राष्ट्र र राज्यका बीचमा फरक छुट्याउँदै राष्ट्र निर्माणका प्रमुख राणनीतिबारे चर्चा गर्नुहोस्

राष्ट्र र राज्यका बीचमा फरक छुट्याउँदै राष्ट्र निर्माणका प्रमुख राणनीतिबारे चर्चा गर्नुहोस् । (५+५) = १०
राष्ट्र र राज्य
एकैखाले सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानद्वारा एकताबद्ध मानिसहरूको समुदाय राष्ट्र हो भने निश्चित भूगोल, जनसंख्या, सरकार, सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय मान्यताको समष्टि राज्य हो । राष्ट्र र राज्य सामान्य बुझाइमा समानार्थीजस्तो लागे पनि यी दुईका बीचमा थुप्रै भिन्नता छन् । जसलााई देहायअनुसार उल्लेख गर्न सकिन्छ :
राष्ट्रनिर्माणका रणनीतिहरू
सबै नागरिकलाई एउटै सिंगो राष्ट्रका रूपमा एकताबद्ध गरिरहन उनीहरूबीच रहेको फरकपनाको सम्मान र संरक्षण गर्दै साझा सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानको विकास र प्रयोग गर्ने प्रक्रिया राष्ट्र निर्माण हो । यसका लागि देहायका रणनीतिहरूको अवलम्बन गर्नुपर्ने हुन्छ :
१.नागरिकमा राष्ट्रप्रतिको सम्मान र प्रेमभावको विकास
राज्यले विविधताको पहिचान, मान्यता, संरक्षण, अविभेद र समानताको नीति लिएर
२. समाजको एकीकरण
फरक समुदायलाई जोड्ने किसिमको पूर्वाधार विकास, आमसञ्चारको उपयोग र समावेशी संरचना तथा योजना, बजेट एवं सेवाप्रवाह प्रणालीको व्यवस्था गरेर ।
३. समाजको आधुनिकीकरण
अन्धविश्वास र भाग्यवादको अन्त्य गर्दै शिक्षित, सभ्य र आधुनिक समाजको विकास गरेर
४. तटस्थ राज्य प्रणालीको अभ्यास
सांस्कृतिक, भाषिक, धार्मिक, जातीय, क्षेत्रीय आधारमा तटस्थ र निरपेक्ष राज्यको विकास गरेर
५.साझा संस्कृति र सामाजिक मूल्यको विकास
सामाजिक तथा सांस्कृतिक विविधताकाबीच सबैलाई स्वीकार्य हुने खालका साझा संस्कृति र सामाजिक मूल्यहरूको विकास गरेर
६.राष्ट्रिय मानकको विकास
राष्ट्रिय झन्डा, राष्ट्रिय गान, राष्ट्रिय खेलकुद, राष्ट्रिय धरोहरलगायत साझा पहिचानका अन्य मानकको विकास र प्रवद्र्धन गरेर
७. आर्थिक समृद्धि र विकास
आर्थिक समृद्धि र विकासद्वारा नागरिकको जीवनस्तरमा गुणात्मक सुधार ल्याएर
८. शासकीय सुधार
राज्यका संस्था तथा संरचनालाई सक्षम, प्रभावकारी र उत्तरदायी बनाई सुशासन कायम गरेर ।
निष्कर्ष
राष्ट्र निर्माण नागरिकबीच सौहाद्र्धता, सहिष्णुता र पारस्परिक सम्मानको विकास गर्दै राष्ट्रप्रति उनीहरूको प्रेम र समर्पणलाई मजबुत बनाई राष्ट्रिय एकता र अखण्डता कायम गर्ने माध्यम हो । नेपालजस्तो विविधतापूर्ण समाज भएको मुलुकले राष्ट्र निर्माणलाई विशेष महत्व दिनु अति आवश्यक छ ।
-Prakash Dahal
Susmita Paudel

An administrative professional in Nepal with having "we can" attitude. She love to share what she has learned.

Post a Comment

Previous Post Next Post