैभन्दा सफा शहरका रूपमा घोषित नेपालको शहर कुन हो ?
👉धनकुटा
(द्वितीय : इलाम र तृतीयः हेटौंडा)
🔊नेपालको इतिहासमा सबैभन्दा लामो समय चलेको संसद्को अधिवेशन कुन हो ?
👉वि.सं. २०७३ वैशाख २१ देखि वि.सं. २०७४ जेठ ४ सम्म चलेको अधिवेशन
(३८१ दिनसम्म चलेको अधिवेशन)
🔊'सेम डे टुरिष्ट' भन्नाले के बुझिन्छ ? ।
👉एक रात बास नबस्ने अर्थात् जुन दिन आयो त्यसै दिन फर्किने पर्यटक
🔊नेपालमा राष्ट्रिय आविष्कार केन्द्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?
👉महावीर पुन
🔊संयुक्त अरब इमिरेट्स (युएई) ले औपचारिक रूपमा काठमाडौंमा आफ्नो राजदूतावास कहिले स्थापना गयो ?
👉वि.सं. २०७३ वैशाख २८ (सन् २०१६ मे १०)
➡️नेपाल र युएईबीच सन् १९७७ जनवरी २२ मा दौत्य सम्बन्ध कायम भएको थियो ।
🔊नेपालको कुन स्थानमा चमेरा संरक्षण केन्द्र रहेको छ ?
👉देवानगढिया,कपिलवस्तु
🔊प्रस्तावित गगनपुर अन्तरिक्ष वस्तीका योजनाकार सुशान्त खड्का हुन् भने मङ्गल ग्रहमा पानी रहेको तथ्य प्रस्तुत गर्ने नेपाली वैज्ञानिक को हुन् ?
👉लुजेन्द्र ओझा
🔊अपाङ्गता भएका र आर्थिक रूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षा पाउने हक वर्तमान संविधान (२०७२) को कुन धाराले 👉मौलिक हकअन्तर्गत धारा ३१
🔊झण्डै साढे दुई दशकपश्चात् पुरुष नर्सिङको पढाइ कहिलेदेखि सञ्चालन गरिने भएको छ ?
👉आ.व. २०७५/७६
नेपाल नर्सिङ परिषदले आ.व. २०७५/७६ देखि नर्सिङ अध्ययन हुने सम्पूर्ण कलेजमा कुल विद्यार्थीमध्ये १५ प्रतिशत कोटा पुरुषका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ । वि.सं. २०४६ मा त्रि.वि. चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा पुरुष नर्सको पढाइ शुरु भई चार व्याचसम्म सञ्चालन भएको थियो।
🔊"जबसम्म तिमी रोकिन्नौं, त्यतिखेरसम्म तिमी कति ढिलो हिडिरहेका छौं भन्ने कुराले केही फरक पार्दैन ।” भन्ने विचारक को हुन्
👉कन्फ्युसियस, चिनियाँ दार्शनिक
🔊सन् २०१८ जुनमा जोखिम न्यूनीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ?
👉काठमाडौं ।
वि.सं. २०७५ असार ४-६/सन् २०१८ जुन १८-२०) विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा कार्यरत विश्वका झण्डै १२ राष्ट्रका दुई सयभन्दा बढी विज्ञ सहभागी सम्मेलन विपद् जोखिम न्यूनीकरणका लागि घोषित विश्वव्यापी कार्य संरचनाको प्राथमिकतालाई क्रमैसँग कार्यान्वयन गर्न कार्ययो जना तयार गर्दै सम्पन्न भएको । गोरखा भूकम्पको २५ वर्षभित्र अर्थात् सन् २०४० भित्र सम्पादन गर्नुपर्ने गरी विपद् जोखिम न्यूनीकरणका नयाँ कार्यक्रमको विकास गरी कामको प्राथमिकीकरण र कार्यान्वयन गर्ने कुरामा सम्मे लनको जोड रहेको थियो । साथै विद्यमान संरचनालाई विपद्बाट जोगाउन सन् २०३५ सम्म नेपालमा रहेका ५० प्रतिशत स्कूल, स्वास्थ्य संस्था तथा सार्वजनिक भवनको प्रबलीकरण गर्ने सम्मेलनको निष्कर्ष रहेको थियो।
🔊अमेरिकाले संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्बाट अलग हुने घोषणा कहिले गरेको हो ?
👉सन् २०१८ जुन १९
🔊राष्ट्रिय कविता महोत्सव, २०७५ मा प्रथम हुन सफल कवि को हुन् ?
👉फूलमान बल
➡️कवि बलको ‘इन्द्रेणीको गीत’ नामक कविता प्रथम भएको
🔊"शिक्षाको जरो तीतो हुन्छ तर फल चाहिँ मीठो हुन्छ।" भन्ने विचारक को हुन् ?
👉अरस्तु
🔊भूमिसम्बन्धी विविध विषयमा जानकारी उपलब्ध गराउने उद्देश्यका साथ कृषि, भूमिव्यवस्था तथा सहकारी मन्त्रालयले 'भूमि सुशासन' नामक एप्स कहिले सार्वजनिक गरयो ?
👉वि.सं. २०७५ असार १०
🔊साउदी अरबमा त्यहाँका महिलाले आफैं सवारीसाधन हाँक्न पाउने व्यवस्था कहिले भएको हो ?
👉सन् २०१८ जुन २३
(जुन २३ को राति शाही घोषणामार्फत महिलाले पनि सवारीसाधन चलाउन पाउने अधिकार दिइएको । उनीहरूले जुन २४ बाट सवारीसाधन चलाएका ।)
🔊विश्वकप खेल्ने हालसम्मकै पाका फुटबल खेलाडी को हुन् ?
👉इजिप्टका गोलकिपर इसाम एल हदारी
(रुसमा आयोजित विश्वकप फुटबलमा साउदी अरेबियाविरुद्धको खेलमा उहाँ (४५ वर्ष एक सय ६१ दिन) मैदानमा उत्रिनुभयो । यसअघि सबैभन्दा बढी उमेरमा विश्वकप खेल्ने कीर्तिमान कोलम्बियाका गोलकिपर फ्रायड मोन्ड्रागनको नाममा थियो । उहाँ ४३ वर्षको हुँदा सन् २०१४ को विश्वकप खेल्नुभएको थियो ।
🔊सन् २०१८ मा अन्तर्राष्ट्रिय गभर्नर्स सम्मेलनको आयोजना कहाँ गरिएको छ ?
👉काठमाडौं (वि.सं. २०७५ असार १३-१५)
(नेपाल राष्ट्र बैङ्कद्वारा आयोजित सो सम्मेलनले सार्क स्तरीय केन्द्रीय बैङ्कहरूको सहकार्य र समन्वयलाई बल दिने साथै क्रसबोर्डर भुक्तानी तथा फछ्यौटमा दिशा दिने विश्वास गरिएको
🔊कसैले सार्वजनिक स्थानमा वा अरू मानिसले देख्ने गरी अन्य कुनै स्थानमा कसैसँग यौन क्रिया गरेमा वा कुनै किसिमको अप्राकृतिक मैथुन गरेमा के-कस्तो सजाय हुने व्यवस्था छ ? ।
👉एक वर्षसम्म कैद वा १० हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय
(मुलुकी अपराध (संहिता) ऐन,२०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको।)
🔊प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा चीनको छ दिने औपचारिक भ्रमण कहिले सम्पन्न भयो ?
👉वि.सं. २०७५ असार ५ देखि १० गतेसम्म ।
🔊“सत्य बोल्नु महान् क्रान्तिकारिता हो ।” भन्ने विचारक को हुन् ?
👉एन्टोनियो ग्राम्सकि, इटालेली लेखक तथा राजनीतिज्ञ
🔊२०७४ को उत्कृष्ट जिल्ला समन्वय समिति कुनलाई घोषणा गरियो ?
👉दैलेख
🔊वि.सं. २०७४ साउनमा दक्षिण एसियाली महिला सम्मेलन कहाँ सम्पन्न भएको हो ?
👉काठमाडौं (२०७४ साउन २२-२३)
🔊नेपालमा गृह मन्त्रालयले कति जातिलाई अल्पसङ्ख्यक भनी तो केको छ ?
👉९८ (वि.सं. २०७४ वैशाख ८)
🔊प्रमुख पर्यटकीय गन्तव्यहरू एवं पर्यटनसम्बन्धी विविध क्रियाकलाप समेटी नेपाल पर्यटन बोर्डद्वारा सञ्चालनमा ल्याइएको मोबाइल एप कुन हो ?
👉वेलकम नेपाल
(नयाँ वर्ष २०७४ को अवसर पारी सार्वजनिक गरिएको ।)
🔊मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयअनुसार काठमाडौ –तराई द्रुतमार्ग निर्माणको जिम्मा कसलाई दिइएको छ ?
👉नेपाली सेना
🔊भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिले देखि शुरु गर्ने निर्णय गरेको हो ?
👉वि.सं. २०७४ साउन १
🔊प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङ्गको किरण छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
👉प्रकाश विच्छेदन
🔊औंसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
👉शुक्ल पक्ष।
(पूर्णिमादेखि औँसीसम्मको समयावधिलाई कृष्ण पक्ष भनिन्छ। शुक्ल पक्षमा चन्द्रमाको उज्यालो भागक्रमशः बढ्दै जान्छ भने कृष्णपक्षमा चन्द्रमाको उज्यालो भाग क्रमशः घट्दै जान्छ ।)
🔊भक्तपुरमा निर्माण गर्न थालिएको चिडियाखानाको शिलान्यास कहिले भएको हो ?
👉वि.सं. २०७३ असार ९
🔊नेपालमा सरकारी कामकाजका लागि डिजिटल हस्ताक्षरको शुरुआत कहिलेबाट हुन थालेको हो ?
👉वि.सं. २०७२ मङ्सिर १६
(विद्युतीय हस्ताक्षरको यथोचित प्रयोग गरी सार्वजनिक सेवा प्रवाहलाई सुरक्षित, विश्वसनीय र सहज बनाउन सके सुशासन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ। डिजिटल हस्ताक्षरलाई सरकारी स्तरमा लागू गर्न अन्तर्राष्ट्रिय वित्त निगम र विश्व बैंकको सहयोग रहेको छ ।
🔊नेपालको वर्तमान संविधानअनुसार 'सङ्घीय' एकाइ' भन्नाले के बुझिन्छ ? ।
👉सङ्घ, प्रदेश र स्थानीय तह
🔊निजामती सेवामा रहेको आरक्षणसम्बन्धी व्यवस्था कति वर्षमा पुनरावलोकन गर्नुपर्ने प्रावधान रहेको छ ?
👉प्रत्येक दश वर्षमा
(नेपालको निजामती सेवामा आरक्षणको व्यवस्था निजामती सेवा नियमावलीमा दोस्रो संशोधन गरी वि.सं. २०६४ देखि प्रारम्भ गरिएको ।)
🔊युवालाई सबल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै उनीहरूको सार्थक सहभागिता र नेतृत्वमार्फत शान्तिपूर्ण, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने परिकल्पनाका साथ नेपाल सरकारद्वारा ल्याइएको युवासम्बन्धी रणनीतिक योजना कुन हो ?
👉युथ भिजन २०२५ [२०७२ असोज १९ मा स्वीकृत।]
🔊महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण एवं वित्तीय अनुशासनको प्रभावकारिता अभिवृद्धि गर्ने उद्देश्यका साथ कति वर्षे कार्ययोजना अघि सारेको छ ?
👉६ वर्षे (वि.सं. २०७४-२०८०)
🔊नेपाल र भारतबीचका सन्धि सम्झौता पुनरावलोकन गरी सुझाव दिन गठित प्रबुद्ध व्यक्ति समूह (इपीजी) को नवौं बैठक कहिले सम्पन्न भयो ?
👉वि.सं. २०७५ असार १५-१६
🔊वि.सं. २०७५ असार १५ मा मनाइएको १५ औं राष्ट्रिय धान दिवसको नारा के हो ?
👉धान उत्पादनमा वृद्धि : राष्ट्रको समृद्धि
🔊”नकारात्मक सोचलाई सकारात्मक सोचले प्रतिस्थापन गरेपछि सकारात्मक नतिजा देखिन थाल्छ ।” भन्ने भनाइ कसको हो ?
👉विन्नी नेल्सन, अमरिकी गायक
🔊मित्रराष्ट्र बङ्गलादेशसँग दोहोरो करमुक्ति सम्झौता (डिटिएए) का लागि मन्त्रिपरिषद्बाट कहिले स्विकृति प्रदान गरिएको हो ?
👉वि.सं. २०७५ असार १४ (सन् २०१८ जून २८)
🔊एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?
👉दोहोरो कर मुक्ति सम्झौता
🔊नेपाल वायुसेवा निगमले इतिहासमै पहिलोपटक वाइड बडी जहाज कहिले भित्र्यायो ?
👉वि.सं. २०७५ असार १४
🔊सरकारले योजनाबद्ध ढङ्गले विद्युत् प्रसारण प्रणाली निर्माण गर्ने लक्ष्यका साथ प्रसारण प्रणाली विकास गुरुयोजना कहिले सार्वजनिक गरयो ?
👉वि.सं. २०७५ असार १७
🔊चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माण गर्ने सम्बन्धमा मन्त्रिपरिषद्बाट कहिले निर्णय गरिएको हो ?
👉वि.सं. २०७३ फागुन ३ चितवनको
शक्तिखोरमा एक हजार ७४१ विघा क्षेत्रमा औद्योगिक क्षेत्र बनाउने काम थालिएको।
🔊स्थापना भएको लामो समयपश्चात् भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा शक्ति मिनिरल्स प्रा.लि.द्वारा उद्योग निर्माणको सुरुवात कहिले गरियो ?
👉वि.सं. २०७५ असार १४
(४० करोड रुपियाँ लागतमा निर्माण हुने सो उद्योगले स्वदेशी कच्चा पदार्थबाट स्टिल्सका लागि आवश्यकपर्ने पलक्स उत्पादन गरी विदेश निकासी गर्ने जनाएको। स्वदेशी कच्चा पदार्थबाट पलक्स उत्पादन गर्न लागेको शक्ति मिनिरल्स नेपालको पहिलो उद्योग हो ।
🔊प्रदेश नं ५ को प्रदेशसभाद्वारा गठित विषयगत समिति कति छन् ?
👉
प्रदेशसभाका ६ विषयगत समिति✍️सार्वजनिक लेखा समिति, भीतिक पूर्वाधार तथा विकास समिति, वन तथा वातावरण समिति, अर्थ, उद्योग तथा पर्यटन समिति, प्रदेश मामिला तथा कानुन समिति, सामाजिक विकास र कृषि समिति ।
🔊 "शत्रुको पनि गुण ग्रहण गर, गुरुको अवगुण त्यागिदेउ ।” भन्ने विद्वान् को हुन् ?
👉चाणक्य
🔊"पुस्तक नभएको घर र झ्याल नभएको कोठा समान हुन्छ ।” भन्ने भनाइ कसको हो ?
👉होरेर म्यान
🔊वि.सं. २०७५ मा प्रदान गरिने मदन भण्डारी राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कारबाट सम्मानित हुने पत्रकार को हुन् ?
👉भवानिश्वर गौतम
(शिक्षा पत्रकार सञ्जाल ‘इजोन’ का अध्यक्ष एवं नयाँ पत्रिकाका पत्रकार ।
🔊अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा गतवर्ष अमेरिका प्रवेशमा रोक लगाइएका ६ मुस्लिमसहित ८ राष्ट्र कुन-कुन हुन् ?
👉सिरिया, लिविया, इरान, यमन, चाड, सोमालिया, कोरिया र भेनेजुयला
(ट्रम्पद्वारा ती राष्ट्रलाई अमेरिका प्रवेशमा लगाइएको प्रतिबन्ध अमेरिकी सर्वोच्च अदालतले सन् २०१८ जूनमा सदर गरिदिएको ।)
🔊अन्तर्राष्ट्रियस्तरको फुटवल प्रतियोगितामा पहिलो गोल गर्ने नेपाली खेलाडी को हुन् ?
👉वाई बी. घले ।
🔊महालेखा परीक्षक कार्यालयले वि.सं. २०७५ असारमा सार्वजनिक गरेको प्रतिवेदनअनुसार आ.व. २०७३/७४ को बेरुजु रकम कति रहेको छ ?
👉रु.१ वर्ष २० अर्ब २१ करोड ।
🔊हेफर इन्टरनेसनल नेपालले ‘स्वर्णिम प्रतिभा पुरस्कार’ कसलाई प्रदान गयो ?
👉कमला भण्डारी (गुल्मी)
(पुरस्कार राशि रु. ७० हजार)
🔊तनहुँ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहे को छ ?
👉१४० मे.वा.
(आयोजनाको व्यापारिक उत्पादन सुरु वि.स. २०८० चैत्रसम्म हुने बताइएको ।
🔊वि.सं. २०७५ मा प्रदान गरिने राष्ट्रपति सर्वोत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित हुने किसान को हुन् ?
👉गोरखा पालुङटारका राजेन्द्रराज पन्त,
गाईपालनमा उच्च सफलता हासिल गरेवापत (पुरस्कार राशि : रु. २ लाख)
🔊वि.स. २०७५ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
👉वसन्तकुमार शर्मा नेपाल ।
🔊स्मार्ट प्रविधिको प्रयोग बढाई ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यका साथ ट्राफिक मोबाइल एपको शुभारम्भ कहिले गरियो ?
👉वि.सं. २०७३ वैशाख २०
🔊सबैभन्दा बढी औसत आयु भएको सार्क राष्ट्र कुन हो ?
👉माल्दिभ्स (७७ वर्ष) ।
(सबैभन्दा कम औसत आयु भएको सार्क राष्ट्र : अफगानिस्तान-६० वर्ष) ।
🔊सरकारले उपभोक्ताको स्वास्थ्यमा हुने गरेको विभिन्न समस्यालाई ध्यान दिदै दूधमा कति प्रकारको मापदण्ड निर्धारण गरेको छ ?
👉चार
🔊वि.स. २०७३ पौष महिनामा सार्वजनिक दिगो विकासका लागि प्रकृति संरक्षणको राष्ट्रिय रणनीति प्रारूपको अवधि कुन हो ?
👉वि.स. २०७२-२०८७
🔊प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको आयोजना रमहान्यायाधिवक्ता कार्यालयको समन्वयमा सञ्चालित प्रभावकारी अनुसन्धान तथा अभियोजनका लागि प्रहरी र सरकारी वकिलको पहिलो प्रदेश सम्मेलन कहिले सम्पन्न भयो ?
👉वि.सं. २०७५ असार २२-२३
🔊'भीएआर -VAR’ को पूरा रूप के हो ?
👉भिडियो असिस्टेन्ट रेफ्री (Video Assistant Refree) विश्वकपमा पहिलोपल्ट सन् २०१८ को रुस विश्वकपमा प्रयोग (स्पेन र पोर्चुगलको खेलमा) गरिएको ।
🔊विश्वको सर्वोच्च फुटबल संस्था फिफाले विश्वकपमा खेल्ने राष्ट्र कति पुयाउने निर्णय गरेको छ ?
👉४८
– हाल ३२ राष्ट्र विश्वकपमा सहभागी हुँदै आएका ।
🔊सरकारले पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग कहिलेदेखि २४ सै घण्टा खुलाउने निर्णय गरेको हो ?
👉वि.सं. २०७५ साउन १५
🔊वि.सं. २०७५ वैशाख दोस्रो हप्ता नेपालको कुन ठाउँमा वर्डफ्लु भाइरस देखापरयो ?
👉चितवन
यसअघि २०७० सालमा यो जिल्लामा बर्डफ्लु देखिएको थियो । सो समयमा बर्डफ्लुका कारण ठूलो सङ्ख्यामा कुखुरा मरेका थिए। कुखुराजन्य क्षेत्रमा नेपालमा ७० अर्बभन्दा बढी लगानी रहेको, जसमध्ये आधाभन्दा बढी चितवनमा रहेको ।
🔊बडा दशैंका बेला मात्र सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित श्वेतभैरव सम्बन्धमा हाल के व्यवस्था गरिएको छ ?
👉हरेक दिन नै दर्शनका लागि खुला गरिएको
🔊प्रदेश नं. ४ लाई के नामकरण गरिएको छ ?
👉गण्डकी प्रदेश
(वि.सं. २०७५ असार २२)
🔊पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफलाई भ्रष्टाचारको मामिलामा दश वर्षको काराबासको सजाय कहिले सुनाइएको हो ?
👉सन् २०१८ जुलाई ६
(अदालतले सरिफकी छोरी मरियमलाई पनि सात वर्षको सजाय सुनाएको । त्यस्तै, ज्वाईं अवकाश प्राप्त क्याप्टेन सफदरलाई पनि एक वर्षको जेल सजाय तोकेको ।
🔊"जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिन्न ।” भन्ने विचार कसको हो ?
👉गौतम बुद्ध
🔊सन् २०१८ अप्रिल १ मा कोस्टारिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा विजयी हुने उम्मेदवार को हुन् ?
👉कार्लोस अल्भाराडो
🔊"यदि कुनै सुन्दरीले लज्जा त्यागिदिन्छिन् भने उनी आफ्नो सुन्दरताको सबैभन्दा ठूलो आकर्षण हराएकी हुन्छिन् ।” भन्ने व्यक्ति को हुन् ?
👉सेट ग्रेगरी
🔊आइएमई-ग्लोबल-आइएमई फोटो अफ द इयर (२०१८) को उपाधि जित्ने फोटो पत्रकार को हुन् ?
👉नरेन्द्र श्रेष्ठ
🔊प्रसिद्ध सिद्ध गुफा कहाँ रहेको छ ?
👉तनहुँ
– एसियाकै ठूलो दाबी गरिएको सो गुफा चार सय ४० मिटर लामो रहेको । २०४४ सालमा जंगलमा घाँस काट्न जाँदा स्थानीयले देखेपछि सो गुफा पत्ता लागेको बताइएको । वि.स. २०६० देखि गुफा निरन्तर सञ्चालनमा ल्याइएको । अन्य गुफा भन्दा पृथक् रहेको यो गुफाको भित्रसम्म नै पर्याप्त अक्सिजन पाइने सिद्ध गुफा विकास समितिले जनाएको । गुफाको दुई सय मिटर भित्र साहसिक खेल यापलिङ (डाँडाको बाहिरी भागबाट गुफाभित्र झरिने साहसिक खेल) को आनन्द लिन सकिने ।
🔊राष्ट्र बैंकद्वारा हालै सार्वजनिक प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्कमा पहिलो स्थानमा रहेको प्रदेश कुन हो ?
👉प्रदेश नं. ३
– उक्त प्रतिवेदनअनुसार मानव विकास सूचकाङ्कमा सबैभन्दा कमजोर प्रदेश नं. २ रहेको । आर्थिक मापनको हिसाबले अर्को महत्त्वपूर्ण सूचकाङ्क प्रतिव्यक्ति आयमा ७ नम्बर प्रदेश कमजोर देखिएको । विद्युत् उत्पादनका हिसाबले प्रदेश नं. ४ अर्थात् गण्डकी प्रदेश अग्रस्थानमा रहेको ।
🔊उनान्साठी सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कति कति जना चुनिने व्यवस्था रहेको छ ?
👉आठ/आठ जना
🔊वातावरण संरक्षण सम्बन्धमा विविध योजना समेट्दै सरकारद्वारा वि.स. २०७५ जेठमा घोषणा गरिएको कार्यक्रम कुन हो ?
👉नेपाल स्वच्छ वातावरण महाअभियान (वि.स. २०७५ जेठ २२)
🔊नेपालमा पहिलोपल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?
👉वि.सं. २०७५ असार २०
(‘नसर्ने रोगमा प्राकृतिक चिकित्सा’ भन्ने मूल नारासहित पहिलोपटक सो दिवस मनाइएको ।)
🔊काठमाडौं महानगरपालिकामा औपचारिक रूपमा विद्युतीय नक्सा पास प्रणाली (इबीपीएस) को शुरुवात कहिलेदेखि भएको छ ?
👉वि.सं. २०७२ मङ्सिर २०
🔊वि.सं. २०७५ साउन १ देखि मजदुरहरूको न्यूनतम पारिश्रमिक कति निर्धारण गरिएको छ ?
👉रु. १३४५०/- (३९ प्रतिशत वृद्धि)
🔊 ट्रे प्रविधि के सँग सम्बन्धित छ ?
👉कृषि
🔊रोजगारीका लागि धेरै नागरिक विदेशिने मुलुक कुन हो ?
👉लेबनान
🔊"वास्तविक मानिस दुःखमा हाँस्छन् र पीडाबाट शक्ति बटुल्छन् ।” भन्ने व्यक्ति को हुन् ?
👉थोमस पेन
🔊भूपरिवेष्टित/विकासशील राष्ट्रको थिङ्क ट्याङ्क सम्मेलन-२०१८ कहाँ सम्पन्न भयो ?
👉मङ्गोलियाको उलानबटोर
खोज संकलन
दामोदर घिमिरे

Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post